नेभिगेशन
मुख्य समाचार

कार्तिक अन्तीम सम्म नयाँ मतदाताको संख्या एकलाख बढ्ने आयोगको अनुमान

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यमा उत्साहजनक सहभागिता देखिएको छ ।

आयोगका सातवटै प्रदेश र ७० वटै जिल्ला निर्वाचन कार्यालयबाट हरेक दिन बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म मतदाता नामावली सङ्कलन तथा अद्यावधिक भइरहेको आयोगले जनाएको छ ।

City Express

यस कार्यमा विगतमा मतदाता नामावलीमा नाम दर्ता भएका नेपाली नागरिकको चाप देखिएको आयोगका प्रवक्ता नारयणप्रसाद भट्टराईले जानकारी दिए ।

आयोगले गत असोज ९ गतेदेखि नामावली सङ्कलन  गरेकामा यसबीचमा हालसम्म ९० हजार ३२ नागरिकले नाम दर्ता गराएका छन् । आयोगको अनुमानमा सङ्कलनको अवधि यही कात्तिक ३० गतेसम्ममा यो सङ्ख्या थप एक लाख बढ्न सक्ने देखिएको छ ।

यही कात्तिक १७ गतेका लागि तोकिएको रूपन्देही क्षेत्र ३ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन प्रतिनिधिसभाको नयाँ निर्वाचन मिति तोकिएपछि उपनिर्वाचनका कार्यक्रम रद्द भएको थियो ।

उक्त उपनिर्वाचन हुने भनिएको अघिल्लो दिन कात्तिक १६ गतेसम्म १८ वर्ष पूरा भएका मतदाताको सङ्ख्या एक करोड ८१ लाख ६८ हजार दुई सय ३० रहेको थियो ।

अहिले नाम दर्ता गर्ने नागरिकले मताधिकार प्रयोग गर्न निर्वाचन हुने अघिल्लो दिन आगामी फागुन २० गतेसम्म १८ वर्ष पूरा भएको हुनुपर्नेछ । मतदाता नामावली दर्ता गर्न भने १६ वर्ष उमेर पुगेपछि मिल्नेछ ।

नाम दर्ता गर्न सम्बन्धित निर्वाचन कार्यालय वा निर्वाचन आयोगले तोकेको मतदाता नामावली दर्ता स्थलमा नेपाली नागरिकताको  प्रमाणपत्रका साथ सम्बन्धित व्यक्ति उपस्थित भई जैविक विवरण (बायोम्याट्रिक) दिनुपर्छ । यसरी विवरण दिने समय लिनका लागि अनलाइन माध्यमबाट प्रि–रजिष्ट्रेसन (पूर्वदर्ता) पनि गराउन सकिन्छ ।

नागरिकले नागरिकताको प्रमाणपत्रमा रहेकोभन्दा भिन्नै ठेगानामा हाल स्थायी बसोबास गरेको भए नागरिकता प्रमाणपत्रको अतिरिक्त   बसाइँसराइका प्रमाणपत्र वा विवाह गरी हालको स्थायी ठेगानामा आएको हकमा विवाह दर्ता प्रमाणपत्र पेस गर्नुपर्नेछ ।

नामावली सङ्कलनका क्रममा विगतमा भएको नामावलीमा त्रुटि सच्याउने, नाम सार्ने, नाम हटाउने, दाबी विरोध गर्ने र नयाँ नाम थप गर्नेलगायतका कार्यहरू हुँदै आएको छ ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटन भएको थियो । सरकारले प्रतिनिधिसभाको निर्वाचनको वातावरण बनाउन राजनीतिक दल, जेनजी समूहरु, निर्वाचन आयोग र सुरक्षा निकायसँग निरन्तर संवाद गर्दै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
पुराना नेता–कार्यकर्तालाई एमालेमा फर्किन अध्यक्ष ओलीको आग्रह

पुराना नेता–कार्यकर्तालाई एमालेमा फर्किन अध्यक्ष ओलीको आग्रह

“विगतमा नेकपा (एमाले) को निर्माण गर्न र यसलाई बलियो बनाउने यात्रामा सँगै हिँड्नुभएका सबै नेता कार्यकर्तालाई हृदयदेखि आह्वान गर्न चाहन्छु । जहाँ हुनुहुन्छ, फर्किनुस् आफ्नै घर फर्किनुस्”, अध्यक्ष...
सुरक्षाकर्मीको पेस्तोल र गोली खरिद बिक्रीमा संलग्न पाँच जना पक्राउ

सुरक्षाकर्मीको पेस्तोल र गोली खरिद बिक्रीमा संलग्न पाँच जना पक्राउ

पक्राउ पर्नेमा धादिङ, धुनिवेशी घर भइ हाल काठमाडौँ महानगरपालिका–१५ ट्राफिक बिट नजिक चरा पसलमा काम गर्ने २१ वर्षीय कृष्ण गुरुङ, काठमाडौँ–१५ भगवापाउँ जर्मन क्वाटर बस्ने २५ वर्षीय राजन...
आन्तरिक लेखापरीक्षण प्रतिवेदनसंगै सरकारको सम्पत्तिको एकीकृत वार्षिक विवरण पेस

आन्तरिक लेखापरीक्षण प्रतिवेदनसंगै सरकारको सम्पत्तिको एकीकृत वार्षिक विवरण पेस

महालेखा नियन्त्रक शोभाकान्त पौडेलले शुक्रबार अर्थमन्त्री रामेश्वरप्रसाद खनालसमक्ष यी प्रतिवेदन तथा विवरणहरु पेस गरेका हुन । त्यस्तै, महालेखा नियन्त्रक कार्यालयले शुक्रबारनै केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण तथा नेपाल...
आदिवासी जनजातिको अधिकार कार्यान्वयनका लागि सहकार्य आवश्यकः अध्यक्ष दाहाल

आदिवासी जनजातिको अधिकार कार्यान्वयनका लागि सहकार्य आवश्यकः अध्यक्ष दाहाल

आदिवासी जनजाति आयोगले शुक्रबार ललितपुरमा आयोजना गरेको आयोगका सिफारिस कार्यान्वयनका समस्याहरू र आगामी कदमबारे अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष दाहालले आयोगले गरेका सिफारिसहरूमध्ये थोरै मात्र कार्यान्वयन भएको र अधिकांश कार्यान्वयन...