नेभिगेशन
समाज

कोशी प्रदेश सभाका बैठकहरु कटहरी स्थित फलफूल तथा तरकारी बजार केन्द्रबाट संचालन गरिदैं

काठमाडौँ । कोशी प्रदेश सभाको बैठक मोरङको कटहरी गाउँपालिका–१ स्थित फलफूल तथा तरकारी थोक बजार केन्द्रबाट सञ्चालन हुने भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जेनजी आन्दोलनका क्रममा आगजनीबाट कोशी प्रदेश सभा भवनध्वस्त भएपछि  फलफूल तथा तरकारी थोक बजार केन्द्रको भवनबाट प्रदेश सभा बैठक सञ्चालन गर्ने तयारी गरिएको हो ।

Ncell
Extreme Energy

बैठकका लागि स्थान अभाव भइरहेकै बेला कटहरी गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेको फलफूल तथा तरकारी थोक बजारको एक भवन र एउटा हल प्रदेश सरकारलाई हस्तान्तरण गरेको गाउँपालिका अध्यक्ष देवराज चौधरीले जानकारी दिए ।

अध्यक्ष चौधरीले भवन र हल हस्तान्तरणसँगै सरसफाइ तथा कार्यालय निर्माणको काम सुरु भइसकेको बताए । उनले केन्द्रमा रहेका सामानहरुको सुरक्षा भने हुनुपर्ने बताए ।

तत्कालका लागि सभामुख, उपसभामुख र सचिवालयको कार्यालय स्थापना गरिने कोशी प्रदेश सभा सचिवालयले जनाएको छ । हाल निर्माण कार्य तीव्र रूपमा भइरहेको र हल निर्माण सम्पन्न भएपछि प्रदेश सभा बैठकसहितका सम्पूर्ण गतिविधि नियमित रूपमा सञ्चालन गरिने सचिवालयले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्रीसँगको छलफलपछि मधेश केन्द्रित दलका नेताहरु आशावादी

प्रधानमन्त्रीसँगको छलफलपछि मधेश केन्द्रित दलका नेताहरु आशावादी

प्रधानमन्त्री बालेन शाहसँगको छलफलपछि मधेशकेन्द्रित दलका नेताहरु जारी अशान्ति छिट्टै अन्त्य हुने र फेरि यस्तो अशान्ति नदोहोरिनेमा आशावादी देखिएका हुन् ।
रवि लामिछानेलाई साक्षी राखेर मिल्यो धार्मिक अगुवाहरुको हात

रवि लामिछानेलाई साक्षी राखेर मिल्यो धार्मिक अगुवाहरुको हात

हिन्दु र मुस्लिम धर्मका अगुवाहरुले कुनै पनि अवस्थामा द्वन्द्व चर्किन नदिने र जारी तनावलाई तत्काल कम गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
राष्ट्रपतिले सानेपा पुगेर दिए गोपालमानलाई श्रद्धाञ्जली

राष्ट्रपतिले सानेपा पुगेर दिए गोपालमानलाई श्रद्धाञ्जली

राष्ट्रपति पौडेल आज प्रथम महिला सविता पौडेलसहित श्रेष्ठको सानेपास्थित निवासमा पुगेर दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ

नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ

नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन्।