नेभिगेशन
मुख्य समाचार

नेपाली कम्युनिष्ट पार्टीले जनभावनालाई सम्बोधन गर्नेः नेता खनाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले कम्युनिष्ट पार्टीबीचको एकता अहिलेको आवश्यकता भएको धारणा व्यक्त गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र एकीकृत समाजवादीसहित विभिन्न १० वामपन्थी पार्टीबीचको एकता राष्ट्रिय सम्मेलनलाई बुधबार सम्बोधन गर्दै उनले भने, “कम्युनिष्ट पार्टीलाई एकताबद्ध बनाउँन चाहन्छौँ, पहिलेको परिस्थितिमा वामपन्थीहरूको एकता र सिङ्गो राष्ट्रको एकता हो र यो आजको आवश्यकता पनि हो ।”

City Express

एकीकृत समाजवादीको तर्फबाट धारणा राख्दै नेता खनालले जनतामा भएको परिवर्तनको भावनालाई कसैले रोक्न नसक्ने बताए । नेपाली कम्युनिष्ट पार्टीले जनभावनालाई सम्बोधन गर्ने उनले विश्वास व्यक्त गरे । उनले भने, “आज नयाँ अवस्थामा पार्टीलाई एकतामा रुपान्तरण गरेका छौँ, तत्कालीन अवस्थामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनायौँ, तर किन जोगाउन सकेनौँ रु गम्भीर आत्मसमीक्षा गर्नुपर्छ”, ।

नेता खनालले गल्ती कमजोरी स्वीकार गरेर एकता प्रकियामा आउन सबैमा आह्वान गरेका छन् । कम्युनिष्ट आन्दोलनभित्र देखिएका अन्तरविरोधलाई समाधान गरेर वैज्ञानिक समाजवादको यात्रामा अघि बढ्नुपर्ने उनको भनाइ छ । उनले नवगठित पार्टीमा ५० प्रतिशत युवा प्रतिनिधित्व गराउनुपर्नेमा जोड दिए ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले पार्टी एकताबाट लोकतन्त्र बलियो भएको उल्लेख गर्दै यसका माध्यमबाट देश र जनताको भविष्य उज्वल बन्ने विश्वा व्यक्त गरे । जेनजी प्रदर्शनपछिको राजनीतिक सङ्क्रमणलाई पार गराउन माओवादी केन्द्रका संयोजक दाहाल र एकीकृत समाजवादीका अध्यक्ष नेपालको नेतृत्वदायी भूमिका रहेको उनले बताए ।

नेपाल समाजवादी पार्टीका तर्फबाट धारणा राख्दै अध्यक्ष यादवले यही नेतृत्वले मुलुकको आर्थिक र सामाजिक रुपान्तरणको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने उल्लेख गरेका थिए । नेकपा समाजवादीका नेता राजु कार्की, नेपाल कम्युनिष्ट पार्टीका महासचिव चिरन पुनलगायत नेताले समाजवादी क्रान्ति पूरा गर्ने अठोटका साथ नेपाली कम्युनिष्ट पार्टी गठन भएको भन्दै सो पार्टीले समाजवादी आन्दोलनको अभिभारा पूरा गर्ने विश्वास दिलाए ।

सो अवसरमा माओवादी केन्द्रका राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्य देवप्रसाद गुरुङले नवगठित पार्टीको अन्तरिम विधान र घोषणापत्र तथा १८ बुँदे एकताको आधार प्रस्तुत गरेका थिए । उनले सम्मेलनपश्चात् बन्ने केन्द्रीय समितिबाट गठन हुने कार्यदलले राजनीतिक दस्तावेज तयार गर्ने जानकारी दिए । एकीकृत समाजवादीका उपाध्यक्ष डा बेदुराम भुसालले अन्तरिम विधानका विविध विषयबारे प्रकाश पारेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सार्वजनिक स्थल र दुर्गम क्षेत्रमा निःशुल्क वाइफाइ अभियानकै रूपमा अगाडि बढाइन्छः सञ्चारमन्त्री खरेल

सार्वजनिक स्थल र दुर्गम क्षेत्रमा निःशुल्क वाइफाइ अभियानकै रूपमा अगाडि बढाइन्छः सञ्चारमन्त्री खरेल

काठमाडौँका महत्त्वपूर्ण सार्वजनिक स्थानमा उपलब्ध गराइएको निःशुल्क वाइफाइ इन्टरनेट सेवाको बुधबार स्थलगत निरीक्षण गर्दै उनले सङ्घीय राजधानी काठमाडौँका संवेदनशील र महत्त्वपूर्ण सार्वजनिक स्थलका साथै काठमाडौँ बाहिरका ग्रामीण क्षेत्रमा...
आन्दोलन नै देशको स्थिरता र विकासको बाधकः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

आन्दोलन नै देशको स्थिरता र विकासको बाधकः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

राष्ट्रिय एकताका लागि नागरिक पहलले आज ललितपुरमा आयोजना गरेको ‘राष्ट्रहित सर्वोपरी–२०८२’ कार्यक्रममा उहाँले हरेक आन्दोलनबाट व्यवस्था परिवर्तन हुने भए पनि जनताको अवस्थामा परिवर्तन हुन नसक्दा सधैँभरी असन्तुष्टि पैदा...
महाधिवेशन सम्बन्धमा काँग्रेस नेताहरुबीच आ–आफ्नै अडान, बिहीबार बस्ने गरी बैठक स्थगित

महाधिवेशन सम्बन्धमा काँग्रेस नेताहरुबीच आ–आफ्नै अडान, बिहीबार बस्ने गरी बैठक स्थगित

बुधबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा संस्थापन पक्ष नेताहरुले प्रतिनिधिसभा निर्वाचनपछि महाधिवेशन गर्नुपर्ने धारणा राखेका छन् भने संस्थापनइतर समूहका नेताहरुले निर्वाचन अघि नै महाधिवेशन गर्नुपर्ने धारणा राखेका छन्...
नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा दाहाल, सहसंयोजकमा नेपाल चयन

नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा दाहाल, सहसंयोजकमा नेपाल चयन

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सहित १० दल एकता भएर बनेको नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन भएका छन् ।

भर्खरै