नेभिगेशन
मुख्य समाचार

पार्टी छोड्दैं झाँक्रीले भनिन्, ‘भयानकै चल्छ भनेको अभियान समाप्त भयो’

काठमाडौँ । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले सो पार्टीसंगको राजनीतिक यात्रा समाप्त भएको घोषणा गरेकी छन् ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै झाँक्रीले माओवादीसंग एकता गरेसंगै एकीकृत समाजवादी बिघटन भएको उल्लेख गर्दै अव सो पार्टीसंगको राजनीतिक यात्रा समाप्त भएको घोषणा गरेकी हुन ।

City Express

प्रारम्भका दिनहरुमा भयानकै अभियान चल्छ होला भन्ने विश्वासले नयाँ अभियानमा जोडिएपनि त्यो अभियान एक हिसाबले समाप्त भएको र आफुहरुको अध्याय टुंगिएको उनले बताइन ।

झाँक्रीले अहिले आफुहरु पार्टीबिहीन बनेको र पजको अवस्थामा रहेको जिकिर गरेकी छन् । अहिलेको एकता प्रक्रियाले वृहत्तर वामपन्थी एकता र प्रगतिशील आन्दोलनलाई कमजोर पार्ने निश्चित रहेको उनले बताइन ।

उनले फरक–फरक बिचार राख्ने दलहरु एकैठाउँ आउदा दल कमजोर हुन्छ भन्ने कुरा नेकपा एकतामा नै भोगेको उल्लेख गरिन । त्यस्तै एकीकृत समाजवादीका नेता किसान श्रेष्ठले आफूहरु निःसर्तरुपमा मूलघर फर्किन लागेको बताइन ।

जीवन अर्पण गरेको पार्टी एमाले भएकाले एमालेमा प्रवेश नभइ घर फर्कने अभियानमा जुटेको उनले बताइन । उनले एमालेबाट विद्रोह गरेको कुरालाई भुलेर घरमा नै स–सम्मान फर्कने वातावरण बनाइदिन एमाले नेतृत्वलाई आग्रह समेत गरेकी छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
ओरालो लाग्दै गरेकाहरुको एकताले निकास दिदैनः महासचिव भुसाल

ओरालो लाग्दै गरेकाहरुको एकताले निकास दिदैनः महासचिव भुसाल

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भुसालले पार्टी नेतृत्वकै कारणले कम्युनिष्ट आन्दोनल तिब्र अराजनीतिकरणका साथै दक्षिणपन्थी र अवसरवादी बन्दै गएको भन्दै अहिले एकताप्रक्रियामा समाहित हुन नसकिने समेत स्पष्ट पारेका...
गोँगबु बसपार्कमा निःशुल्क इन्टरनेट सेवा शुभारम्भ

गोँगबु बसपार्कमा निःशुल्क इन्टरनेट सेवा शुभारम्भ

काठमाडौँ उपत्यकाको महत्वपूर्ण सार्वजनिक स्थालहरूमा निःशुल्क वाइफाइको पहुँच पुर्याउने निर्णयसहित गत असोज ६ गते पदबहाली गरेका सञ्चारमन्त्री खरेलले बुधबार नयाँबसपार्क पगी सेवा शुभारम्भ गरेका हुन ।
जेनजी आन्दोलन जाँचबुझ आयोगमा बयान दिन रवि लामिछानेलाई सिंहदरवार ल्याइयो (तस्बिरहरु)

जेनजी आन्दोलन जाँचबुझ आयोगमा बयान दिन रवि लामिछानेलाई सिंहदरवार ल्याइयो (तस्बिरहरु)

आइतबार आयोगको टोलीले नख्खु कारागार अनुगमन गरेको थियो । सो क्रममा पनि आयोगका पदाधीकारीसँग रविको कुराकानी भएको थियो। सोही  दिन स्थलगत निरिक्षणपछि आयोगले नख्खुका जेलर सत्यराज जोशीसँग बयान...
टिपर दुर्घटनामा एक जनाको मृत्यु

टिपर दुर्घटनामा एक जनाको मृत्यु

बा५ ख ४०७२ नम्बरको टिपर हेलम्बु राजमार्गको सडकबाट ६० मिटर तल खसेर दुर्घटना हुँदा २८ वर्षीय चालक किसिम राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।