नेभिगेशन
समाज

महाधिवेशन कार्यतालिमा सहमति जुट्न नसकेपछि काँग्रेस बैठक स्थगित

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महाधिवेशनका बिषयमा आन्तरिक विवाद भएपछि छलफलका लागि भन्दै आइतबारसम्म बैठक स्थगित गरिएको हो । शुक्रबार नै महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माले कार्यवाहक सभापति पूर्णबहादुर खड्कासंग छलफल गरेका थिए ।

Ncell
Extreme Energy

तर महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्ने बिषयमा सहमति नभएपछि बैठक स्थगित भएको हो । कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले कार्यवाहक सभापतिको प्रस्तावमा बैठक स्थगित गरिएको जानकारी दिए ।

छलफल गरेर समझदारी गर्ने प्रयासका लागि आन्तरिक छलफल जारी रहने उनले बताए । प्रवक्ता महतले बिहीबारको बैठकमा महामन्त्री अनुपस्थीत भएकाले सवैको सहभागीतामा निष्कर्ष निकाल्ने प्रयास गरिने उल्लेख गरे ।

महाधिवशेनको बिषयलाई विवादको बिषय भन्दा पनि क्रियाशिल सदस्यहरुको सहभागीताका साथ सम्पन्न गर्ने चाहना रहेको उनको भनाइ छ ।
उनले महाधिवेशनका बिषयमा आएका बिभिन्न दृष्टिकोणलाई एकैठाँउमा ल्याउने प्रयास भइरहेको जिकिर गरे ।

कांग्रेसभित्र विशेष महाधिवेशन वा निर्वाचन अघि नै पार्टीको महाधिवेशन गर्ने वा नगर्ने भन्नेबारे विवाद छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

'सम्माननीय प्रधानमन्त्रीज्यूले मधेसमा वर्ल्ड क्लास विद्यालयहरू खुल्नुपर्छ भनेर मलाई सुझाव दिनुभएको छ, हाम्रो सल्लाह पनि भएको छ यो विषयमा,' उनले भने, 'हामी मधेसमा कम्तीमा सय वटा वर्ल्ड क्लास...
सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

उनीमाथि लागेको मुख्य आरोप हो– सरकारी सूचनाको दुरुपयोग । एक जना उच्चतहको कर्मचारी, त्यसमा पनि उच्च सुरक्षा अधिकारी, सम्भवतः यो तहको कर्मचारीले सरकारी सूचना र पदसँग जोडिएको शक्तिको...
विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

शर्मा र भुसाल यसअघि विशेष महाधिवेशनबाट सर्वसम्मत निर्वाचित उपसभापति हुन् । दुवै पदमा एक–एक जनाको मात्रै उम्मेदवारी परे पनि निर्वाचन समितिले औपचारिक रुपमा निर्विरोध निर्वाचित भएको घोषणा गरिसकेको...