नेभिगेशन
मुख्य समाचार

मिडिया मार्फत मेरो सामूहिक हत्या गरियोः अभियान्ता खगेन्द्र सुनार

काठमाडौँ । दलित अभियन्ता खगेन्द्र सुनारले आफ्नो चरित्र हत्या गर्ने काम भएको गुनासो गुनासो गरेका छन् ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अभियान्ता सुनारले आफ्नो मन्त्री बन्ने लिस्टमा नाम आएपछि नभएका कुराहरु लेखेर आफूलाई बदनाम गराएको गुनासो गरेका हुन ।

City Express

सुनारले जाजरकोटका नवराज विकको समूहिक हत्या र बझाङ्की सम्झना कार्मीको सामूहिक बलात्कार भएजस्तै मिडियाबाट आफ्नो सामूहिक हत्या भएको बताए ।

आफू मन्त्रीको दौडमा हिजो पनि नरहेको र आज र भोलि पनि नरहने भन्दै सञ्चारमाध्यमबाटै मन्त्री बन्ने खबर पाएको उनले बताए । उनले आफू अहिले पनि प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको पक्षमा रहेको समेत उल्लेख गरेका थिए ।

उनले भने, ‘आफूमाथि लागेको आरोप पुष्टि भएको खण्डमा हत्कडी लगाएर प्रहरीलाई लैजान आग्रह गर्छु । यसरी म माथि भएको प्रहारले मलाई कम्जोर भन्दा पनि अझ बलियो र दह्रो बनाएको छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
पुराना नेता–कार्यकर्तालाई एमालेमा फर्किन अध्यक्ष ओलीको आग्रह

पुराना नेता–कार्यकर्तालाई एमालेमा फर्किन अध्यक्ष ओलीको आग्रह

“विगतमा नेकपा (एमाले) को निर्माण गर्न र यसलाई बलियो बनाउने यात्रामा सँगै हिँड्नुभएका सबै नेता कार्यकर्तालाई हृदयदेखि आह्वान गर्न चाहन्छु । जहाँ हुनुहुन्छ, फर्किनुस् आफ्नै घर फर्किनुस्”, अध्यक्ष...
सुरक्षाकर्मीको पेस्तोल र गोली खरिद बिक्रीमा संलग्न पाँच जना पक्राउ

सुरक्षाकर्मीको पेस्तोल र गोली खरिद बिक्रीमा संलग्न पाँच जना पक्राउ

पक्राउ पर्नेमा धादिङ, धुनिवेशी घर भइ हाल काठमाडौँ महानगरपालिका–१५ ट्राफिक बिट नजिक चरा पसलमा काम गर्ने २१ वर्षीय कृष्ण गुरुङ, काठमाडौँ–१५ भगवापाउँ जर्मन क्वाटर बस्ने २५ वर्षीय राजन...
आन्तरिक लेखापरीक्षण प्रतिवेदनसंगै सरकारको सम्पत्तिको एकीकृत वार्षिक विवरण पेस

आन्तरिक लेखापरीक्षण प्रतिवेदनसंगै सरकारको सम्पत्तिको एकीकृत वार्षिक विवरण पेस

महालेखा नियन्त्रक शोभाकान्त पौडेलले शुक्रबार अर्थमन्त्री रामेश्वरप्रसाद खनालसमक्ष यी प्रतिवेदन तथा विवरणहरु पेस गरेका हुन । त्यस्तै, महालेखा नियन्त्रक कार्यालयले शुक्रबारनै केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण तथा नेपाल...
आदिवासी जनजातिको अधिकार कार्यान्वयनका लागि सहकार्य आवश्यकः अध्यक्ष दाहाल

आदिवासी जनजातिको अधिकार कार्यान्वयनका लागि सहकार्य आवश्यकः अध्यक्ष दाहाल

आदिवासी जनजाति आयोगले शुक्रबार ललितपुरमा आयोजना गरेको आयोगका सिफारिस कार्यान्वयनका समस्याहरू र आगामी कदमबारे अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष दाहालले आयोगले गरेका सिफारिसहरूमध्ये थोरै मात्र कार्यान्वयन भएको र अधिकांश कार्यान्वयन...