नेभिगेशन
समाज

‘जेनजी भाइबहिनीहरु सचेत रहनुस्, तपाईँहरूमाथि पनि थारुलाई जसरी नेल ठोकिन सक्छ’: रेशम चौधरी

काठमाडौँ । नागरिक उनमुक्ति पार्टी, नेपालका संरक्षक रेशम चौधरी पनि रास्वपाले आयोजना गरेको राजनीतिक संवादमा सहभागी भएका छन् । सो क्रममा उनले त्यतिबेलाको थारु विद्रोहलाई अपराधिकरण गरिएको बताउँदै अहिलेको जेनजी विद्रोहलाई पनि त्यस्तै गर्न खोजिएको आरोप लगाएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चौधरीले भने, ‘टीकापुरमा थारुको बिद्रोह भएको थियो तर त्यसलाई अपराधिकरण गरियो । आज उनीहरुले भोगेका छन् । हामीलाई देखाउँदिउँ भन्नेहरु आज आफैँ देखिरहेका छन् । जेनजी बिद्रोह जनबिद्रोह हो । यसलाई अपराधीकरण गरिरहन प्रयास भएको छ ।’ 

Ncell
Extreme Energy

उनले आफ्नो उदाहरण दिदै अहिलेका जेन–जी युवाहरुमाथि पनि नेल ठोकिन सक्ने भन्दै सचेत रहन आग्रह गरेका छन् । ‘जेनजी भाइबहिनीहरु सचेत रहनुस् तपाईँहरूमाथि पनि नेल ठोकिन सक्छ, थारुहरु माथि यस्तै भएको थियो ।’ 

उक्त संवादमा बिभिन्न वैकल्पिक राजनितिक दलका सदस्यहरु, पूर्वप्रधानमन्त्रीदेखि नयाँ राजनीतिक दल तथा जेन–जी युवाहरुको सहभागीता छ । यो संवाद कार्यक्रमको नेतृत्व रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लले गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

'सम्माननीय प्रधानमन्त्रीज्यूले मधेसमा वर्ल्ड क्लास विद्यालयहरू खुल्नुपर्छ भनेर मलाई सुझाव दिनुभएको छ, हाम्रो सल्लाह पनि भएको छ यो विषयमा,' उनले भने, 'हामी मधेसमा कम्तीमा सय वटा वर्ल्ड क्लास...
सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

उनीमाथि लागेको मुख्य आरोप हो– सरकारी सूचनाको दुरुपयोग । एक जना उच्चतहको कर्मचारी, त्यसमा पनि उच्च सुरक्षा अधिकारी, सम्भवतः यो तहको कर्मचारीले सरकारी सूचना र पदसँग जोडिएको शक्तिको...
विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

शर्मा र भुसाल यसअघि विशेष महाधिवेशनबाट सर्वसम्मत निर्वाचित उपसभापति हुन् । दुवै पदमा एक–एक जनाको मात्रै उम्मेदवारी परे पनि निर्वाचन समितिले औपचारिक रुपमा निर्विरोध निर्वाचित भएको घोषणा गरिसकेको...