नेभिगेशन
मुख्य समाचार

माओवादी केन्द्रद्वारा पार्टी एकतासम्बन्धी एजेण्डा पारित, बुधबार घोषणा गरिदैं

काठमाडौँ । नेकपा माओवादी केन्द्रले बिभिन्न दलसंग पार्टी एकतासम्बन्धी एजेण्डालाई पारित गरेको छ । मंगलबार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा बसेको माओवादी महाधिवेशन आयोजक समितिको बैठकले पार्टी एकतासम्बन्धी एजेण्डालाई पारित गरेको हो ।

पार्टीले एकतासम्बन्धी एजेण्डलाई पारित गरेसंगै बुधबार नेकपा एकीकृत समाजवादी लगाएतका दलसंग एकता घोषणा गरिने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

City Express

एकता घोषणासभाबाट घोषणापत्र, अन्तरिम विधान पारितका साथै केन्द्रीय समिति गठन गरिने उनले बताए । त्यस्तै आगामी ६ महिनाभित्र एकता महाधिवेशन गरिने उनको भनाइ छ ।

संघीय लोकतान्त्रीक गणतन्त्र, राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै मुलुकलाई सुशासन र सामाजिक न्यायसहित मुलुकको रुपान्तरण गर्न बृहत कम्युनिष्ट एकताको आवश्यकता देखिएकाले कम्युनिष्टपार्टीबीच एकता गर्न लागिएको उनले बताए ।

उनले पार्टीको सिद्धान्त माक्र्सवाद लेलिनवाद  र कार्यक्रम नेपाली विशेषताको बैज्ञानिक समाजवाद हुने जानकारी दिए । एकीकृत पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी रहने र एकीकृत पार्टीले जनताको चाहाना अनुसार काम गर्ने र सोही अनुसारको नीति कार्यक्रम बनाउने उनले बताए ।

महाधिवेशन आयोजक समितिको बैठकमा सम्बोधन गर्दै प्रचण्डले पार्टीमा फर्कन र संगै अघि बढ्न जनार्दन शर्मालाई आग्रह गरिएको प्रवक्ता सापकोटाले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलनलाइ सम्बोधन

राष्ट्रपति पौडेलद्वारा दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलनलाइ सम्बोधन

कतारको दोहामा सुरु भएको दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलनलाई मङ्गलबार सम्बोधन गर्दै उनले  सो धारणा व्यक्त गरेको उनको सचिवालयले जनाएको छ । राष्ट्रपति पौडेलले भने, “विकासोन्मुख देशहरूका...
महाधिवेशन सम्बन्धी कांग्रेस केन्द्रीय बैठकमा महामन्त्री र सहमहामन्त्रीबीच फरक प्रस्ताव पेस

महाधिवेशन सम्बन्धी कांग्रेस केन्द्रीय बैठकमा महामन्त्री र सहमहामन्त्रीबीच फरक प्रस्ताव पेस

सहमहामन्त्री पाण्डेले भने, “महाधिवेशन कार्यतालिका सहमति निर्माण हुन सकेन, महाधिवेशनका विषयमा पार्टीमा दुई खालका मतलाई एउटै हुनेगरी साझा धारणा हुन सकेको छैन, पुस १६ गतेदेखि १७ गतेसम्म केन्द्रीय...
कोशी प्रदेश सभाका बैठकहरु कटहरी स्थित फलफूल तथा तरकारी बजार केन्द्रबाट संचालन गरिदैं

कोशी प्रदेश सभाका बैठकहरु कटहरी स्थित फलफूल तथा तरकारी बजार केन्द्रबाट संचालन गरिदैं

जेनजी आन्दोलनका क्रममा आगजनीबाट कोशी प्रदेश सभा भवनध्वस्त भएपछि  फलफूल तथा तरकारी थोक बजार केन्द्रको भवनबाट प्रदेश सभा बैठक सञ्चालन गर्ने तयारी गरिएको हो ।
जनार्दन शर्माले घोषणा गरे ‘प्रगतिशील अभियान’

जनार्दन शर्माले घोषणा गरे ‘प्रगतिशील अभियान’

मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै शर्माले माओवादी केन्द्रको एकता प्रक्रियाबाट पूर्ण रुपमा अलग हुँदै प्रगतिशील अभियानको घोषणा गरेका हुन् । उनले आफुहरुको अभियान कुनै पार्टी नभएर, विखण्डित वाम...

भर्खरै