नेभिगेशन
समाज

आयोग खारेज गर्ने सम्बन्धमा सर्वोच्चद्वारा पुरानै आदेशको निरन्तरता

काठमाडौँ । सर्वोच्च अदालतले भूमि समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।
 
न्यायाधीशद्वय कुमार रेग्मी र शान्तिसिंह थापाको बिहीबारको इजलासले उक्त आयोग खारेज गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसअघि, न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले सरकारको आयोग खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको थियो ।
 
आदेशमा भनिएको छ, “यस अदालतबाट २०८२ कात्तिक ११ गतेमा भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिइएको छ, प्रस्तुत रिट निवेदनमा उठाइएको विषयवस्तुको सुनुवाइ यथाशीघ्र हुनुपर्ने प्रकृतिको देखिँदा सो प्रयोजनका लागि पेसी स्थगन गर्न नपाउने गरी आगामी मङ्सिर १४ पेसी तोकी दिएको छ ।” 
 
न्यायाधीश पोखरेलको इजलासले विपक्षी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्नसमेत आदेश गरेको थियो ।

Ncell
Extreme Energy

अन्तरिम आदेशको सम्बन्धमा दुवै पक्षलाई छलफलका लागि बिहीबार बोलाएको थियो । शुक्रबार सार्वजनिक भएको उक्त आदेशमा अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिइएको छ ।
 
आयोगका अध्यक्ष हरिप्रसाद रिजालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत विपक्षी बनाई मन्त्रिपरिषद्ले गत असोज २३ गते भूमि समस्या समाधान आयोग र त्यसका जिल्ला समिति खारेज गर्ने निर्णय खारेज गर्न माग गर्दै रिट निवेदन दायर गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी

जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी

संस्थानले सार्वजनिक गरेको सूचनामा सम्बन्धित व्यक्ति तथा संस्थालाई सात दिनभित्र अनधिकृत अतिक्रमण तथा संरचना हटाउन भनिएको छ। तोकिएको समयभित्र अतिक्रमण नहटाए प्रचलित कानूनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिइएको छ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत बुझाउने बढ्दै

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत बुझाउने बढ्दै

भोटेकोशी बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम दाखिला गर्ने क्रम बढ्दै गएको छ।
पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाव सामान्य

पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाव सामान्य

दार्चुलाको अपिहिमाल गाउँपालिका–१ भट्टारमा पहिरोले आंशिक रूपमा थुनिएको चौलानी नदीको बहाव अहिले सामान्य अवस्थामा रहेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।
चौलानी नदी पहिरोले थुनिन सक्ने जोखिम, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

चौलानी नदी पहिरोले थुनिन सक्ने जोखिम, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

अपिहिमाल गाउँपालिका–१ भट्टारस्थित चौलानी नदी पहिरोले आधा थुनिएपछि नदी पूर्ण रूपमा थुनिन सक्ने जोखिम बढेको छ।