नेभिगेशन
मुख्य समाचार

महाधिवेशन कार्यतालिमा सहमति जुट्न नसकेपछि काँग्रेस बैठक स्थगित

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ ।

महाधिवेशनका बिषयमा आन्तरिक विवाद भएपछि छलफलका लागि भन्दै आइतबारसम्म बैठक स्थगित गरिएको हो । शुक्रबार नै महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माले कार्यवाहक सभापति पूर्णबहादुर खड्कासंग छलफल गरेका थिए ।

City Express

तर महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्ने बिषयमा सहमति नभएपछि बैठक स्थगित भएको हो । कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले कार्यवाहक सभापतिको प्रस्तावमा बैठक स्थगित गरिएको जानकारी दिए ।

छलफल गरेर समझदारी गर्ने प्रयासका लागि आन्तरिक छलफल जारी रहने उनले बताए । प्रवक्ता महतले बिहीबारको बैठकमा महामन्त्री अनुपस्थीत भएकाले सवैको सहभागीतामा निष्कर्ष निकाल्ने प्रयास गरिने उल्लेख गरे ।

महाधिवशेनको बिषयलाई विवादको बिषय भन्दा पनि क्रियाशिल सदस्यहरुको सहभागीताका साथ सम्पन्न गर्ने चाहना रहेको उनको भनाइ छ ।
उनले महाधिवेशनका बिषयमा आएका बिभिन्न दृष्टिकोणलाई एकैठाँउमा ल्याउने प्रयास भइरहेको जिकिर गरे ।

कांग्रेसभित्र विशेष महाधिवेशन वा निर्वाचन अघि नै पार्टीको महाधिवेशन गर्ने वा नगर्ने भन्नेबारे विवाद छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
पुराना नेता–कार्यकर्तालाई एमालेमा फर्किन अध्यक्ष ओलीको आग्रह

पुराना नेता–कार्यकर्तालाई एमालेमा फर्किन अध्यक्ष ओलीको आग्रह

“विगतमा नेकपा (एमाले) को निर्माण गर्न र यसलाई बलियो बनाउने यात्रामा सँगै हिँड्नुभएका सबै नेता कार्यकर्तालाई हृदयदेखि आह्वान गर्न चाहन्छु । जहाँ हुनुहुन्छ, फर्किनुस् आफ्नै घर फर्किनुस्”, अध्यक्ष...
सुरक्षाकर्मीको पेस्तोल र गोली खरिद बिक्रीमा संलग्न पाँच जना पक्राउ

सुरक्षाकर्मीको पेस्तोल र गोली खरिद बिक्रीमा संलग्न पाँच जना पक्राउ

पक्राउ पर्नेमा धादिङ, धुनिवेशी घर भइ हाल काठमाडौँ महानगरपालिका–१५ ट्राफिक बिट नजिक चरा पसलमा काम गर्ने २१ वर्षीय कृष्ण गुरुङ, काठमाडौँ–१५ भगवापाउँ जर्मन क्वाटर बस्ने २५ वर्षीय राजन...
आन्तरिक लेखापरीक्षण प्रतिवेदनसंगै सरकारको सम्पत्तिको एकीकृत वार्षिक विवरण पेस

आन्तरिक लेखापरीक्षण प्रतिवेदनसंगै सरकारको सम्पत्तिको एकीकृत वार्षिक विवरण पेस

महालेखा नियन्त्रक शोभाकान्त पौडेलले शुक्रबार अर्थमन्त्री रामेश्वरप्रसाद खनालसमक्ष यी प्रतिवेदन तथा विवरणहरु पेस गरेका हुन । त्यस्तै, महालेखा नियन्त्रक कार्यालयले शुक्रबारनै केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण तथा नेपाल...
आदिवासी जनजातिको अधिकार कार्यान्वयनका लागि सहकार्य आवश्यकः अध्यक्ष दाहाल

आदिवासी जनजातिको अधिकार कार्यान्वयनका लागि सहकार्य आवश्यकः अध्यक्ष दाहाल

आदिवासी जनजाति आयोगले शुक्रबार ललितपुरमा आयोजना गरेको आयोगका सिफारिस कार्यान्वयनका समस्याहरू र आगामी कदमबारे अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष दाहालले आयोगले गरेका सिफारिसहरूमध्ये थोरै मात्र कार्यान्वयन भएको र अधिकांश कार्यान्वयन...