नेभिगेशन
समाज

एमालेमा युथ भोलेन्टियर्स फोर्स गठन हुदैं, संसद पुनसंस्थापनाका लागि सडक आन्दोलन गर्ने

काठमाडौँ । नेकपा एमालेको जनवर्गीय सङ्गठनमा युथ भोलेन्टियर्स फोर्स थपिने भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार भक्तपुरमा अध्यक्ष केपी शर्मा ओलीको उपस्थीतिमा एमाले जनसंगठन समन्वय संयन्त्रले आयोजना गरेको भेलाले आगामी मंसिर ५ गते युथ भोलेन्टियर्स फोर्स घोषणा गर्ने निर्णय गरेको हो ।

Ncell
Extreme Energy

एमालेको पोलिटब्युरो सदस्य महेश बस्नेतले मंसिर ५ गते काठमाडौंमा युवाहरुलाई सडकमा उत्रार्दैै युथ भोलेन्टियर्स फोर्सको केन्द्रीय कमाण्डका साथै विधानको घोषणा गर्ने जानकारी दिए । युथ भोलेन्टियर्स फोर्सलाई पार्टीका साथै देश निर्माणमा परिचालन गरिने उनले बताए ।

उनले पार्टीको निर्णय अनुसार संसद पुनसंस्थापनाका लागि सडक आन्दोलन गर्ने उल्लेख गरेका छन् । वास्तविक जेनजी युवाहरुसंग नियमित संवादमा रहेको जानकारी दिदै उहाले भ्रष्टाचार नियन्त्रण लगाएतका मागलाई पुरा गर्नका लागि लाग्ने बताए ।

बस्नेतले पार्टीको महाधिवेशनबाट अध्यक्षको रुपमा केपी ओलीलाई नै चयन गर्ने दावी गरेका छन् । महाधिवेशनमा निर्वाचनका लागि प्रतिपष्र्धा गर्ने छुट भएको भन्दै महाधिवेशन प्रतिनिधिले विवेकको प्रयोग गर्दै ओलीलाई नै अध्यक्षमा चयन गर्ने उनले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
हिउँदमा लोडसेडिङको जोखिम, बिजुली आपूर्ति गर्न के छ सरकारको तयारी ?

हिउँदमा लोडसेडिङको जोखिम, बिजुली आपूर्ति गर्न के छ सरकारको तयारी ?

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले पूर्वाधारहरुको मर्मत सम्भार गरी आन्तरिक उत्पादनलाई प्राथमिकता दिइने र अपुग विद्युत भारतबाट आयात गरी व्यवस्थापन गरिने बताएका छन् । सरकारले...
कांग्रेस केन्द्रीय समिति २९७ सदस्यीय, कुन कोटाबाट कति ?

कांग्रेस केन्द्रीय समिति २९७ सदस्यीय, कुन कोटाबाट कति ?

प्रवक्ता देवराज चालिसेका अनुसार, संशोधित विधानअनुसार केन्द्रीय कार्यसमिति २९७ सदस्यीय रहने छ । जसमा सभापति एक, वरिष्ठ उपसभापति एक तथा उपसभापति चार जना रहने छन् । उपसभापतिमा एक...
५ हजार ७३७ नागरिकलाई लालपुर्जा वितरण, ७ दशकदेखि आश्वासन पाउँदै आएका नागरिकलाई लालपुर्जा दिने वाचा

५ हजार ७३७ नागरिकलाई लालपुर्जा वितरण, ७ दशकदेखि आश्वासन पाउँदै आएका नागरिकलाई लालपुर्जा दिने वाचा

सोमबार प्रधानमन्त्री बालेन्द्र शाहले हालसम्मको प्रगति र सरकारको भावी योजनाबारे प्रस्ट्याएका छन् ।
ऊर्जा मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभारको जिम्मेवारी

ऊर्जा मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभारको जिम्मेवारी

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल विदेश भ्रमणमा रहेकाले उहाँहरूको अनुपस्थितिमा प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री श्रेष्ठलाई दुवै मन्त्रालयको कार्यवाहक जिम्मेवारी तोकेका हुन् ।

भर्खरै