नेभिगेशन
समाज

पाँच दिनदेखि बेपत्ता दुई इटालियन नागरिकको शव फेला

गोरखा । गोरखास्थित पाङबारी हिमालमा विगत पाँच दिनदेखि बेपत्ता दुई इटालियन आरोहीको शव फेला परेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पाङबारी हिमालको पहिलो शिविरमा इटालीका ६७ वर्षीय  स्तेफानो फरिनातो र ३७ वर्षीय अलेस्सान्द्रो गापुटोको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।

Ncell
Extreme Energy

दुवै जनाको शव  हिउँले पुरिएको अवस्थामफेला परेको उनले बताए । आरोहीको शव हेलिकोप्टरमार्फत सामागाउँ ल्याइएको छ । पाङबारी हिमालबाट फर्कने क्रममा तीन इटालियन नागरिक र एक नेपाली सहयोगी गत बुधबारदेखि पहिलो शिविर र आधार शिविरमा अलपत्र परेका थिए ।

फरिनातो र गापुटो  हिमाल आरोहण गर्न नसकेपछि फर्कने क्रममा हिमपातका कारण अलपत्र परेका बताइएको छ । उनीहरुसँगै अलपत्र परेका इटालियन नागरिक ६५ वर्षीय भेल्टर परलिनोको भने गत आइतबार हेलिकोप्टरबाट उद्धार गरिएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए ।

उनको साथमा रहेका नेपाली नागरिक पेम्बा रेञ्जी शेर्पा, दावा छिरी शेर्पा र पासाङ तामाङको पनि सोही दिन हेलिकोप्टरबाट उद्धार गरी उपचारका काठमाडौँ पठाइएको उनले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
शीतलनिवासमा रामचन्द्र, रामवरण र परमानन्दको छलफल

शीतलनिवासमा रामचन्द्र, रामवरण र परमानन्दको छलफल

राष्ट्रपति यादवले सोही विषयमा हिजो साँझ प्रधानमन्त्री बालेन शाहसँग छलफल गरेका थिए ।
आज कहाँ कहाँ छ कर्फ्यु र निषेधाज्ञा ?

आज कहाँ कहाँ छ कर्फ्यु र निषेधाज्ञा ?

आज चार जिल्लाका विभिन्न ठाउँमा कर्फ्यु लागिरहेको छ भने एक जिल्लामा निषेधाज्ञा छ ।
सामाजिक सद्भावमा खलल पुर्‍याएको भन्दै ८ जना पक्राउ

सामाजिक सद्भावमा खलल पुर्‍याएको भन्दै ८ जना पक्राउ

सामाजिक सद्भाव बिथोल्न खोजेको भन्दै प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।