नेभिगेशन
समाज

अर्थमन्त्री खनाल र नेपालका लागि कोरियाली राजदूत पार्कबीच शिष्टाचार भेट

काठमाडौँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालसँग नेपालका लागि कोरिया गणतन्त्रका राजदूत पार्क ते यङले शिष्टाचार भेट गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अर्थ मन्त्रालयमा सोमबार भएको उक्त भेटमा अर्थमन्त्री खनालले कोरिया र नेपालबीच रहेको दुईपक्षीय कूटनीतिक सम्बन्धको चर्चा गर्दै कोरिया सरकारले प्रदान गर्दै आएको निरन्तर सहयोगका लागि धन्यवाद व्यक्त गरेका थिए ।

Ncell
Extreme Energy

साथै कोरियाको सहयोगमा सञ्चालन भएका आयोजना तथा कार्यक्रमहरूको अवस्था सन्तोषजनक रहेको उल्लेख गर्दै अर्थमन्त्री खनालले कोरियासँगको आर्थिक साझेदारीलाई निरन्तरता दिइने बताए ।

सोअवसरमा राजदूत पार्कले कोरिया सरकारको एजेन्सी कोइका र नेपाल सरकारबीचको द्विपक्षीय सम्बन्ध स्थापनाको ३० वर्ष पुगेको स्मरण गर्दै आगामी दिनमा थप समन्वय र सहकार्यका आशा व्यक्त गरे ।

साथै कोरियन लगानीकर्तालाई नेपालमा लगानीको लागि प्रोत्साहित गर्न र नेपाली उत्पादनहरूको प्रवर्द्धनका लागि आवश्यक सहजीकरण गरिने बताए ।

साथै, नेपाली कामदारहरूलाई कोरिया रोजगारीका लागि लैजान सहज होस भनेर कोरिया सरकारले छुट्टै भिसा सेन्टर स्थापना गर्न लागेको विषय समेत जानकारी गराएका थिए ।

त्यसैगरी उनले इपिएस प्रणालीअन्तर्गत रोजगारीका लागि कोरिया गई फर्किएका नेपाली नागरिकहरूको उद्यमशिलता प्रवर्द्धनका लागि नयाँ व्यवसाय सञ्चालन गर्न कोइकाको सहयोगमा कृषि विकास बैंकमार्फत सहुलियत पूर्ण कर्जा उपलब्ध गराउनका लागि प्रक्रिया अगाडि बढाइएको र सोका लागि आवश्यक सहजीकरण गर्नसमेत अनुरोध गरिएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
हिउँदमा लोडसेडिङको जोखिम, बिजुली आपूर्ति गर्न के छ सरकारको तयारी ?

हिउँदमा लोडसेडिङको जोखिम, बिजुली आपूर्ति गर्न के छ सरकारको तयारी ?

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले पूर्वाधारहरुको मर्मत सम्भार गरी आन्तरिक उत्पादनलाई प्राथमिकता दिइने र अपुग विद्युत भारतबाट आयात गरी व्यवस्थापन गरिने बताएका छन् । सरकारले...
कांग्रेस केन्द्रीय समिति २९७ सदस्यीय, कुन कोटाबाट कति ?

कांग्रेस केन्द्रीय समिति २९७ सदस्यीय, कुन कोटाबाट कति ?

प्रवक्ता देवराज चालिसेका अनुसार, संशोधित विधानअनुसार केन्द्रीय कार्यसमिति २९७ सदस्यीय रहने छ । जसमा सभापति एक, वरिष्ठ उपसभापति एक तथा उपसभापति चार जना रहने छन् । उपसभापतिमा एक...
५ हजार ७३७ नागरिकलाई लालपुर्जा वितरण, ७ दशकदेखि आश्वासन पाउँदै आएका नागरिकलाई लालपुर्जा दिने वाचा

५ हजार ७३७ नागरिकलाई लालपुर्जा वितरण, ७ दशकदेखि आश्वासन पाउँदै आएका नागरिकलाई लालपुर्जा दिने वाचा

सोमबार प्रधानमन्त्री बालेन्द्र शाहले हालसम्मको प्रगति र सरकारको भावी योजनाबारे प्रस्ट्याएका छन् ।
ऊर्जा मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभारको जिम्मेवारी

ऊर्जा मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभारको जिम्मेवारी

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल विदेश भ्रमणमा रहेकाले उहाँहरूको अनुपस्थितिमा प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री श्रेष्ठलाई दुवै मन्त्रालयको कार्यवाहक जिम्मेवारी तोकेका हुन् ।

भर्खरै