नेभिगेशन
समाज

प्रहरी महानिरीक्षक खापुङ्गले गरे किरियापुत्री भवनको शिलान्यास

काठमाडौँ । प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ्गले नेपाल प्रहरी कल्याण कोषको कल्याणकारी कार्यक्रमअन्तर्गत निर्माण हुने किरिया पुत्री भवनको सोमबार शिलान्यास गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उक्त अवसरमा प्रहरी महानिरीक्षक खापुङ्गले नेपाल प्रहरीका बहालवाला र अवकाश प्राप्त प्रहरी कर्मचारीहरूलाई सहजता प्रदान गर्न भवन निर्माण गर्न लागिएको बताए । आगामी दिनमा भवन निर्माणका साथै भवनबाट प्रवाह हुने सेवालाई थप परिष्कृत गर्दै लैजानुपर्नेमा उनले जोड दिए ।

Ncell
Extreme Energy

नेपाल प्रहरीका बहालवाला र अवकाश प्राप्त प्रहरी कर्मचारीहरूलाई लक्षित गरी दुःखद निधन हुँदा आशौच बार्ने संस्कार (किरिया पुत्री) का लागि काठमाडौँ महानगरपालिका–३ स्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका नाममा रहेको जग्गामा किरिया पुत्री भवन निर्माण गर्न गत भदौ १९ गते बसेको नीतिनिर्माण समितिको बैठकले निर्णय गरेको थियो ।

कार्यक्रममा प्रहरी प्रधान कार्यालय प्रहरी कल्याण महाशाखाका प्रहरी नायब उपरीक्षक बुद्धिसागर पुरीले भवन निर्माणको उद्देश्यसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, आमन्त्रित महानुभावहरूलगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी

जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी

संस्थानले सार्वजनिक गरेको सूचनामा सम्बन्धित व्यक्ति तथा संस्थालाई सात दिनभित्र अनधिकृत अतिक्रमण तथा संरचना हटाउन भनिएको छ। तोकिएको समयभित्र अतिक्रमण नहटाए प्रचलित कानूनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिइएको छ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत बुझाउने बढ्दै

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत बुझाउने बढ्दै

भोटेकोशी बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम दाखिला गर्ने क्रम बढ्दै गएको छ।
पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाव सामान्य

पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाव सामान्य

दार्चुलाको अपिहिमाल गाउँपालिका–१ भट्टारमा पहिरोले आंशिक रूपमा थुनिएको चौलानी नदीको बहाव अहिले सामान्य अवस्थामा रहेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।
चौलानी नदी पहिरोले थुनिन सक्ने जोखिम, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

चौलानी नदी पहिरोले थुनिन सक्ने जोखिम, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

अपिहिमाल गाउँपालिका–१ भट्टारस्थित चौलानी नदी पहिरोले आधा थुनिएपछि नदी पूर्ण रूपमा थुनिन सक्ने जोखिम बढेको छ।