नेभिगेशन
समाज

आफुहरुको पार्टीलाई एक नम्वरको पार्टी बन्न कसैले रोक्न नसक्ने प्रचण्डको दावी

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफुहरुको पार्टीलाई एक नम्वरको पार्टी बन्न अब कसैले रोक्न नसक्ने दावी गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार काठमाडौंको भृकुटिमण्डपमा आयोजित पार्टी एकता राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले कम्युनिस्ट इतिहासमा १० घटकको एकता भएको दिन अभूतपूर्व, ऐतिहासिक र असाधारण हुने भन्दै एक नम्वरको पार्टी बन्न अब कसैले रोक्न नसक्ने दावी गरे ।

Ncell
Extreme Energy

उनले कम्युनिष्ट पार्टीको एकताले कतिपय प्रतिक्रियावादी टाउको दुखेको उल्लेख गगरे । आफुलाई संयोजकको रूपमा १० घटकको ठुलो भारी, जिम्मेवारी दिएकोमा विशेष हर्ष र गर्वको महसुस भएको उनले बताए ।

प्रचण्डले  १०पार्टी मिल्दैमा पुग्यो भन्ने पक्षमा आफुहरु नरहेको उल्लेख गर्दै अन्य कम्युनिस्ट घटक या एमालेसँग समेत बृहत् एकताको निम्ति राष्ट्र बचाउन, लोकतन्त्र र गणतन्त्रको रक्षाका निम्ति हातेमालो गर्न तयार रहेको जिकिर गरे ।

उनले जेनजी आन्दोलनले उठाएका मुद्दाले आफुहरुको कमजोरी उजागर गरेकै कारण पार्टीभित्रका कमजोरी सच्याएर नयाँ अभियानमा अघि बढ्न प्रेरित गरेको धारणा व्यक्त गरे । त्यस्तै प्रचण्डले आफुहरु पार्टी नेतृत्वमा नै बसिरहनुपर्छ भन्ने नरहेको भन्दै नयाँ विचार, विधि र प्रणालीको विकास गरेर फरक भूमिकामा जान तयार रहेको स्पष्ट पारे । उनले पार्टी एकतासंगै अव देशभर एकता घोषणासभा र अभियान लिएर जाने जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एकदिवसीय मान्यता जोगाउने चुनौतीमा नेपाली क्रिकेट

एकदिवसीय मान्यता जोगाउने चुनौतीमा नेपाली क्रिकेट

आसन्न विश्वकप लिग–२ श्रृङ्खलामा नेपालले २५ र ३१ गते क्यानडा तथा असोज २७ र कात्तिक २ गते ओमान विरुद्ध खेल्ने तालिका छ ।
कांग्रेसका १५ संकल्पः अब यी काम कहिल्यै गर्दैनौं (उपसभापति शर्माको प्रतिवेदनसहित)

कांग्रेसका १५ संकल्पः अब यी काम कहिल्यै गर्दैनौं (उपसभापति शर्माको प्रतिवेदनसहित)

नेपाली कांग्रेसले महाधिवेशनमार्फत १५ प्रतिबद्धता सार्वजनिक गरेको छ ।
यी हुन् मन्त्रिपरिषद बैठकले गरेका ५ निर्णयहरु

यी हुन् मन्त्रिपरिषद बैठकले गरेका ५ निर्णयहरु

सरकारले जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने नसकिने सम्बन्धमा छानबिन गरी सिफारिस गर्न पूर्वन्यायाधीश श्री बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले पेश गरेको प्रतिवेदन...
विपद्पछिको पुनःनिर्माण र पुनःस्थापनाका लागि ५ खर्ब ५९ अर्ब स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णय

विपद्पछिको पुनःनिर्माण र पुनःस्थापनाका लागि ५ खर्ब ५९ अर्ब स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णय

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकले विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना...