नेभिगेशन
मुख्य समाचार

जेनजी आन्दोलन जाँचबुझ आयोगको आइजीजीलााई २४ घण्टे स्पष्टीकरणः कारवाही किन नगर्ने ?

काठमाडौँ । जेनजी आन्दोलनमा भएका घटना जाँचबुझ आयोगलाई असहयोग गरेको भन्दै नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । 
आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार प्रहरीले आयोगले सोधेका विवरण एक महिना ढिलोगरी, अपूरो विवरण पठाएपछि आइजीपी खापुङलाई 'किन कारवाही नगर्ने'भन्दै २४ घण्टा भित्र लिखित कारण सहित स्पष्टिकरण दिन पत्रचार गरेको हो । 
यस अघि आयोगले जेनजी आन्दोलनका क्रममा फिल्डमा खटिएका प्रहरीको विवरण माग गरेको थियो । प्रहरीले भने आन्दोलनको दिन आइजीपी देखि देशैभरका प्रही जवानसम्म सबै फिल्डमा खटिएका जवाफ पठाएको थियो । प्रवक्ता शर्माका अनुसार अब प्रहरीका फिल्ड कमाण्डरहरुसँग बयान लिने तयारी गरिएको छ । 
आइतबार नै जाँचबुझ आयोगले प्रहरी प्रधान कार्यालयलाई काठमाडौं उपत्यकामा भदौ २३ र २४ गते खटिएका प्रहरी इन्चार्ज तथा कमान्डरहरूलाई उपत्यका नछाड्न व्यवस्था मिलाउन भनी पत्राचार गरेको थियो।

प्रहरीसँग सोधपुछ र बयानका लागि बोलाउनुपर्ने भएकाले इन्चार्ज तथा कमान्डरहरूलाई उपत्यका नछाड्न भनिएको हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
पूर्वमन्त्री दिपक खड्काको कम्पनीलाई स्काउटको ७ दिने अल्टीमेटम, भाडा नतिरे भवन जफत गरिने

पूर्वमन्त्री दिपक खड्काको कम्पनीलाई स्काउटको ७ दिने अल्टीमेटम, भाडा नतिरे भवन जफत गरिने

स्काउटले आफ्नै स्वामित्वमा रहेको जग्गा र सो जग्गामा निर्माण भएका संरचना प्रयोगकर्तालाई सात दिनभित्र बहालको बक्यौता रकम नतिरे जग्गामा निर्माण भएका सम्पूर्ण भवन तथा सामानहरु जफत गर्ने चेतावनी...
आजको मौसमः यी प्रदेशका केही भागमा वर्षा र हिमपातको सम्भावना

आजको मौसमः यी प्रदेशका केही भागमा वर्षा र हिमपातको सम्भावना

आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्का...
आइसिसी विश्वकप लिग–२ः नेपाल युएइसँग पराजित

आइसिसी विश्वकप लिग–२ः नेपाल युएइसँग पराजित

आइसिसी एकेडेमी दुबईमा आज सम्पन्न चौथो तथा अन्तिम खेलमा घरेलु टोली युएईसँग चार विकेटले पराजित भएसँगै नेपाल जीतविहीन बनेको हो । त्यसअघि नेपाल अमेरिकासँग १०६ रन र चार...
साढे ७ घण्टापछि सकियो रवि लामिछानेको बयान

साढे ७ घण्टापछि सकियो रवि लामिछानेको बयान

बयानका लागि लामिछानेलाई आज दिउँसो १ बजे नख्खु कारागारबाट सिंहदरवारस्थित आयोगको कार्यालय लगिएको थियो । आयोगले उनीसँग करिब साढे ७ घण्टा बयान लिएको छ ।