नेभिगेशन
समाज

नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा दाहाल, सहसंयोजकमा नेपाल चयन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सहित १० दल एकता भएर बनेको नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन भएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज आयोजित एकता राष्ट्रिय सम्मेलनबाट माधवकुमार नेपाल सहसंयोजक चयन भए । सम्मेलनमा अध्यक्ष मण्डलका सदस्य महिन्द्र राय यादवले नवगठित पार्टीको संयोजकमा दाहाल र सहसंयोजकका रूपमा नेपालको नाम प्रस्ताव गरेका थिए । 

Ncell
Extreme Energy

उक्त प्रस्तावलाई सम्मेलनले सर्वसम्मत रूपमा अनुमोदन गरेको हो । त्यसक्रममा नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता वामदेव गौतमले सिद्धान्त र व्यवहार फरक हुँदा वामपन्थी शक्तिभित्र समस्या सिर्जना हुने गरेको टिप्पणी गर्दै तत्काल समाजवादी कार्यक्रम लागू गर्नुपर्ने बताए । 

“यो पार्टी सबैभन्दा ठूलो संरचना बोकेर तथा बलिदान गरेर आएको पार्टी हो, यो पार्टीले नै समाजवादी कार्यक्रम अघि बढाउन सक्छ”, उनले भने । 

सो पार्टीका नेता नारायणकाजी श्रेष्ठले नेपाली विशेषता सहितको वैज्ञानिक समाजवादको लक्ष्य पूरा गर्न नेकपा दृढतापूर्वक अघि बढ्ने बताए । पार्टी नेतृ पम्फा भुसालले एकीकृत पार्टी नेपालको वामपन्थी आन्दोलनको मूल धारा रहेको उल्लेख गर्दै नयाँ पार्टीले समाजवादी क्रान्तिको कार्यभार पूरा गर्ने विश्वास व्यक्त गरिन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एकदिवसीय मान्यता जोगाउने चुनौतीमा नेपाली क्रिकेट

एकदिवसीय मान्यता जोगाउने चुनौतीमा नेपाली क्रिकेट

आसन्न विश्वकप लिग–२ श्रृङ्खलामा नेपालले २५ र ३१ गते क्यानडा तथा असोज २७ र कात्तिक २ गते ओमान विरुद्ध खेल्ने तालिका छ ।
कांग्रेसका १५ संकल्पः अब यी काम कहिल्यै गर्दैनौं (उपसभापति शर्माको प्रतिवेदनसहित)

कांग्रेसका १५ संकल्पः अब यी काम कहिल्यै गर्दैनौं (उपसभापति शर्माको प्रतिवेदनसहित)

नेपाली कांग्रेसले महाधिवेशनमार्फत १५ प्रतिबद्धता सार्वजनिक गरेको छ ।
यी हुन् मन्त्रिपरिषद बैठकले गरेका ५ निर्णयहरु

यी हुन् मन्त्रिपरिषद बैठकले गरेका ५ निर्णयहरु

सरकारले जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने नसकिने सम्बन्धमा छानबिन गरी सिफारिस गर्न पूर्वन्यायाधीश श्री बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले पेश गरेको प्रतिवेदन...
विपद्पछिको पुनःनिर्माण र पुनःस्थापनाका लागि ५ खर्ब ५९ अर्ब स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णय

विपद्पछिको पुनःनिर्माण र पुनःस्थापनाका लागि ५ खर्ब ५९ अर्ब स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णय

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकले विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना...