नेभिगेशन
मुख्य समाचार

प्रचण्ड र माधव नेपालसहित ८ दलद्धारा  पार्टी एकता, चुनाव चिन्ह तारा

प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र र माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसहित विभिन्न ८ वटा कम्युनिष्ट पार्टीहरूले एकतामा सहमति गरेका छन्।
आइतबार ति फरक फरक ८ दलका नेताहरूले एकताको सहमतिपत्रमा हस्ताक्षर गरेका हुन। सहमतिपछि एक भइ बन्ने पार्टीको नाम निश्चित नभए पनि चुनाव चिन्ह भने पाँच कुने तारा रहने आठ नेताले हस्ताक्षर गरेको सहमति पत्रमा उल्लेख छ । 

सहमतिपत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनसमाजवादी पार्टी नेपालका अध्यक्ष सुवासराज काफ्ले, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव, नेकपा महासचिव चिरन पुन, नेकपा समाजवादीका अध्यक्ष राजु कार्की, नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी र नेकपा साम्यवादीका अध्यक्ष प्रेमबहादुर सिंहले हस्ताक्षर गरेका छन् ।
 

CG

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नेप्से परिसूचकमा ४२ अङ्कको गिरावट

नेप्से परिसूचकमा ४२ अङ्कको गिरावट

जुन एक दशमलव ५३ प्रतिशतको गिरावट हो । मंगलबार विभिन्न ३३३ कम्पनीका तीन करोड दुई लाख ६२ हजार ७१० कित्ता शेयर एक लाख ४२ हजार ४७६ पटक खरिदबिक्री...
कञ्चनपुर २ का रास्वपा उम्मेदवार दीपक बोहरा र बालेन शाहबीच भेटघाट

कञ्चनपुर २ का रास्वपा उम्मेदवार दीपक बोहरा र बालेन शाहबीच भेटघाट

मङ्गलवार रास्वपा नेता तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार बोहराको निर्वाचन क्षेत्रको झलारीमा उनीहरुबीच भेटघाट भएको हो । भेटका क्रममा रास्वपा नेता तथा उम्मेदवार बोहराले बालेनलाई कञ्चनपुरमा स्वागत गरेको र...
बालेन कैलालीका पाँचै निर्वाचन क्षेत्रका रास्वपा उम्मेदवारहरूको सम्पर्क कार्यालयमा पुगेपछि(तस्बिरहरु)

बालेन कैलालीका पाँचै निर्वाचन क्षेत्रका रास्वपा उम्मेदवारहरूको सम्पर्क कार्यालयमा पुगेपछि(तस्बिरहरु)

सुदूरपश्चिम दौडाहामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले मंगलबार कैलालीका पाँच निर्वाचन क्षेत्रमा रहेका रास्वपा सम्पर्क कार्यालयको पुगेर उम्मेदवार भेटघाट गरेका छन् ।  कैलाली...
स्पष्टीकरण पेस गर्न बालेनलाई निर्वाचन आयोगको पत्र

स्पष्टीकरण पेस गर्न बालेनलाई निर्वाचन आयोगको पत्र

झापा ५ बाट रास्वपा उम्मेदवार रहेका बालेन शाहलाई निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको भन्दै परेको उजुरीका आधारमा आयोगले मङ्गलवार स्पष्टीकरण सोधेको हो । सोही क्षेत्रबाट एमालेका उम्मेदवार रहेका...