नेभिगेशन
समाज

गैरकानुनी रुपमा कारागार राखिएकी पदममायालाई क्षतिपूर्ति उपलब्ध गराउने सरकारको निर्णय

काठमाडौँ । गैरकानुनीरुपमा कारागार राखिएकी धनकुटाकी पदममाया गुरुङलाई ६ लाख तीनहजार ६ सय क्षतिपूर्ति उपलब्ध गराउने सरकारले निर्णय गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता जगदीश खरेलले सो कुराको जानकारी दिएका हुन । कर्तव्य ज्यान मुद्दा ठहर भएकी धनकुटाकी पदममायालाई प्रहरी र कारागारको लापरबाहीका कारण कानुनले ठहरेको भन्दा ५ वर्ष ६ महिना १० दिन बढी थुनामा बसेकी थिइन । सर्वोच्च अदालतको आदेशबमोजिम पदममाया गुरुङलाई क्षतिपूर्तिबापत ६ लाख तीन हजार ६ सय  रुपैयाँ उपलब्ध गराउने सरकारले निर्णय गरेको  हो ।

Ncell
Extreme Energy

त्यस्तै, स्विट्जरल्याण्डको जेनेभामा हुने नेपालको व्यापार नीतिको तेस्रो समीक्षामा नेपालकातर्फबाट सहभागी हुन वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेलाई स्वीकृति प्रदान गर्ने सरकारले निर्णय गरेको छ ।

स्विट्जरल्याण्डको जेनेभामा मंसिर १ देखि ३ गतेसम्म आयोजना हुने समिक्षा बैठकमा सहभागी हुन सचिव घिमिरेलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले थाइल्याण्डको बैँककमा आयोजना हुने हाइ लेवल समीट अन वाटर सेक्युरिटी एन्ड रेजिलिन्स विषयक कार्यक्रममा सहभागी हुन खानेपानी मन्त्रालयका सचिव प्रमीलादेवी शाक्यलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको उनले बताए ।

छ भने नेपाली सेनाका दश जना प्रमुख सेनानीहरूलाई महासेनानी दर्जामा बढुवा गर्ने पनि निर्णय गरेको प्रवक्ता खरेलले जानकारी दिए । 

त्यस्तै बैठकले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र अन्तर्गत निकायहरूको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने, अर्थ मन्त्रालय र अन्तर्गतका निकायहरूको सङ्गठन संरचना र दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । 

cd-1762253139.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
हिउँदमा लोडसेडिङको जोखिम, बिजुली आपूर्ति गर्न के छ सरकारको तयारी ?

हिउँदमा लोडसेडिङको जोखिम, बिजुली आपूर्ति गर्न के छ सरकारको तयारी ?

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले पूर्वाधारहरुको मर्मत सम्भार गरी आन्तरिक उत्पादनलाई प्राथमिकता दिइने र अपुग विद्युत भारतबाट आयात गरी व्यवस्थापन गरिने बताएका छन् । सरकारले...
कांग्रेस केन्द्रीय समिति २९७ सदस्यीय, कुन कोटाबाट कति ?

कांग्रेस केन्द्रीय समिति २९७ सदस्यीय, कुन कोटाबाट कति ?

प्रवक्ता देवराज चालिसेका अनुसार, संशोधित विधानअनुसार केन्द्रीय कार्यसमिति २९७ सदस्यीय रहने छ । जसमा सभापति एक, वरिष्ठ उपसभापति एक तथा उपसभापति चार जना रहने छन् । उपसभापतिमा एक...
५ हजार ७३७ नागरिकलाई लालपुर्जा वितरण, ७ दशकदेखि आश्वासन पाउँदै आएका नागरिकलाई लालपुर्जा दिने वाचा

५ हजार ७३७ नागरिकलाई लालपुर्जा वितरण, ७ दशकदेखि आश्वासन पाउँदै आएका नागरिकलाई लालपुर्जा दिने वाचा

सोमबार प्रधानमन्त्री बालेन्द्र शाहले हालसम्मको प्रगति र सरकारको भावी योजनाबारे प्रस्ट्याएका छन् ।
ऊर्जा मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभारको जिम्मेवारी

ऊर्जा मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभारको जिम्मेवारी

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल विदेश भ्रमणमा रहेकाले उहाँहरूको अनुपस्थितिमा प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री श्रेष्ठलाई दुवै मन्त्रालयको कार्यवाहक जिम्मेवारी तोकेका हुन् ।

भर्खरै