नेभिगेशन
समाज

सार्वजनिक स्थल र दुर्गम क्षेत्रमा निःशुल्क वाइफाइ अभियानकै रूपमा अगाडि बढाइन्छः सञ्चारमन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशका महत्त्वपूर्ण सार्वजनिक स्थलमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा विस्तारका लागि सरकार प्रतिबद्धताका साथ लागिपरेको बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँका महत्त्वपूर्ण सार्वजनिक स्थानमा उपलब्ध गराइएको निःशुल्क वाइफाइ इन्टरनेट सेवाको बुधबार स्थलगत निरीक्षण गर्दै उनले सङ्घीय राजधानी काठमाडौँका संवेदनशील र महत्त्वपूर्ण सार्वजनिक स्थलका साथै काठमाडौँ बाहिरका ग्रामीण क्षेत्रमा इन्टरनेटको पहुँच विस्तारका लागि अभियानकै रूपमा निरन्तर काम गरिने प्रतिबद्धता व्यक्त गरेका हुन ।

Ncell
Extreme Energy

मन्त्री खरेलले १९ वटा सार्वजनिक स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट पुर्‍याउन सफल भएको बताउँदै अब दुर्गम क्षेत्रका महत्त्वपूर्ण सार्वजनिक स्थलमा निःशुल्क वाइफाइ इन्टरनेटको पहुँच विस्तार गरिने बताए ।

उनले भने, “काठमाडौँको १९ महत्त्वपूर्ण सार्वजनिक र संवेदनशील क्षेत्रमा निःशुल्क इन्टरनेट विस्तार गर्‍यौँ । यसलगत्तै हाम्रो अभियान मुलुकको इन्टरनेट पहुँचका हिसाबले अत्यन्तै दुर्गम मानिएका सोलुखुम्बु, रामेछाप, रौतहट, गुल्मी, म्याग्दी, जुम्ला, बैतडीलगायत जिल्लाका महत्त्वपूर्ण सार्वजनिक स्थलमा निःशुल्क वाइफाइ इन्टरनेट पुर्‍याउने लक्ष्यअनुरूप काम अगाडि बढाइएको छ ।”

सेवा विस्तारका लागि नियामक नेपाल दूरसञ्चार प्राधिकरण लागिपरेको छ । यसका साथै देशका अन्य महत्त्वपूर्ण सहर ‘जहाँ जहाँ निःशुल्क वाइफाइ आवश्यक पर्छ’ त्यहाँ क्रमशः विस्तार गर्दै जाने योजना बनाइएको छ ।

प्राधिकरणको अग्रसरतामा नेपाल टेलिकम, निजी क्षेत्रका एनसेल, वल्र्डलिङ्क, भायोनेटलगायत कम्पनीसँग समन्वय र सहकार्यका साथै समुदायको समेत साझेदारीमा यसलाई अगाडि बढाइनेछ ।सञ्चारमन्त्री खरेलले डेढ महिनाको अवधिमा दूरदराजमा हामीले छाडेका छैनौँ, सुरुका दिनदेखि इन्टरनेटको पहुँच नपुगेका तीन वटा पालिका दार्चुलाको मार्मा, बझाङको तलकोट, मनाङको तिलिचो आधार शिविरमा टेलिकमको फोरजी सेवा विस्तार भएको जानकारी दिए ।

उनले लाइसेन्स लिने स्थान यातायात व्यवस्था कार्यालय काठमाडौँको ठूलोभर्‍याङ, ललितपुरको एकान्तकुना, भक्तपुरको राधेराधेस्थित यातायात व्यवस्था कार्यालयमा निःशुल्क वाइफाइ जडानको काम भइरहेको छ ।

सञ्चारमन्त्री खरेल, मन्त्रालयका सचिव राधिका अर्यालसहितको टोलिले निःशुल्क वाइफाइ इन्टरनेट विस्तारको निरीक्षण गर्नुभएको हो । मन्त्री खरेलले नयाँबसपार्क, टिचिङ हस्पिटल, पशुपति परिसरको आर्यघाट र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पुगी सरकारले निःशुल्क उपलब्ध गराएको इन्टरनेश सेवाको लगइन गरी जाँच गरेका हुन ।

गत असोज ६ गते सूचना तथा सञ्चार प्रविधिमन्त्रीमा नियुक्त भएपछि मन्त्री खरेलले मन्त्रालयमा पदभार ग्रहणका क्रममा आफ्नो पहिलो निर्णयमा हस्ताक्षर गर्दै दुई महिनाभित्र काठमाडौँ उपत्यकाका महत्त्वपूर्ण सार्वजनिक स्थलमा निःशुल्क वाइफाइको पहुँच पुर्‍याउने निर्णय गरेका थिए । डेढ महिनाको अवधिमा नै निर्णय कार्यान्वयनमा आएको छ । उपत्यका बाहिरका महत्त्वपूर्ण १० वटा सहरमा पनि निःशुल्क वाइफाइको पहुँच पुर्‍याउने काम अघि बढेको छ ।

नयाँ बसपार्क, केही अस्पताल, पशुपति क्षेत्र परिसर, विमानस्थल, संवेदनशील, महत्त्वपूर्ण र सार्वजनिक सेवा प्रवाहका क्षेत्रमा निःशुल्क वाइफाइ विस्तार गरिएको हो । पाँच वटा स्थानमा नयाँ स्थापना र (निर्माणाधीन तीन) सहित आठ स्थानमा नयाँ स्थापना गरिएको छ ।

पहिला वाइफाइ स्थापना भइसकेका स्थानमा मर्मतसम्भार, गुणस्तर वृद्धि र क्षमतार विस्तार गरिएको छ । निःशुल्क वाइफाइको निरन्तरता र दिगोपनाका लागि नेपाल टेलिकम, वल्र्डलिङ्क र भायनेट कम्पनीले निःशुल्क वाइफाइ इन्टरनेट सेवाका लागि सहकार्य गर्ने जनाएका छन् ।

प्राधिकरणका अनुसार यसअघि वीर अस्पताल, परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल, त्रिवि  शिक्षण अस्पताल महाराजगञ्ज, टेकु अस्पताल, कान्ति बाल अस्पताल, सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, सिभिल अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, पाटन अस्पताल, सहिद धर्मभक्त माथेमा राष्ट्रिय उपचार केन्द्र र पशुपति मन्दिर परिसरमा १० एमबिपिएस ब्याण्डविथलाई बढाएर १५० एमबिपिएस बनाइएको छ । ती क्षेत्रमा प्रत्येक डिभाइसका लागि १०० एमबीबाट बढाएर ५०० एमबी बनाइएको छ । 

त्यसैगरी नेपाल टेलिकमले काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित ३५ विमानस्थलमा निःशुल्क वाइफाइ विस्तार गर्ने कार्ययोजना बनाएको छ । भक्तपुर क्यान्सर अस्पतालमा छ वटा एक्सेस प्वाइन्ट र कीर्तिपुर अस्पतालमा पाँच वटा एक्सेस प्वाइन्टसहित नयाँ वाइफाइ सेवा उपलब्ध गराइएको छ । 

निरीक्षणका क्रममा मन्त्री खरेलले उपत्यकाका विभिन्न सार्वजनिक स्थलपछि दुर्गम क्षेत्रमा निःशुल्क इन्टरनेट सेवा पुर्‍याउने गरी सरकारले काम गरिरहेको जानकारी दिए । मन्त्री खरेलले निःशुल्क सेवा सेवाको नाममात्रै हैन साच्चिकै प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिए । उनले उपलब्ध निःशुल्क वाइफाइ सेवाको अनुगमन गरिने बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रास्वपा कलैया उपमहानगरका कार्यकर्ताद्वारा केन्द्रीय कार्यालयमा प्रदर्शन

रास्वपा कलैया उपमहानगरका कार्यकर्ताद्वारा केन्द्रीय कार्यालयमा प्रदर्शन

पार्टीको नगर अधिवेशनको निर्वाचन परिणामलाई लिएर विवाद उत्पन्न भएपछि पारदर्शिताको माग गर्दै कार्यकर्ताहरूले आइतबार केन्द्रीय कार्यालयमा धर्ना दिएका हुन् । आन्दोलत कार्यकर्ताका अनुसार कलैया उपमहानगरपालिकाको नगर अधिवेशनमा उमाशंकर...
इभी प्रवर्द्धनका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव

इभी प्रवर्द्धनका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव

प्राधिकरणले चालु आवमा सात प्रमुख ठाउँमा पूर्वाधार विस्तारका लागि रु एक करोडभन्दा बढी बजेट विनियोजन गरेको थियो । देशभर करिब एक लाख किलोमिटर सडक सञ्जाल पुगेको छ ।...
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति

बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अधिवेशनमार्फत १८ जिल्लामा नयाँ कार्यसमिति चयन गरेको छ । यो समाचार तयार गर्दासम्म बागमती प्रदेशका नौ र कोशी प्रदेशका नौ जिल्लामा पहिलो अधिवेशन सम्पन्न...
एनसेलका ग्राहकहरूलाई अल्टिमा ग्याजेटहरूमा ६० प्रतिशतसम्म छुट

एनसेलका ग्राहकहरूलाई अल्टिमा ग्याजेटहरूमा ६० प्रतिशतसम्म छुट

एनसेल एपबाट मात्र सञ्चालनमा ल्याईएको यो योजना अन्तर्गत एनसेल ग्राहकहरूले अल्टिमाको लाइफस्टाइलका साउन्ड बार, स्पिकर, वायरलेस एअर बड, स्मार्टवाच, पावर ब्याङ्क लगायतका ग्याजेटहरूमा विशेष छुट प्राप्त गर्न सक्छन्।

भर्खरै