नेभिगेशन
समाज

नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षकहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित

काठमाडौँ । सङ्घीय सरकारको गृहमन्त्रीस्तरीय निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायब महानिरीक्षक पदमा पदोन्नति भएका पाँच जना प्रहरी नायब महानिरीक्षक दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् । प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले सोमबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी नायब महानिरीक्षकमा भूपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल र अविनारायण काफ्ले रहेका छन् । समारोहमा प्रहरी महानिरीक्षक खापुङले दर्ज्यानी चिन्हद्वारा सुशोभन भएका प्रहरी अधिकृतलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे । 

Ncell
Extreme Energy

आफ्नो दक्षता, कार्यकुशलता, राष्ट्र, जनता र सङ्गठनप्रति पुर्‍याएको योगदानको उचित मूल्याङ्कनका आधारमा पदोन्नति भएको चर्चा गर्दै उहाँले परम्परागत सोचाइ र शैलीलाई समयानुकूल परिवर्तन गरी आ–आफ्नो स्थानबाट व्यावसायिक, इमानदार एवं कर्तव्यनिष्ठ प्रहरीको छवि बनाउने गरी दृढतापूर्वक काम गर्न प्रहरी अधिकृतलाई निर्देशन दिए ।

प्रहरी महानिरीक्षक खापुङले अहिलेको संवेदनशील घडीमा प्रहरी कमाण्डरको भूमिका केबल प्रशासनिक नेतृत्वमा मात्र सीमित नभई नैतिक, रणनीतिक र प्रेरणादायी हुनुपर्ने उल्लेख गर्दै विगतमा भएका घटनाको विश्लेषण गर्दै अझै परिष्कृत रूपमा उच्च मनोबलका साथ जनसेवा प्रवाह गर्नुपर्ने बताए।

साथै आगामी दिनमा देखापर्नसक्ने चुनौतीलाई मनन गरी सूचना सङ्कलन, विश्लेषण, रणनीतिक समन्वय र प्रभावकारी प्रहरी परिचालनलाई प्राथमिकता दिँदै प्रचलित कानुन कार्यान्वयनमा कुनै पनि सम्झौता नगर्नसमेत उनले उपस्थित प्रहरी कर्मचारीलाई निर्देशन दिए । 

समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतकोतर्फबाट प्रतिबद्धता मन्तव्य व्यक्त गर्दै प्रहरी नायब महानिरीक्षक खत्रीले साङ्गठनिक अपेक्षा, भरोसा र विश्वासलाई कायम राखी सङ्गठनको गौरव र प्रतिष्ठा बढाउने गरी कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतलगायत प्रहरी अधिकृत तथा जवानको उपस्थिति थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
हिउँदमा लोडसेडिङको जोखिम, बिजुली आपूर्ति गर्न के छ सरकारको तयारी ?

हिउँदमा लोडसेडिङको जोखिम, बिजुली आपूर्ति गर्न के छ सरकारको तयारी ?

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले पूर्वाधारहरुको मर्मत सम्भार गरी आन्तरिक उत्पादनलाई प्राथमिकता दिइने र अपुग विद्युत भारतबाट आयात गरी व्यवस्थापन गरिने बताएका छन् । सरकारले...
कांग्रेस केन्द्रीय समिति २९७ सदस्यीय, कुन कोटाबाट कति ?

कांग्रेस केन्द्रीय समिति २९७ सदस्यीय, कुन कोटाबाट कति ?

प्रवक्ता देवराज चालिसेका अनुसार, संशोधित विधानअनुसार केन्द्रीय कार्यसमिति २९७ सदस्यीय रहने छ । जसमा सभापति एक, वरिष्ठ उपसभापति एक तथा उपसभापति चार जना रहने छन् । उपसभापतिमा एक...
५ हजार ७३७ नागरिकलाई लालपुर्जा वितरण, ७ दशकदेखि आश्वासन पाउँदै आएका नागरिकलाई लालपुर्जा दिने वाचा

५ हजार ७३७ नागरिकलाई लालपुर्जा वितरण, ७ दशकदेखि आश्वासन पाउँदै आएका नागरिकलाई लालपुर्जा दिने वाचा

सोमबार प्रधानमन्त्री बालेन्द्र शाहले हालसम्मको प्रगति र सरकारको भावी योजनाबारे प्रस्ट्याएका छन् ।
ऊर्जा मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभारको जिम्मेवारी

ऊर्जा मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभारको जिम्मेवारी

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल विदेश भ्रमणमा रहेकाले उहाँहरूको अनुपस्थितिमा प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री श्रेष्ठलाई दुवै मन्त्रालयको कार्यवाहक जिम्मेवारी तोकेका हुन् ।

भर्खरै