नेभिगेशन
मुख्य समाचार

जेनजी आन्दोलनका ४५ जना मृतकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा काठमाडौंलगाएत मुलुकका बिभिन्न भागमा मृत्यु भएका ४५ जना व्यक्तिहरुलाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

City Express

गृहमन्त्रालय लगाएत सरोकारवाला निकायबाट गरिएको अध्ययनपछि अहिले ४५ जनालाई शहीद घोषणा गरिएको भन्दै प्रवक्ता खरेलले थपको सन्दर्भमा अझै अध्ययन जारी रहेको बताए ।

मन्त्रिपरिषद्ले बेपता पारिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप कोष नियमावली २०८२ स्वीकृत गरेको छ भने विपद् संकटग्रस्त जिल्ला घोषणा गरिएको इलामका प्रभावित स्थानीय तहहरुलाई सहयोग उपलव्ध गराउन आवश्यक पर्ने रकम ५ करोड ३० लाख बिपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय भएको प्रवक्ता खरेलले जानकारी दिए ।

त्यस्तै, बैठकले बैदेशीक रोजगार न्यायाधीकरणको सदस्यमा सहन्यायाधीवक्ता घनश्याम ओझालाई तोक्ने निर्णय गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
प्रधानमन्त्री र दुवै सदनका प्रमुखबीच भेटवार्ता

प्रधानमन्त्री र दुवै सदनका प्रमुखबीच भेटवार्ता

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिए ।
प्रवासमा रहेका नेपालीलाई समानुपातिकमा मात्रै मत हाल्ने अधिकार

प्रवासमा रहेका नेपालीलाई समानुपातिकमा मात्रै मत हाल्ने अधिकार

‘प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीमा मताधिकार दिनेबारे गृहकार्य सुरु गरिएको हो,’ प्रवक्ता काफ्लेले सिधाकुरासँग भने, ‘तर, तत्काल समानुपातिकमा मात्रै मताधिकार दिन सकिने अवस्था देखिएको छ । तर यो...
यलुङरी हिमालको हिमपहिरोमा परेर ३ जनाको मृत्युु, ८ बेपत्ता

यलुङरी हिमालको हिमपहिरोमा परेर ३ जनाको मृत्युु, ८ बेपत्ता

आरोहणका लागि गएका १५ विदेशीसहित स्वदेशी पथप्रदर्शकको समूह आज बिहान ९ः०० बजेतिर यलुङरी नजिकै हिमपहिरोमा परेको प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए । उनीहरूको अवस्था अझै एकिन...
सञ्चारमन्त्री खरेल र गणतन्त्र कोरियाका राजदूत योङबीच शिष्टाचार भेट

सञ्चारमन्त्री खरेल र गणतन्त्र कोरियाका राजदूत योङबीच शिष्टाचार भेट

भेटमा सञ्चारमन्त्री  खरेलले नेपाल र दक्षिण कोरियाबीचको सम्बन्ध, नेपालमा दक्षिण कोरियाको सहयोगमा सञ्चालित विकास आयोजनालगायत नेपालमा डाटा सेन्टरको स्थापनामा पुर्‍याएको सहयोगका लागि आभारसमेत व्यक्त गरे ।