नेभिगेशन
समाज

पार्टी छोड्दैं झाँक्रीले भनिन्, ‘भयानकै चल्छ भनेको अभियान समाप्त भयो’

काठमाडौँ । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले सो पार्टीसंगको राजनीतिक यात्रा समाप्त भएको घोषणा गरेकी छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै झाँक्रीले माओवादीसंग एकता गरेसंगै एकीकृत समाजवादी बिघटन भएको उल्लेख गर्दै अव सो पार्टीसंगको राजनीतिक यात्रा समाप्त भएको घोषणा गरेकी हुन ।

Ncell
Extreme Energy

प्रारम्भका दिनहरुमा भयानकै अभियान चल्छ होला भन्ने विश्वासले नयाँ अभियानमा जोडिएपनि त्यो अभियान एक हिसाबले समाप्त भएको र आफुहरुको अध्याय टुंगिएको उनले बताइन ।

झाँक्रीले अहिले आफुहरु पार्टीबिहीन बनेको र पजको अवस्थामा रहेको जिकिर गरेकी छन् । अहिलेको एकता प्रक्रियाले वृहत्तर वामपन्थी एकता र प्रगतिशील आन्दोलनलाई कमजोर पार्ने निश्चित रहेको उनले बताइन ।

उनले फरक–फरक बिचार राख्ने दलहरु एकैठाउँ आउदा दल कमजोर हुन्छ भन्ने कुरा नेकपा एकतामा नै भोगेको उल्लेख गरिन । त्यस्तै एकीकृत समाजवादीका नेता किसान श्रेष्ठले आफूहरु निःसर्तरुपमा मूलघर फर्किन लागेको बताइन ।

जीवन अर्पण गरेको पार्टी एमाले भएकाले एमालेमा प्रवेश नभइ घर फर्कने अभियानमा जुटेको उनले बताइन । उनले एमालेबाट विद्रोह गरेको कुरालाई भुलेर घरमा नै स–सम्मान फर्कने वातावरण बनाइदिन एमाले नेतृत्वलाई आग्रह समेत गरेकी छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस केन्द्रीय समिति २९७ सदस्यीय, कुन कोटाबाट कति ?

कांग्रेस केन्द्रीय समिति २९७ सदस्यीय, कुन कोटाबाट कति ?

प्रवक्ता देवराज चालिसेका अनुसार, संशोधित विधानअनुसार केन्द्रीय कार्यसमिति २९७ सदस्यीय रहने छ । जसमा सभापति एक, वरिष्ठ उपसभापति एक तथा उपसभापति चार जना रहने छन् । उपसभापतिमा एक...
५ हजार ७३७ नागरिकलाई लालपुर्जा वितरण, ७ दशकदेखि आश्वासन पाउँदै आएका नागरिकलाई लालपुर्जा दिने वाचा

५ हजार ७३७ नागरिकलाई लालपुर्जा वितरण, ७ दशकदेखि आश्वासन पाउँदै आएका नागरिकलाई लालपुर्जा दिने वाचा

सोमबार प्रधानमन्त्री बालेन्द्र शाहले हालसम्मको प्रगति र सरकारको भावी योजनाबारे प्रस्ट्याएका छन् ।
ऊर्जा मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभारको जिम्मेवारी

ऊर्जा मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभारको जिम्मेवारी

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल विदेश भ्रमणमा रहेकाले उहाँहरूको अनुपस्थितिमा प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री श्रेष्ठलाई दुवै मन्त्रालयको कार्यवाहक जिम्मेवारी तोकेका हुन् ।
एकदिवसीय मान्यता जोगाउने चुनौतीमा नेपाली क्रिकेट

एकदिवसीय मान्यता जोगाउने चुनौतीमा नेपाली क्रिकेट

आसन्न विश्वकप लिग–२ श्रृङ्खलामा नेपालले २५ र ३१ गते क्यानडा तथा असोज २७ र कात्तिक २ गते ओमान विरुद्ध खेल्ने तालिका छ ।

भर्खरै