नेभिगेशन
समाज

माओवादी केन्द्रद्वारा पार्टी एकतासम्बन्धी एजेण्डा पारित, बुधबार घोषणा गरिदैं

काठमाडौँ । नेकपा माओवादी केन्द्रले बिभिन्न दलसंग पार्टी एकतासम्बन्धी एजेण्डालाई पारित गरेको छ । मंगलबार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा बसेको माओवादी महाधिवेशन आयोजक समितिको बैठकले पार्टी एकतासम्बन्धी एजेण्डालाई पारित गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टीले एकतासम्बन्धी एजेण्डलाई पारित गरेसंगै बुधबार नेकपा एकीकृत समाजवादी लगाएतका दलसंग एकता घोषणा गरिने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

Ncell
Extreme Energy

एकता घोषणासभाबाट घोषणापत्र, अन्तरिम विधान पारितका साथै केन्द्रीय समिति गठन गरिने उनले बताए । त्यस्तै आगामी ६ महिनाभित्र एकता महाधिवेशन गरिने उनको भनाइ छ ।

संघीय लोकतान्त्रीक गणतन्त्र, राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै मुलुकलाई सुशासन र सामाजिक न्यायसहित मुलुकको रुपान्तरण गर्न बृहत कम्युनिष्ट एकताको आवश्यकता देखिएकाले कम्युनिष्टपार्टीबीच एकता गर्न लागिएको उनले बताए ।

उनले पार्टीको सिद्धान्त माक्र्सवाद लेलिनवाद  र कार्यक्रम नेपाली विशेषताको बैज्ञानिक समाजवाद हुने जानकारी दिए । एकीकृत पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी रहने र एकीकृत पार्टीले जनताको चाहाना अनुसार काम गर्ने र सोही अनुसारको नीति कार्यक्रम बनाउने उनले बताए ।

महाधिवेशन आयोजक समितिको बैठकमा सम्बोधन गर्दै प्रचण्डले पार्टीमा फर्कन र संगै अघि बढ्न जनार्दन शर्मालाई आग्रह गरिएको प्रवक्ता सापकोटाले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
हिउँदमा लोडसेडिङको जोखिम, बिजुली आपूर्ति गर्न के छ सरकारको तयारी ?

हिउँदमा लोडसेडिङको जोखिम, बिजुली आपूर्ति गर्न के छ सरकारको तयारी ?

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले पूर्वाधारहरुको मर्मत सम्भार गरी आन्तरिक उत्पादनलाई प्राथमिकता दिइने र अपुग विद्युत भारतबाट आयात गरी व्यवस्थापन गरिने बताएका छन् । सरकारले...
कांग्रेस केन्द्रीय समिति २९७ सदस्यीय, कुन कोटाबाट कति ?

कांग्रेस केन्द्रीय समिति २९७ सदस्यीय, कुन कोटाबाट कति ?

प्रवक्ता देवराज चालिसेका अनुसार, संशोधित विधानअनुसार केन्द्रीय कार्यसमिति २९७ सदस्यीय रहने छ । जसमा सभापति एक, वरिष्ठ उपसभापति एक तथा उपसभापति चार जना रहने छन् । उपसभापतिमा एक...
५ हजार ७३७ नागरिकलाई लालपुर्जा वितरण, ७ दशकदेखि आश्वासन पाउँदै आएका नागरिकलाई लालपुर्जा दिने वाचा

५ हजार ७३७ नागरिकलाई लालपुर्जा वितरण, ७ दशकदेखि आश्वासन पाउँदै आएका नागरिकलाई लालपुर्जा दिने वाचा

सोमबार प्रधानमन्त्री बालेन्द्र शाहले हालसम्मको प्रगति र सरकारको भावी योजनाबारे प्रस्ट्याएका छन् ।
ऊर्जा मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभारको जिम्मेवारी

ऊर्जा मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभारको जिम्मेवारी

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल विदेश भ्रमणमा रहेकाले उहाँहरूको अनुपस्थितिमा प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री श्रेष्ठलाई दुवै मन्त्रालयको कार्यवाहक जिम्मेवारी तोकेका हुन् ।

भर्खरै