नेभिगेशन
समाज

दल दर्ताको प्रमाणपत्र पाइसकेपछि हर्कले भने, ‘पालिका भित्र रहदा मेयर र बाहिर निस्कदा सामाजिक अभियान्ता’

काठमाडौँ । निर्वाचन आयोगले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीलाई आधिकारिकता प्रदान गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार आयोगले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई राजनीतिक दल दर्ता प्रमाणपत्र प्रदान गरेको हो । आयोगमा २ सय ४ नंवरमा दर्ता भएको श्रम संस्कृति पार्टीको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालीका वडा नंवर ४ मा रहने प्रमाणपत्रमा उल्लेख छ ।

Ncell
Extreme Energy

आफ्नो दलले औपचारिक मान्यता पाएपछि साम्पाङले देश बिकासका लागि श्रमको परिचालन गर्ने लक्ष्यका साथ अघि बढ्ने बताए । युवाहरुलाई श्रममा जोड्न सामाजिक अभियानको जागरणलाई प्रभावकारी रुपमा अघि बढाइने उनको भनाइ छ । 

उनले धरान उपमहानगरपालिका भित्र रहदा मेयर र बाहिर निस्कदा सामाजिक अभियान्ताका रुपमा प्रस्तुत हुने उल्लेख गरेका छन् । त्यस्तै, गएको असोज ७ गते उनले पार्टी दर्ताका लागि निर्वाचन आयोगको कार्यालयमा निवेदन दिएका थिए । हाल उक्त पार्टीमा पाँच पदाधिकारी सहित २८ केन्द्रीय सदस्य रहेका छन् भने चूनाव चिन्ह माटोको ढिस्को राखिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
हिउँदमा लोडसेडिङको जोखिम, बिजुली आपूर्ति गर्न के छ सरकारको तयारी ?

हिउँदमा लोडसेडिङको जोखिम, बिजुली आपूर्ति गर्न के छ सरकारको तयारी ?

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले पूर्वाधारहरुको मर्मत सम्भार गरी आन्तरिक उत्पादनलाई प्राथमिकता दिइने र अपुग विद्युत भारतबाट आयात गरी व्यवस्थापन गरिने बताएका छन् । सरकारले...
कांग्रेस केन्द्रीय समिति २९७ सदस्यीय, कुन कोटाबाट कति ?

कांग्रेस केन्द्रीय समिति २९७ सदस्यीय, कुन कोटाबाट कति ?

प्रवक्ता देवराज चालिसेका अनुसार, संशोधित विधानअनुसार केन्द्रीय कार्यसमिति २९७ सदस्यीय रहने छ । जसमा सभापति एक, वरिष्ठ उपसभापति एक तथा उपसभापति चार जना रहने छन् । उपसभापतिमा एक...
५ हजार ७३७ नागरिकलाई लालपुर्जा वितरण, ७ दशकदेखि आश्वासन पाउँदै आएका नागरिकलाई लालपुर्जा दिने वाचा

५ हजार ७३७ नागरिकलाई लालपुर्जा वितरण, ७ दशकदेखि आश्वासन पाउँदै आएका नागरिकलाई लालपुर्जा दिने वाचा

सोमबार प्रधानमन्त्री बालेन्द्र शाहले हालसम्मको प्रगति र सरकारको भावी योजनाबारे प्रस्ट्याएका छन् ।
ऊर्जा मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभारको जिम्मेवारी

ऊर्जा मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभारको जिम्मेवारी

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल विदेश भ्रमणमा रहेकाले उहाँहरूको अनुपस्थितिमा प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री श्रेष्ठलाई दुवै मन्त्रालयको कार्यवाहक जिम्मेवारी तोकेका हुन् ।

भर्खरै