नेभिगेशन
समाज

जनार्दन शर्माले घोषणा गरे ‘प्रगतिशील अभियान’

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले अन्य दलहरुसँगको एकताप्रति असहमति जनाउदै छुटै प्रगतिशील अभियानको घोषणा गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै शर्माले माओवादी केन्द्रको एकता प्रक्रियाबाट पूर्ण रुपमा अलग हुँदै प्रगतिशील अभियानको घोषणा गरेका हुन् । उनले आफुहरुको अभियान कुनै पार्टी नभएर, विखण्डित वाम र प्रगतिशील शक्तिहरूलाई एकीकृत समाजवादी आन्दोलनको दिशामा अघि बढाउने वैचारिक र राजनीतिक प्रयास भएको जिकिर गरे । 

Ncell
Extreme Energy

उनले माओवादी आन्दोलनपछि नेपालमा कम्युनिस्ट आन्दोलन दिशाहीन बनेको र नेताहरू सत्ता तथा स्वार्थमा अल्झिँदा क्रान्तिकारी आदर्श कमजोर भएको उल्लेख गरे ।

उनले पार्टी नेतृत्वले नीतिहीनतालाई नै नीति बनाएको टिप्पणी गर्दै उनले क्रान्तिकारी आदर्श र जीवन मूल्यहरू क्षय हुँदै गएकाले नयाँ पुस्तालाई समेट्दै नयाँ समाजवादी आन्दोलन निर्माण गर्नुपर्ने बताए । शर्माले प्रगतिशील अभियान, नेपालले स्वाधीन, सम्पन्न र समानतामूलक समाजवादी राज्य बनाउने लक्ष्य राखेको जानकारी दिए । उनले माओवादीको महाधिवेशन कमिटीले आफ्नो क्षेत्राधिकार भन्दा बाहिर गएर एकताको नाटक गरेको बताए । 

उनले एकताको नाममा महाधिवेशनलाई टार्ने काम फेरी पनि नेतृत्वबाटै भएकाले यसले जनमत प्राप्त गर्न नसक्ने ठोकुवा गरे । प्रचण्डले माओवादी छाडेर माधव नेपालको नीतिमा आत्मसमर्पण गरेको उनको टिप्पणी छ । 

पत्रकार सम्मेलनमा माओवादी नेता राम कार्कीले पार्टी नेतृत्वले गलत निर्णय लिदा आफुहरु त्यसको विपक्षमा उभिनुपरेको बताए । एक थान नयाँ पार्टी मात्रै खोल्ने आफुहरुको योजना नभएको भन्दै उहाले गल्ती स्वीकार गरी अभियान चलाउने बताए । 

उनले अहिलेसम्म पार्टी नेतृत्वलाई सुधार्न नसकेको भन्दै माफी समेत मागे । आफुहरुको अभियानमा एकतावद्ध हुन उनले आग्रह गरे । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
हिउँदमा लोडसेडिङको जोखिम, बिजुली आपूर्ति गर्न के छ सरकारको तयारी ?

हिउँदमा लोडसेडिङको जोखिम, बिजुली आपूर्ति गर्न के छ सरकारको तयारी ?

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले पूर्वाधारहरुको मर्मत सम्भार गरी आन्तरिक उत्पादनलाई प्राथमिकता दिइने र अपुग विद्युत भारतबाट आयात गरी व्यवस्थापन गरिने बताएका छन् । सरकारले...
कांग्रेस केन्द्रीय समिति २९७ सदस्यीय, कुन कोटाबाट कति ?

कांग्रेस केन्द्रीय समिति २९७ सदस्यीय, कुन कोटाबाट कति ?

प्रवक्ता देवराज चालिसेका अनुसार, संशोधित विधानअनुसार केन्द्रीय कार्यसमिति २९७ सदस्यीय रहने छ । जसमा सभापति एक, वरिष्ठ उपसभापति एक तथा उपसभापति चार जना रहने छन् । उपसभापतिमा एक...
५ हजार ७३७ नागरिकलाई लालपुर्जा वितरण, ७ दशकदेखि आश्वासन पाउँदै आएका नागरिकलाई लालपुर्जा दिने वाचा

५ हजार ७३७ नागरिकलाई लालपुर्जा वितरण, ७ दशकदेखि आश्वासन पाउँदै आएका नागरिकलाई लालपुर्जा दिने वाचा

सोमबार प्रधानमन्त्री बालेन्द्र शाहले हालसम्मको प्रगति र सरकारको भावी योजनाबारे प्रस्ट्याएका छन् ।
ऊर्जा मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभारको जिम्मेवारी

ऊर्जा मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभारको जिम्मेवारी

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल विदेश भ्रमणमा रहेकाले उहाँहरूको अनुपस्थितिमा प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री श्रेष्ठलाई दुवै मन्त्रालयको कार्यवाहक जिम्मेवारी तोकेका हुन् ।

भर्खरै