नेभिगेशन
मुख्य समाचार

प्रहरी महानिरीक्षक खापुङ्गले गरे किरियापुत्री भवनको शिलान्यास

काठमाडौँ । प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ्गले नेपाल प्रहरी कल्याण कोषको कल्याणकारी कार्यक्रमअन्तर्गत निर्माण हुने किरिया पुत्री भवनको सोमबार शिलान्यास गरेका छन् ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक खापुङ्गले नेपाल प्रहरीका बहालवाला र अवकाश प्राप्त प्रहरी कर्मचारीहरूलाई सहजता प्रदान गर्न भवन निर्माण गर्न लागिएको बताए । आगामी दिनमा भवन निर्माणका साथै भवनबाट प्रवाह हुने सेवालाई थप परिष्कृत गर्दै लैजानुपर्नेमा उनले जोड दिए ।

CG

नेपाल प्रहरीका बहालवाला र अवकाश प्राप्त प्रहरी कर्मचारीहरूलाई लक्षित गरी दुःखद निधन हुँदा आशौच बार्ने संस्कार (किरिया पुत्री) का लागि काठमाडौँ महानगरपालिका–३ स्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका नाममा रहेको जग्गामा किरिया पुत्री भवन निर्माण गर्न गत भदौ १९ गते बसेको नीतिनिर्माण समितिको बैठकले निर्णय गरेको थियो ।

कार्यक्रममा प्रहरी प्रधान कार्यालय प्रहरी कल्याण महाशाखाका प्रहरी नायब उपरीक्षक बुद्धिसागर पुरीले भवन निर्माणको उद्देश्यसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, आमन्त्रित महानुभावहरूलगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नेप्से परिसूचकमा ४२ अङ्कको गिरावट

नेप्से परिसूचकमा ४२ अङ्कको गिरावट

जुन एक दशमलव ५३ प्रतिशतको गिरावट हो । मंगलबार विभिन्न ३३३ कम्पनीका तीन करोड दुई लाख ६२ हजार ७१० कित्ता शेयर एक लाख ४२ हजार ४७६ पटक खरिदबिक्री...
कञ्चनपुर २ का रास्वपा उम्मेदवार दीपक बोहरा र बालेन शाहबीच भेटघाट

कञ्चनपुर २ का रास्वपा उम्मेदवार दीपक बोहरा र बालेन शाहबीच भेटघाट

मङ्गलवार रास्वपा नेता तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार बोहराको निर्वाचन क्षेत्रको झलारीमा उनीहरुबीच भेटघाट भएको हो । भेटका क्रममा रास्वपा नेता तथा उम्मेदवार बोहराले बालेनलाई कञ्चनपुरमा स्वागत गरेको र...
बालेन कैलालीका पाँचै निर्वाचन क्षेत्रका रास्वपा उम्मेदवारहरूको सम्पर्क कार्यालयमा पुगेपछि(तस्बिरहरु)

बालेन कैलालीका पाँचै निर्वाचन क्षेत्रका रास्वपा उम्मेदवारहरूको सम्पर्क कार्यालयमा पुगेपछि(तस्बिरहरु)

सुदूरपश्चिम दौडाहामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले मंगलबार कैलालीका पाँच निर्वाचन क्षेत्रमा रहेका रास्वपा सम्पर्क कार्यालयको पुगेर उम्मेदवार भेटघाट गरेका छन् ।  कैलाली...
स्पष्टीकरण पेस गर्न बालेनलाई निर्वाचन आयोगको पत्र

स्पष्टीकरण पेस गर्न बालेनलाई निर्वाचन आयोगको पत्र

झापा ५ बाट रास्वपा उम्मेदवार रहेका बालेन शाहलाई निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको भन्दै परेको उजुरीका आधारमा आयोगले मङ्गलवार स्पष्टीकरण सोधेको हो । सोही क्षेत्रबाट एमालेका उम्मेदवार रहेका...