नेभिगेशन
समाज

रास्वपामा नयाँ लहरः कांग्रेसका विज्ञदेखि जसपाको पूर्वमन्त्रीसम्मलाई पार्टीमा भित्र्याएर नयाँ जिम्मेवारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको केन्द्रीय विभागमा जिम्मेवारी केही नयाँ र केही पुरानाको फेरबदल गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार बसेको पार्टीको सचिवालय बैठकले बिभिन्न क्षेत्रमा अनुभव भएका १३ जना विज्ञहरूको जिम्मेवारी तोकेको कार्यवाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए । बुर्लाकोटीकाअनुसार यसरी जिम्मेवारी पाउनेहरूमा नेपाली काङ्ग्रेस परित्याग गरेर रास्वपा प्रवेश गरेका विज्ञदेखि जसपा नेपाल पार्टीकोतर्फबाट पुर्व प्रदेश मन्त्री बनिसकेका व्यक्तिहरू समेत छन् । 

Ncell
Extreme Energy

कसलाई के जिम्मेवारी 

रवि किरण अधिकारी, अनुसन्धान तथा अभिलेखीकरण विभाग, प्रमुख

अधिकारी अनुसन्धानदाता एवम् लेखक हुन् । यस अघि नै उनी यही विभागको उपप्रमुख थिए । अहिले उनलाई प्रमुखको जिम्मेवारी तोकिएको हो । यस अघि उनी गैर आवासीय नेपाली संघका पूर्व प्रमुख कार्यकारी अधिकृतको भूमिकामा थिए । 

रामप्रसाद भट्टराई, केन्द्रीय प्रशिक्षण विभाग सदस्य  

भट्टराई नेपाल स्काउटका पूर्व निर्देशक हुन् । उनी नेतृत्व क्षमता र प्रशिक्षणविज्ञ हुन् ।  

कृष्णमान शाक्य, केन्द्रीय प्रशिक्षण विभाग सदस्य  

धादिङका स्थानीय शाक्य यस अघि नेपाली कांग्रेसको प्रशिक्षण विभागका थिए । नेपाली कांग्रेस छोडेर स्वतन्त्र बसेका उनी गत तिहार अघि रास्वपा प्रवेश गरेका हुुन् । उनलाई अहिले नयाँ जिम्मेवारी दिइएको छ । उनी पेशाले जनस्वास्थ्यविद् हुन् ।     

सुलभ खरेल कानुन, न्याय तथा मानवअधिकार विभाग उपप्रमुख 

रुपन्देहीका खरेल युवा अधिवक्ता हुन् । अमेरिकामाबाट कानुन पढेका उनी प्रखर युवा कानुन व्यवसायीका रुपमा परिचित छन् । रूपन्देहीमा यस  अघि हुने भनिएको उपनिर्वाचनमा रास्वपाको उम्मेदवार बनेपछि उनको चर्चा रास्वपा वृत्तमा चुलिएको थियो । 

तोयानारायण पौडेल, केन्द्रीय शिक्षा विभाग सदस्य

ह्वाइटहाउस कलेजका प्रिन्सिपल हुन् । शिक्षाविद्का रुपमा परिचित पौडेलले विश्वविद्यालय सुधारको खाका समेत तयार गरेका छन् ।  पौडललाई यो विभागमा नयाँ जिम्मेवारी हो ।   

बोधनारायण श्रेष्ठ, केन्द्रीय सङ्गठन विभाग उपप्रमुख 

धादिङका श्रेष्ठ अहिले काठमाडौँको बुढानिलकण्ठमा बस्छन् । लामो समय युनिसेफमा विकास र व्यवस्थापनविज्ञका रुपमा काम गरेका उनी रास्वपा प्रवेश गरेर नयाँ जिम्मेवारी लिएका छन् ।    

पार्थीवेन्द्र उपाध्याय, केन्द्रीय शिक्षा विभाग सदस्य

रूपन्देहीका उपाध्याय रास्वपाका सक्रिय नेता हुन् । यस अघि रूपन्देही ३ को उपनिर्वाचनका लागि उम्मेदवार समेत बनेका उनी पेशाले सहायक प्राध्यापक समेत हुन् । उनी  यस अघि भैरहवामा रहेको रूपन्देही क्याम्पसका प्रमुख समेत थिए । उपाध्यलाई पार्टीमा यो नयाँ जिम्मेवारी हो ।   

ज्ञानु पौडेल, केन्द्रीय महिला विभाग सदस्य

ज्ञानु पौडेल रूपन्देहीकी चर्चित रास्वपा नेतृ हुन् । सफल सहकारी अभियन्ता र समाजसेवीका रुपमा उनको अलग्गै पहिचान छ । रुपन्देही र लुुम्बिनी प्रदेशमा रास्वपाको सङ्गठन बिस्तारमा उनको विशेष भूमिका रहेको रास्वपाले जनाएको छ ।    

अर्जुन अधिकारी, प्रवास नेपाली सम्पर्क विभाग उपप्रमुख

अधिकारी रास्वपाका केन्द्रिय सदस्य हुन् । उनी यस अघि रास्वपाको एनआरएनए समन्वय विभागको प्रमुख थिए । सो विभाग अहिले खारेज भए पछि उनलाई अर्को विभागको जिम्मेवारी दिइएको हो ।  
   
मनिराम घिमिरे, केन्द्रीय शिक्षा विभाग सदस्य

शिक्षा क्षेत्रमा लामो काम गरेका अनुभवि व्यक्ति हुन् ।  
   
कल्पना पाण्डे, केन्द्रीय महिला विभाग सदस्य  

पाण्डे जसपाबाट लुम्बिनी प्रदेशसभाको पूर्व सदस्य थिइन ।  उनी त्यहाँ सामाजिक विकास मन्त्री समेत बनेकी थिइन । झण्डै तीन महिना अघि रास्वपा प्रदेश गरेकी उनी अहिले केन्द्रीय महिला विभागको सदस्यका रुपमा नयाँ जिम्मेवारीमा आएकी छिन् ।  

ज्ञानेन्द्र महता, विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभाग सचिव  

कञ्चनपुरका महता पेशाले पूर्व पत्रकार हुन् । यस अघि यही विभागको सदस्य रहेका उनलाई अहिले सचिवको रुपमा बढुवा गरिएको हो ।   

प्रमिला कुमारी सिंह, नीति विचार विभाग सदस्य

सिंह धनुषाकी हुन् । विकास परियोजना क्षेत्रका काम गरेको लामो काम गरेको अनुभव उनीसँग छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
हिउँदमा लोडसेडिङको जोखिम, बिजुली आपूर्ति गर्न के छ सरकारको तयारी ?

हिउँदमा लोडसेडिङको जोखिम, बिजुली आपूर्ति गर्न के छ सरकारको तयारी ?

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले पूर्वाधारहरुको मर्मत सम्भार गरी आन्तरिक उत्पादनलाई प्राथमिकता दिइने र अपुग विद्युत भारतबाट आयात गरी व्यवस्थापन गरिने बताएका छन् । सरकारले...
कांग्रेस केन्द्रीय समिति २९७ सदस्यीय, कुन कोटाबाट कति ?

कांग्रेस केन्द्रीय समिति २९७ सदस्यीय, कुन कोटाबाट कति ?

प्रवक्ता देवराज चालिसेका अनुसार, संशोधित विधानअनुसार केन्द्रीय कार्यसमिति २९७ सदस्यीय रहने छ । जसमा सभापति एक, वरिष्ठ उपसभापति एक तथा उपसभापति चार जना रहने छन् । उपसभापतिमा एक...
५ हजार ७३७ नागरिकलाई लालपुर्जा वितरण, ७ दशकदेखि आश्वासन पाउँदै आएका नागरिकलाई लालपुर्जा दिने वाचा

५ हजार ७३७ नागरिकलाई लालपुर्जा वितरण, ७ दशकदेखि आश्वासन पाउँदै आएका नागरिकलाई लालपुर्जा दिने वाचा

सोमबार प्रधानमन्त्री बालेन्द्र शाहले हालसम्मको प्रगति र सरकारको भावी योजनाबारे प्रस्ट्याएका छन् ।
ऊर्जा मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभारको जिम्मेवारी

ऊर्जा मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभारको जिम्मेवारी

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल विदेश भ्रमणमा रहेकाले उहाँहरूको अनुपस्थितिमा प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री श्रेष्ठलाई दुवै मन्त्रालयको कार्यवाहक जिम्मेवारी तोकेका हुन् ।

भर्खरै