नेभिगेशन
मुख्य समाचार

‘मोन्था’ आँधीको प्रभाव कमजोर बन्दै, केही स्थानमा भने वर्षाको सम्भावना कायमै

काठमाडौँ । बङ्गालको खाडीबाट उठेको ‘मोन्था आँधी’का कारण प्रभावित भएको देशभरको मौसममा क्रमशः सुधार हुँदै गए पनि केही स्थानमा वर्षाको सम्भावना कायमै छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

City Express

पहाडी भू–भागमा केही बदली भए पनि बाँकी भूभागमा भने मौसम आज मुख्यतया सफा रहने विभागले जनाएको छ । पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव बलियो भएकाले बदली जारी रहेको छ ।

आइतबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रही मधेस प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

यस्तै, आइतबार राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
वायु सेवा निगममा भर्ती गरिएका करारका कर्मचारीलाई तत्काल हटाउन प्रधानमन्त्रीको निर्देशन

वायु सेवा निगममा भर्ती गरिएका करारका कर्मचारीलाई तत्काल हटाउन प्रधानमन्त्रीको निर्देशन

पर्यटनमन्त्रीका हैसियतमा प्रधानमन्त्री कार्कीले आइतबार निगमको सञ्चालक समिति र व्यवस्थापनका अधिकारीहरूलाई सिंहदरबारमा बोलाएर यस्तो निर्देशन दिएकी हुन ।
मुख्यमन्त्रीहरुसंग बलुवाटारमा प्रधानमन्त्रीको बैठक सुरु

मुख्यमन्त्रीहरुसंग बलुवाटारमा प्रधानमन्त्रीको बैठक सुरु

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बसेको बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेस प्रदेशका मुख्यमन्त्री जीतेन्द्रप्रसाद सोनार, बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका...
वायुसेवा निगमका बेथिति अन्त्यबारे गम्भीर हुन प्रधानमन्त्री कार्कीको निर्देशन

वायुसेवा निगमका बेथिति अन्त्यबारे गम्भीर हुन प्रधानमन्त्री कार्कीको निर्देशन

निगमको सुधारका लागि विभिन्न समयमा विज्ञहरूबाट प्राप्त सुझाव प्रतिवेदन कार्यान्वयन गर्न  निर्देशन दिँदै प्रधानमन्त्रीले संस्थालाई गौरव गर्नलायक बनाउनेतर्फ सम्बद्ध सबै लाग्नुपर्नेमा जोड दिए ।
रास्वपाको केन्द्रीय विभागमा जिम्मेवारी फेरबदल, कानुन, न्याय तथा मानवअधिकार विभाग उपप्रमुखमा सुलभ खरेल

रास्वपाको केन्द्रीय विभागमा जिम्मेवारी फेरबदल, कानुन, न्याय तथा मानवअधिकार विभाग उपप्रमुखमा सुलभ खरेल

पार्टीका प्रवक्ता मनिष झाका अनुसार अनुसन्धान तथा अभिलेखीकरण विभाग प्रमुखको जिम्मेवारी रवि किरण अधिकारीलाई दिइएको छ । त्यस्तै अधिवक्ता सुलभ खरेललाई कानुन, न्याय तथा मानवअधिकार विभाग उपप्रमुखको जिम्मेवारी...

भर्खरै