नेभिगेशन
मुख्य समाचार
नेपाल स्काउट

पूर्वमन्त्री दिपक खड्काको कम्पनीलाई स्काउटको ७ दिने अल्टीमेटम, भाडा नतिरे भवन जफत गरिने

काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतको नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयले स्काउटकाो जग्गा र बनेका संरचनाको बहाल बक्यौता रकम तिर्न पूर्व मन्त्री दिपक खड्काको कम्पनीका नाममा सूचना जारी गरेको छ । 
स्काउटले प्रकाशन गरेको सूचना अनुसार स्काउटको जग्गा र त्यहाँका संरचना खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिले भाडामा सञ्चालन गर्दै आएको छ । जुन पूर्वमन्त्री खड्काको कम्पनी हो । 

स्काउटले आफ्नै स्वामित्वमा रहेको जग्गा र सो जग्गामा निर्माण भएका संरचना प्रयोगकर्तालाई सात दिनभित्र बहालको बक्यौता रकम नतिरे जग्गामा निर्माण भएका सम्पूर्ण भवन तथा सामानहरु जफत गर्ने चेतावनी दिएको छ । 

CG

सूचनामा लेखिएको छ, ‘उक्त समयावधिभित्र बहाल तिर्न नआए नेपाल स्काउट र त्यस खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिबीच भएको सम्झौताको बुँदा नं। ४ बमोजिम र मुलकको देवानी संहिता २०७४ को परिच्छेद १२ दफा ६१९, ६२० (४) र ६२१ बमोजिम जग्गामा निर्माण भएका सम्पूर्ण भवन तथा सामानहरु जफत गरिने र उक्त जफतबाट समेत नपुग हुन आउने रकम घरघराना वा जायजेथाबाट असुल उपर गर्ने व्यहोरा समेत सूचित गरिन्छ ।’

Scout-(1)-1762395672.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
स्पष्टीकरण पेस गर्न बालेनलाई निर्वाचन आयोगको पत्र

स्पष्टीकरण पेस गर्न बालेनलाई निर्वाचन आयोगको पत्र

झापा ५ बाट रास्वपा उम्मेदवार रहेका बालेन शाहलाई निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको भन्दै परेको उजुरीका आधारमा आयोगले मङ्गलवार स्पष्टीकरण सोधेको हो । सोही क्षेत्रबाट एमालेका उम्मेदवार रहेका...
युवाहरुको एक समुहद्वारा संसद पुनःस्थापनाको माग गर्दै काठमाडौंमा प्रदर्शन

युवाहरुको एक समुहद्वारा संसद पुनःस्थापनाको माग गर्दै काठमाडौंमा प्रदर्शन

सर्वोच्च अदालतमा प्रतिनिधिसभा पुनस्र्थापनाको मुद्दा बिचाराधीन रहेको अवस्थामा संविधानको रक्षा गर्ने गरि आदेश आउने उनीहरुको विश्वास छ । उनीहरुले अदालतमा रहेका मुद्दाको छिटो फैसला हुनुपर्ने र बैधानिक तवरबाट...
हिमपातले अवरुद्ध नाग्म–गमगडी सडक दुई दिनपछि सञ्चालन

हिमपातले अवरुद्ध नाग्म–गमगडी सडक दुई दिनपछि सञ्चालन

भुलभुलेमा बाल्लो हिउँ परेपछि सडक बन्द भएको थियो । कार्यालयबाट डोजर पठाएर उक्त स्थानको हिउँ पन्छाएपछि आजदेखि सडक पूर्ण रुपमा सञ्चालनमा आएको सडक डिभिजन कार्यालयका सूचना अधिकारी सौरभकुमार...
दूतमार्ग निमार्णका क्रममा धाार्मिक विश्वास र सम्पदालाई असर नपार्न प्रधानमन्त्रीको निर्देशन

दूतमार्ग निमार्णका क्रममा धाार्मिक विश्वास र सम्पदालाई असर नपार्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री कार्कीले भने, “स्थानीयका सरोकारलाई गम्भीरतापूर्वक ध्यान दिइ समाधान खोज्नुपर्छ । आवश्यक परेको खण्डमा रेखाङ्कन र जिरोविन्दु समेत परिवर्तनका लागि तयार हुनुपर्छ । उहाँहरुको विश्वासमा आधात नपुग्ने गरी...