नेभिगेशन
मुख्य समाचार

आइसिसी विश्वकप लिग–२ः नेपाल युएइसँग पराजित

काठमाडौँ । आइसिसी विश्वकप लिग–२ अन्तर्गत आज भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई)सँग पराजित भएको छ । यससँगै नेपाल आइसिसी विश्वकप लिग–२ अन्तर्गतको आफ्नो पाँचौँ त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा जीतविहीन बनेको छ ।  

आइसिसी एकेडेमी दुबईमा आज सम्पन्न चौथो तथा अन्तिम खेलमा घरेलु टोली युएईसँग चार विकेटले पराजित भएसँगै नेपाल जीतविहीन बनेको हो । त्यसअघि नेपाल अमेरिकासँग १०६ रन र चार विकेटले पराजित भएको थियो भने युएईसँग पाँच विकेटको हार बेहोरेको थियो ।

CG

आज नेपालले प्रस्तुत गरेको २४० रनको लक्ष्य पछ्याएको युएईले पाँच बल बाँकी रहँदा ६ विकेट गुमाउँदै पूरा ग¥यो ।

युएईका लागि मोहम्मद शहदादले १२३ बलमा ६ चौका र तीन छक्काको मद्दतले सर्वाधिक ९६ रनको योगदान गरे । 

त्यसैगरी, मोहम्मद वासिमले ७३ बलमा चार चौका र तीन छक्कासहित ७६ रन बनाए भने सोहेब खानले २९, कप्तान अलिसान शराफुले १८ तथा हर्षित कौशिकले १३ रन बनाए ।

नेपालका लागि करण केसीले तीन विकेट लिँदा नन्दन यादव, ललितनारायाण राजवंशी र सन्दीप लामिछानेले समान एक एक  विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३९ रनको योगफल बनाएको थियो ।  

नेपालका लागि भीम सार्कीले सर्वाधिक ४८ रनको योगदान दिए । त्यस्तै कुशल मल्लले ४५, दीपेन्द्रसिंह ऐरीले ३७, आसिफ शेखले ३४, आरिफ शेखले ३० तथा सन्दीप लामिछानेले अविजित १५ रन बनाए ।

यता युएईका लागि जुनैद सिद्धिकी, मोहम्मद जवादुल्लाहल र ध्रुव परासरले समान दुई÷दुई विकेट लिए भने जाहिद अलीले एक विकेट लिए । 

यस हारसँगै २० खेलमा १२ अङ्क जोडेको नेपाल सातौँ स्थानमा छ । जितसँगै युएई समान खेलबाट १० अङ्कका साथ अङ्क तालिकाको अन्तिम स्थानमा छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
डिजेल र मट्टीतेलको मूल्य लिटरमै ३ रुपैयाँले बढ्यो

डिजेल र मट्टीतेलको मूल्य लिटरमै ३ रुपैयाँले बढ्यो

निगमले पेट्रोल र खाना पकाउने ग्यासको मूल्य यथावत राखेको छ  भने हवाई इन्धन आन्तरिक र बाह्य दुवैतर्फको मूल्य घटेको छ। निगमकाअनुसार डिजेल र मट्टीतेलको मूल्य लिटरमा ३ रुपैयाँले...
‘नयाँ खोज्ने नाममा देशलाई राजनीतिक चलखेलको प्रयोगशाला बनाउनु हुँदैन’–कांग्रेस

‘नयाँ खोज्ने नाममा देशलाई राजनीतिक चलखेलको प्रयोगशाला बनाउनु हुँदैन’–कांग्रेस

प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को सन्दर्भमा जानकारी दिन कांग्रेसले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नयाँ खोज्ने नाममा देशलाई प्रयोशाला बनाउन नहुने धारणा राखे...
संसद् पुनस्थापनाको मुद्दा अबिलम्व फैसला गर्न एमाले अध्यक्ष ओलीको माग

संसद् पुनस्थापनाको मुद्दा अबिलम्व फैसला गर्न एमाले अध्यक्ष ओलीको माग

उनले सरकारले जे गर्दा पनि हुन्छ भन्ने सोच्यो भने त्यो देश र सरकारकै लागि पनि अनिष्ट हुने चेतावनी दिए । फागुन २१ गते निर्वाचनको मिति तय गरिएपनि हिमाली...
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै

हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै

अवरुद्ध नेपाल–चीन जोड्ने कोरला सडकअन्तर्गत आज बिहानदेखि हिउँ पन्छाएर लोमान्थाङसम्मको सडक सञ्चालनमा ल्याइएको छ । जिल्ला प्रशासन कार्यालयसहित लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको संयुक्त पहलमा कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला)...