नेभिगेशन
मुख्य समाचार

रास्वपामा नयाँ लहरः कांग्रेसका विज्ञदेखि जसपाको पूर्वमन्त्रीसम्मलाई पार्टीमा भित्र्याएर नयाँ जिम्मेवारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको केन्द्रीय विभागमा जिम्मेवारी केही नयाँ र केही पुरानाको फेरबदल गरेको छ ।

आइतबार बसेको पार्टीको सचिवालय बैठकले बिभिन्न क्षेत्रमा अनुभव भएका १३ जना विज्ञहरूको जिम्मेवारी तोकेको कार्यवाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए । बुर्लाकोटीकाअनुसार यसरी जिम्मेवारी पाउनेहरूमा नेपाली काङ्ग्रेस परित्याग गरेर रास्वपा प्रवेश गरेका विज्ञदेखि जसपा नेपाल पार्टीकोतर्फबाट पुर्व प्रदेश मन्त्री बनिसकेका व्यक्तिहरू समेत छन् । 

City Express

कसलाई के जिम्मेवारी 

रवि किरण अधिकारी, अनुसन्धान तथा अभिलेखीकरण विभाग, प्रमुख

अधिकारी अनुसन्धानदाता एवम् लेखक हुन् । यस अघि नै उनी यही विभागको उपप्रमुख थिए । अहिले उनलाई प्रमुखको जिम्मेवारी तोकिएको हो । यस अघि उनी गैर आवासीय नेपाली संघका पूर्व प्रमुख कार्यकारी अधिकृतको भूमिकामा थिए । 

रामप्रसाद भट्टराई, केन्द्रीय प्रशिक्षण विभाग सदस्य  

भट्टराई नेपाल स्काउटका पूर्व निर्देशक हुन् । उनी नेतृत्व क्षमता र प्रशिक्षणविज्ञ हुन् ।  

कृष्णमान शाक्य, केन्द्रीय प्रशिक्षण विभाग सदस्य  

धादिङका स्थानीय शाक्य यस अघि नेपाली कांग्रेसको प्रशिक्षण विभागका थिए । नेपाली कांग्रेस छोडेर स्वतन्त्र बसेका उनी गत तिहार अघि रास्वपा प्रवेश गरेका हुुन् । उनलाई अहिले नयाँ जिम्मेवारी दिइएको छ । उनी पेशाले जनस्वास्थ्यविद् हुन् ।     

सुलभ खरेल कानुन, न्याय तथा मानवअधिकार विभाग उपप्रमुख 

रुपन्देहीका खरेल युवा अधिवक्ता हुन् । अमेरिकामाबाट कानुन पढेका उनी प्रखर युवा कानुन व्यवसायीका रुपमा परिचित छन् । रूपन्देहीमा यस  अघि हुने भनिएको उपनिर्वाचनमा रास्वपाको उम्मेदवार बनेपछि उनको चर्चा रास्वपा वृत्तमा चुलिएको थियो । 

तोयानारायण पौडेल, केन्द्रीय शिक्षा विभाग सदस्य

ह्वाइटहाउस कलेजका प्रिन्सिपल हुन् । शिक्षाविद्का रुपमा परिचित पौडेलले विश्वविद्यालय सुधारको खाका समेत तयार गरेका छन् ।  पौडललाई यो विभागमा नयाँ जिम्मेवारी हो ।   

बोधनारायण श्रेष्ठ, केन्द्रीय सङ्गठन विभाग उपप्रमुख 

धादिङका श्रेष्ठ अहिले काठमाडौँको बुढानिलकण्ठमा बस्छन् । लामो समय युनिसेफमा विकास र व्यवस्थापनविज्ञका रुपमा काम गरेका उनी रास्वपा प्रवेश गरेर नयाँ जिम्मेवारी लिएका छन् ।    

पार्थीवेन्द्र उपाध्याय, केन्द्रीय शिक्षा विभाग सदस्य

रूपन्देहीका उपाध्याय रास्वपाका सक्रिय नेता हुन् । यस अघि रूपन्देही ३ को उपनिर्वाचनका लागि उम्मेदवार समेत बनेका उनी पेशाले सहायक प्राध्यापक समेत हुन् । उनी  यस अघि भैरहवामा रहेको रूपन्देही क्याम्पसका प्रमुख समेत थिए । उपाध्यलाई पार्टीमा यो नयाँ जिम्मेवारी हो ।   

ज्ञानु पौडेल, केन्द्रीय महिला विभाग सदस्य

ज्ञानु पौडेल रूपन्देहीकी चर्चित रास्वपा नेतृ हुन् । सफल सहकारी अभियन्ता र समाजसेवीका रुपमा उनको अलग्गै पहिचान छ । रुपन्देही र लुुम्बिनी प्रदेशमा रास्वपाको सङ्गठन बिस्तारमा उनको विशेष भूमिका रहेको रास्वपाले जनाएको छ ।    

अर्जुन अधिकारी, प्रवास नेपाली सम्पर्क विभाग उपप्रमुख

अधिकारी रास्वपाका केन्द्रिय सदस्य हुन् । उनी यस अघि रास्वपाको एनआरएनए समन्वय विभागको प्रमुख थिए । सो विभाग अहिले खारेज भए पछि उनलाई अर्को विभागको जिम्मेवारी दिइएको हो ।  
   
मनिराम घिमिरे, केन्द्रीय शिक्षा विभाग सदस्य

शिक्षा क्षेत्रमा लामो काम गरेका अनुभवि व्यक्ति हुन् ।  
   
कल्पना पाण्डे, केन्द्रीय महिला विभाग सदस्य  

पाण्डे जसपाबाट लुम्बिनी प्रदेशसभाको पूर्व सदस्य थिइन ।  उनी त्यहाँ सामाजिक विकास मन्त्री समेत बनेकी थिइन । झण्डै तीन महिना अघि रास्वपा प्रदेश गरेकी उनी अहिले केन्द्रीय महिला विभागको सदस्यका रुपमा नयाँ जिम्मेवारीमा आएकी छिन् ।  

ज्ञानेन्द्र महता, विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभाग सचिव  

कञ्चनपुरका महता पेशाले पूर्व पत्रकार हुन् । यस अघि यही विभागको सदस्य रहेका उनलाई अहिले सचिवको रुपमा बढुवा गरिएको हो ।   

प्रमिला कुमारी सिंह, नीति विचार विभाग सदस्य

सिंह धनुषाकी हुन् । विकास परियोजना क्षेत्रका काम गरेको लामो काम गरेको अनुभव उनीसँग छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
यातायात व्यवस्था कार्यालयले बन्द अवधिको जरिवाना मिनाहा गर्ने कोशी सरकारको निर्णय

यातायात व्यवस्था कार्यालयले बन्द अवधिको जरिवाना मिनाहा गर्ने कोशी सरकारको निर्णय

प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आन्दोलनका कारण समयमा सवारी साधन दर्ता, नवीकरण र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण गर्न नसकेका सेवाग्राहीलाई जरिवाना नलाग्ने व्यवस्था गर्ने निर्णय गरेको...
वायु सेवा निगममा भर्ती गरिएका करारका कर्मचारीलाई तत्काल हटाउन प्रधानमन्त्रीको निर्देशन

वायु सेवा निगममा भर्ती गरिएका करारका कर्मचारीलाई तत्काल हटाउन प्रधानमन्त्रीको निर्देशन

पर्यटनमन्त्रीका हैसियतमा प्रधानमन्त्री कार्कीले आइतबार निगमको सञ्चालक समिति र व्यवस्थापनका अधिकारीहरूलाई सिंहदरबारमा बोलाएर यस्तो निर्देशन दिएकी हुन ।
मुख्यमन्त्रीहरुसंग बलुवाटारमा प्रधानमन्त्रीको बैठक सुरु

मुख्यमन्त्रीहरुसंग बलुवाटारमा प्रधानमन्त्रीको बैठक सुरु

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बसेको बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेस प्रदेशका मुख्यमन्त्री जीतेन्द्रप्रसाद सोनार, बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका...

भर्खरै