नेभिगेशन
समाज

दुर्घटनामा एकै परिवारका तीन सहित चार जनाको मृत्यु, बसले अटोरिक्सालाई ठक्कर दिएको थियो

धनुषा । यात्रुवाहक बसले  अटो रिक्सालाई ठक्कर दिँदा  एकापरिवारका तीन सदस्यसहित चार जनाको मृत्यु भएको छ भने दुई बालबालिका गम्भीर घाइते भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विराटनगरबाट धनगढी गइरहेको सुप्र०१–००१ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको प्रदेश२–०१–००१ह १२३० नम्बरको अटोरिक्सालाई शनिबार साँझ ठक्कर दिएको थियो ।

Ncell
Extreme Energy

इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका–१ स्थित वीरेन्द्र बजारमा भएको उक्त दुर्घटनामा सोही नगरपालिका भरतपुरका ४० वर्षीय धनबहादुर पुर्वछाने मगर, ३५ वर्षीय शम्भु पुर्वछाने मगर, ३५ वर्षीया निशा मगर र करिब ४० वर्षीय अटो चालक डम्बर राईको मृत्यु भएको हो ।

उनीहरूको घटनास्थलमै मृत्यु भएको हो । प्रहरी निरीक्षक केसीका अनुसार दुर्घटनामा १४ वर्षीय शीतल मगर र नौ वर्षीय रोशन मगर गम्भीर घाइते भएका छन् ।

उनीहरूलाई उपचारका लागि जनकपुरधामस्थित न्यूरो अस्पतालमा भर्ना गरिएको छ । प्रहरीले दुर्घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस, मानसरोवर हिँडेका यात्रु अलपत्र

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस, मानसरोवर हिँडेका यात्रु अलपत्र

कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभिरमा पहिरोसँगै ढुङ्गा पन्छाउन समस्या भएको छ ।
रुसी संसदीय निर्वाचनमा पुटिनको पार्टीलाई दुईतिहाइभन्दा बढी बहुमत

रुसी संसदीय निर्वाचनमा पुटिनको पार्टीलाई दुईतिहाइभन्दा बढी बहुमत

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सत्ताधारी 'युनाइटेड रसिया' पार्टीले संसदीय निर्वाचनमा कीर्तिमानी दुई-तिहाइभन्दा बढी (सुपरमेजोरिटी) सिट जितेको छ ।
कांग्रेस १५औँ महाधिवेशनः १४ जिल्लामा आज वडा अधिवेशन हुँदै

कांग्रेस १५औँ महाधिवेशनः १४ जिल्लामा आज वडा अधिवेशन हुँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न भएको छ ।
एमाले केन्द्रीय कमिटी आज पनि बस्दै, ओलीको कार्यशैलीको प्रतिवाद गर्न पोखरेललाई आग्रह

एमाले केन्द्रीय कमिटी आज पनि बस्दै, ओलीको कार्यशैलीको प्रतिवाद गर्न पोखरेललाई आग्रह

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक मंगलबार पनि बस्दैछ।