नेभिगेशन
मुख्य समाचार

नेपाली राजनीतिमा इमान्दारिताको अभाव छ, आफ्नो व्यवहारबाट जनताको मन जित्नुपर्छ : माधव नेपाल

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले नवगठित पार्टी नेपालको कम्युनिस्ट आन्दोलनको मूल प्रवाह र जनताको आशा र भरोसाको केन्द्र बनेको बताएका छन् । 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र एकीकृत समाजवादीसहित विभिन्न १० वामपन्थी पार्टीबीचको एकता राष्ट्रिय सम्मेलनलाई आज सम्बोधन गर्दै उहाँले जनताको मन र विश्वास जित्ने तथा देशको समस्या समाधान गर्न यो पार्टी अघि बढ्ने बताए । 

City Express

सहसंयोजक नेपालले भने, “आज हामीले एतिहासिक काम सम्पन्न र एतिहासिक सुरुवात गरेको छौँ । यसले सिङ्गो नेपाली राजनीतिमा तरङ्ग पैदा गर्नेछ । नेपाली जनताको आशा र भरोसाको केन्द्र बन्नेछ ।” मुलुक अहिले असाधारण परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै उनले मुलुकका समस्या समाधान गर्न अन्य वामपन्थी शक्तिलाई एकतामा आउन आह्वान गरे । 

“ढिला नगर्नुस्, जनताको भावना र समयको महत्त्व बुझ्नुस्, आउनुहोस्, एकताबद्ध भएर अघि बढ्ने निर्णय गरौँ,” सहसंयोजक नेपालले भने । 

कम्युनिष्ट पार्टीको अगुवाइमा पञ्चायत र राजतन्त्र अन्य गरिएको, जनप्रतिनिधिबाट संविधान बनाइएको उल्लेख गर्दै उनले कम्युनिस्ट पार्टीको उपादेयता नसकिएको जिकिर गरे । “नेपाली राजनीतिमा इमान्दारिताको अभाव छ, आफ्नो व्यवहारबाट जनताको मन जित्नुपर्छ”, उनले भने, “मुलुक र जनताले भोग्नु परेको समस्या हल गर्न ध्यान केन्द्रित गर्नुपर्छ ।”

अब कमीकमजोरी स्वीकार्दै जनतामा नयाँ आशा, विश्वास र सङ्कल्प जगाउन सक्नुपर्नेमा जोड दिँदै सहसंयोजक नेपालले त्यसदिशामा नेपाली कम्युनिस्ट पार्टी सफल हुने बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
साढे ७ घण्टापछि सकियो रवि लामिछानेको बयान

साढे ७ घण्टापछि सकियो रवि लामिछानेको बयान

बयानका लागि लामिछानेलाई आज दिउँसो १ बजे नख्खु कारागारबाट सिंहदरवारस्थित आयोगको कार्यालय लगिएको थियो । आयोगले उनीसँग करिब साढे ७ घण्टा बयान लिएको छ ।
आफुहरुको पार्टीलाई एक नम्वरको पार्टी बन्न कसैले रोक्न नसक्ने प्रचण्डको दावी

आफुहरुको पार्टीलाई एक नम्वरको पार्टी बन्न कसैले रोक्न नसक्ने प्रचण्डको दावी

बुधबार काठमाडौंको भृकुटिमण्डपमा आयोजित पार्टी एकता राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले कम्युनिस्ट इतिहासमा १० घटकको एकता भएको दिन अभूतपूर्व, ऐतिहासिक र असाधारण हुने भन्दै एक नम्वरको पार्टी बन्न...
सार्वजनिक स्थल र दुर्गम क्षेत्रमा निःशुल्क वाइफाइ अभियानकै रूपमा अगाडि बढाइन्छः सञ्चारमन्त्री खरेल

सार्वजनिक स्थल र दुर्गम क्षेत्रमा निःशुल्क वाइफाइ अभियानकै रूपमा अगाडि बढाइन्छः सञ्चारमन्त्री खरेल

काठमाडौँका महत्त्वपूर्ण सार्वजनिक स्थानमा उपलब्ध गराइएको निःशुल्क वाइफाइ इन्टरनेट सेवाको बुधबार स्थलगत निरीक्षण गर्दै उनले सङ्घीय राजधानी काठमाडौँका संवेदनशील र महत्त्वपूर्ण सार्वजनिक स्थलका साथै काठमाडौँ बाहिरका ग्रामीण क्षेत्रमा...
आन्दोलन नै देशको स्थिरता र विकासको बाधकः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

आन्दोलन नै देशको स्थिरता र विकासको बाधकः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

राष्ट्रिय एकताका लागि नागरिक पहलले आज ललितपुरमा आयोजना गरेको ‘राष्ट्रहित सर्वोपरी–२०८२’ कार्यक्रममा उहाँले हरेक आन्दोलनबाट व्यवस्था परिवर्तन हुने भए पनि जनताको अवस्थामा परिवर्तन हुन नसक्दा सधैँभरी असन्तुष्टि पैदा...

भर्खरै