नेभिगेशन
मुख्य समाचार

जनार्दन शर्माले घोषणा गरे ‘प्रगतिशील अभियान’

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले अन्य दलहरुसँगको एकताप्रति असहमति जनाउदै छुटै प्रगतिशील अभियानको घोषणा गरेका छन् । 

मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै शर्माले माओवादी केन्द्रको एकता प्रक्रियाबाट पूर्ण रुपमा अलग हुँदै प्रगतिशील अभियानको घोषणा गरेका हुन् । उनले आफुहरुको अभियान कुनै पार्टी नभएर, विखण्डित वाम र प्रगतिशील शक्तिहरूलाई एकीकृत समाजवादी आन्दोलनको दिशामा अघि बढाउने वैचारिक र राजनीतिक प्रयास भएको जिकिर गरे । 

City Express

उनले माओवादी आन्दोलनपछि नेपालमा कम्युनिस्ट आन्दोलन दिशाहीन बनेको र नेताहरू सत्ता तथा स्वार्थमा अल्झिँदा क्रान्तिकारी आदर्श कमजोर भएको उल्लेख गरे ।

उनले पार्टी नेतृत्वले नीतिहीनतालाई नै नीति बनाएको टिप्पणी गर्दै उनले क्रान्तिकारी आदर्श र जीवन मूल्यहरू क्षय हुँदै गएकाले नयाँ पुस्तालाई समेट्दै नयाँ समाजवादी आन्दोलन निर्माण गर्नुपर्ने बताए । शर्माले प्रगतिशील अभियान, नेपालले स्वाधीन, सम्पन्न र समानतामूलक समाजवादी राज्य बनाउने लक्ष्य राखेको जानकारी दिए । उनले माओवादीको महाधिवेशन कमिटीले आफ्नो क्षेत्राधिकार भन्दा बाहिर गएर एकताको नाटक गरेको बताए । 

उनले एकताको नाममा महाधिवेशनलाई टार्ने काम फेरी पनि नेतृत्वबाटै भएकाले यसले जनमत प्राप्त गर्न नसक्ने ठोकुवा गरे । प्रचण्डले माओवादी छाडेर माधव नेपालको नीतिमा आत्मसमर्पण गरेको उनको टिप्पणी छ । 

पत्रकार सम्मेलनमा माओवादी नेता राम कार्कीले पार्टी नेतृत्वले गलत निर्णय लिदा आफुहरु त्यसको विपक्षमा उभिनुपरेको बताए । एक थान नयाँ पार्टी मात्रै खोल्ने आफुहरुको योजना नभएको भन्दै उहाले गल्ती स्वीकार गरी अभियान चलाउने बताए । 

उनले अहिलेसम्म पार्टी नेतृत्वलाई सुधार्न नसकेको भन्दै माफी समेत मागे । आफुहरुको अभियानमा एकतावद्ध हुन उनले आग्रह गरे । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलनलाइ सम्बोधन

राष्ट्रपति पौडेलद्वारा दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलनलाइ सम्बोधन

कतारको दोहामा सुरु भएको दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलनलाई मङ्गलबार सम्बोधन गर्दै उनले  सो धारणा व्यक्त गरेको उनको सचिवालयले जनाएको छ । राष्ट्रपति पौडेलले भने, “विकासोन्मुख देशहरूका...
महाधिवेशन सम्बन्धी कांग्रेस केन्द्रीय बैठकमा महामन्त्री र सहमहामन्त्रीबीच फरक प्रस्ताव पेस

महाधिवेशन सम्बन्धी कांग्रेस केन्द्रीय बैठकमा महामन्त्री र सहमहामन्त्रीबीच फरक प्रस्ताव पेस

सहमहामन्त्री पाण्डेले भने, “महाधिवेशन कार्यतालिका सहमति निर्माण हुन सकेन, महाधिवेशनका विषयमा पार्टीमा दुई खालका मतलाई एउटै हुनेगरी साझा धारणा हुन सकेको छैन, पुस १६ गतेदेखि १७ गतेसम्म केन्द्रीय...
कोशी प्रदेश सभाका बैठकहरु कटहरी स्थित फलफूल तथा तरकारी बजार केन्द्रबाट संचालन गरिदैं

कोशी प्रदेश सभाका बैठकहरु कटहरी स्थित फलफूल तथा तरकारी बजार केन्द्रबाट संचालन गरिदैं

जेनजी आन्दोलनका क्रममा आगजनीबाट कोशी प्रदेश सभा भवनध्वस्त भएपछि  फलफूल तथा तरकारी थोक बजार केन्द्रको भवनबाट प्रदेश सभा बैठक सञ्चालन गर्ने तयारी गरिएको हो ।
माओवादी केन्द्रद्वारा पार्टी एकतासम्बन्धी एजेण्डा पारित, बुधबार घोषणा गरिदैं

माओवादी केन्द्रद्वारा पार्टी एकतासम्बन्धी एजेण्डा पारित, बुधबार घोषणा गरिदैं

पार्टीले एकतासम्बन्धी एजेण्डलाई पारित गरेसंगै बुधबार नेकपा एकीकृत समाजवादी लगाएतका दलसंग एकता घोषणा गरिने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

भर्खरै