नेभिगेशन
मुख्य समाचार

नेपालको इतिहासमा सबैभन्दा ठुलो जनसभा गछौँः शंकर पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सर्वोच्च अदालतका विगतका नजिरका आधारमा संसद् पुनस्र्थापना हुने विश्वास व्यक्त गरेका छन् ।

प्रेस चौतारी नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले संविधान, जनमत र जनादेशले नचिन्ने सरकारले गरेको प्रतिनिधि सभा विघटनलाई सर्वोच्च अदालतले विगतमा नजिरका आधारमा समेत मान्यता नदिने विश्वास व्यक्त गरेका हुन ।

City Express

अदालतमा मुद्दा विचाराधीन रहेकोले सो मुद्दाको फैसला नहुँदासम्म सरकारले काम गर्न नहुने उल्लेख गर्दैै पोखरेलले वर्तमान सरकार संवैधानिक परीक्षणमा खरो साबित हुन नसक्ने तर्क गरेका थिए ।

निर्वाचनको लागि गठन भएको यो सरकारलाई ६ महिना भित्र निर्वाचन गर्ने म्यान्डेट दिएको बताउँदै उनले यो सरकारले निर्वाचनको वातावरणको सुनिश्चितता गर्न नसकेको बताए ।

उनले जेनजीको नाममा पश्चिमा पुँजीवादीहरूले आफूसँग असहमत रहेको सत्तालाई कमजोर बनाउनको लागि युवाहरूलाई नियोजित मनोविज्ञान तयार गरी आफ्नो स्वार्थका लागि प्रयोग गर्ने काम गरेको बताए ।

सरकारले जेनजी आन्दोलन र आन्दोलनको नाममा भएको अपराधलाई एकै ठाउँमा राखेर हेरेको भन्दै उनले आलोचना गरे । उनले अहिले गठन भएको छानबिन आयोगको अध्यक्ष आफै २३ र २४ को घटनाको मतियार भएकाले निष्पक्ष प्रतिवेदन नआउने उल्लेख गरे ।

अहिले जनता दलबाट अलग भइसके भन्ने भाष्य निर्णय गर्न खोजिएको भन्दै उनले मंसिर २७ गते एमालेले नेपालको इतिहासमा सबैभन्दा ठुलो जनसभा काठमाडौंमा गर्ने उल्लेख गरे ।

त्यस्तै महासचिव पोखरेलले एमालेबाट अलग भएकाहरूको सन्दर्भमा आफ्नो घर फर्कनका लागि एकता गरिरहनुनपर्ने बताए । पार्टी फर्कनेलाई उचित जिम्मेवारी दिइने तर नीति र नेतृत्वका प्रश्नमा चाहीँ सहमति गरेर आउनुपर्ने उनको भनाइ छ ।

उनले युवाहरू हरेक राजनीतिक दलमा जोडिएका बताउँदै सबैभन्दा धेरै नवपुस्ता एमालेसँग भएको बताए । उनले आउने महाधिवेशनमा आउने प्रतिनिधिमा युवाको क्लष्टर नै तोकेको स्पष्ट पारेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
प्रधानमन्त्री र दुवै सदनका प्रमुखबीच भेटवार्ता

प्रधानमन्त्री र दुवै सदनका प्रमुखबीच भेटवार्ता

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिए ।
प्रवासमा रहेका नेपालीलाई समानुपातिकमा मात्रै मत हाल्ने अधिकार

प्रवासमा रहेका नेपालीलाई समानुपातिकमा मात्रै मत हाल्ने अधिकार

‘प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीमा मताधिकार दिनेबारे गृहकार्य सुरु गरिएको हो,’ प्रवक्ता काफ्लेले सिधाकुरासँग भने, ‘तर, तत्काल समानुपातिकमा मात्रै मताधिकार दिन सकिने अवस्था देखिएको छ । तर यो...
यलुङरी हिमालको हिमपहिरोमा परेर ३ जनाको मृत्युु, ८ बेपत्ता

यलुङरी हिमालको हिमपहिरोमा परेर ३ जनाको मृत्युु, ८ बेपत्ता

आरोहणका लागि गएका १५ विदेशीसहित स्वदेशी पथप्रदर्शकको समूह आज बिहान ९ः०० बजेतिर यलुङरी नजिकै हिमपहिरोमा परेको प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए । उनीहरूको अवस्था अझै एकिन...
सञ्चारमन्त्री खरेल र गणतन्त्र कोरियाका राजदूत योङबीच शिष्टाचार भेट

सञ्चारमन्त्री खरेल र गणतन्त्र कोरियाका राजदूत योङबीच शिष्टाचार भेट

भेटमा सञ्चारमन्त्री  खरेलले नेपाल र दक्षिण कोरियाबीचको सम्बन्ध, नेपालमा दक्षिण कोरियाको सहयोगमा सञ्चालित विकास आयोजनालगायत नेपालमा डाटा सेन्टरको स्थापनामा पुर्‍याएको सहयोगका लागि आभारसमेत व्यक्त गरे ।