नेभिगेशन
मुख्य समाचार

एकताका पक्षधरसंगको संयुक्त बैठकमार्फत संगठनात्मक बिषय टुङ्गो लगाउने माओवादी केन्द्रको निर्णय

काठमाडौँ । नेकपा माओवादी केन्द्रले आगामी कार्तिक २० गते एकतामा आउने पार्टीसंग संयुक्त बैठक बसेर एकीकृत पार्टीको संगठनात्मक बिषय टुङ्गो लगाउने निर्णय गरेको छ । 

पार्टी कार्यालय पेरिसडाँडामा आइतबार बसेको महाधिवेशन आयोजक समितिको सचिवालय बैठकले एकीकृत समाजवादी लगाएत एकतामा आउने दलहरुको संयुक्त बैठक बसेर संगठनात्मक बिषय टुङ्गो लगाउने निर्णय गरेको हो ।

City Express

त्यसअघि कार्तिक १८ गते मंगलबार माओवादीको केन्द्रीय कमिटी बैठक बसेर एकताको निर्णयलाई अनुमोदन गर्ने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

सचिवालय बैठकमा पार्टी आन्तरिक संगठनात्मक बिषयका साथै समायोजन, नीतिगत बैचारिक बिषयका साथै एकतापछि नयाँ दल दर्ता गर्ने बिषयमा बढि छलफल भएको उनले बताए ।

सापकोटाले अहिले देशमा ठूलो संकट देखापरेकाले त्यसलाई सामना गर्न बृहत बामपन्थी एकता अपरिहार्य भएको उल्लेख गरेका छन् ।

उनले अहिलेको अवस्थामा मुलुकलाई निकास दिनका लागि चूनावमात्रै एकमात्रै बिकल्प भएकाले त्यसमा आफुहरुको ध्यान केन्द्रीत रहेको उल्लेख गरे ।

एकताप्रति असन्तुष्टि जनाएका नेता जनार्दन शर्माले भने आइतबारको बैठकमा अनुपस्थीत रहेका छन् । माओवादीले नेकपा एकीकृत समाजवादी, महेन्द्रराय यादवको जसपा, एमालेबाट विद्रोह गरेका प्रेमबहादुर सिंह, राजु कार्कीको नेकपा समाजवादी, सुवास काफ्लेको जनसमाजवादी पार्टीकाबीच एकता गर्न लागेको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रास्वपामा नयाँ लहरः कांग्रेसका विज्ञदेखि जसपाको पूर्वमन्त्रीसम्मलाई पार्टीमा भित्र्याएर नयाँ जिम्मेवारी

रास्वपामा नयाँ लहरः कांग्रेसका विज्ञदेखि जसपाको पूर्वमन्त्रीसम्मलाई पार्टीमा भित्र्याएर नयाँ जिम्मेवारी

आइतबार बसेको पार्टीको सचिवालय बैठकले बिभिन्न क्षेत्रमा अनुभव भएका १३ जना विज्ञहरूको जिम्मेवारी तोकेको कार्यवाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए । बुर्लाकोटीकाअनुसार यसरी जिम्मेवारी पाउनेहरूमा नेपाली काङ्ग्रेस परित्याग...
यातायात व्यवस्था कार्यालयले बन्द अवधिको जरिवाना मिनाहा गर्ने कोशी सरकारको निर्णय

यातायात व्यवस्था कार्यालयले बन्द अवधिको जरिवाना मिनाहा गर्ने कोशी सरकारको निर्णय

प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आन्दोलनका कारण समयमा सवारी साधन दर्ता, नवीकरण र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण गर्न नसकेका सेवाग्राहीलाई जरिवाना नलाग्ने व्यवस्था गर्ने निर्णय गरेको...
वायु सेवा निगममा भर्ती गरिएका करारका कर्मचारीलाई तत्काल हटाउन प्रधानमन्त्रीको निर्देशन

वायु सेवा निगममा भर्ती गरिएका करारका कर्मचारीलाई तत्काल हटाउन प्रधानमन्त्रीको निर्देशन

पर्यटनमन्त्रीका हैसियतमा प्रधानमन्त्री कार्कीले आइतबार निगमको सञ्चालक समिति र व्यवस्थापनका अधिकारीहरूलाई सिंहदरबारमा बोलाएर यस्तो निर्देशन दिएकी हुन ।

भर्खरै