नेभिगेशन
मुख्य समाचार

गृहमन्त्रीलाई सुदन गुरुङको चेतावनीः अझै जुका टाँसिए जसरी पदमा बसे २ दिनमा भविष्य निर्धारण हुनेछ

काठमाडौँ । जेनजी अगुवा तथा हामी नेपालका संस्थापक सुदन गुरुङले ८४ को चुनाव ८२ मा गर्नको लागि आन्दोलन नगरिएको बताएका छन् । उनले नेपाली जनताको मागहरू सम्बोधन हुँदैन भने यसपालिको चुनाव हुन नदिने चेतावनी समेत दिएका छन् । 

उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत गृहमन्त्रीलाई सन्देश लेखेका हुन् । उनले देशभरबाट “हत्यारालाई कारबाही गर” “भ्रष्टाचारीलाई कारबाही”  गर भन्ने आवाज उठ्दा “जेन्जीलाई कारबाही”  गर   सुन्ने गृह मन्त्रीको पदमा टाँसिएर बस्नु राष्ट्रप्रति अपमान समेत जिकिर गरेका छन् । उनले अझैपनि गृहमन्त्रीको पदमा जुका जस्तो बसे दुई दिनपछिको प्रेस कन्फ्रेन्सले ओमप्रकाशको भविष्य निर्माण गर्ने चेतावनी दिएका छन् । 
यस्तो छ उनले लेखेको स्टाटसको पुरा पाठः 

‼️ हाम्रो अलोकप्रिय गृहमन्त्रीको लागि सन्देश ‼️

तपाईंले जनताको भरोसा पूरा गर्न सक्नुभयो छैन।

देशभरबाट “हत्यारालाई कारबाही गर” “भ्रष्टाचारीलाई कारबाही” गर भन्ने आवाज उठ्दा “जेन्जीलाई कारबाही” गर सुन्ने गृह मन्त्रीको पदमा टाँसिएर बस्नु राष्ट्रप्रति अपमान हो।

सहिदको रगत सम्झनुहोस्। नेपाल र नेपालीको आशा र आँसु सम्झनुहोस्।

काम गर्न नसके पद छोड्ने गर्नुभएको वाचा सम्झनुहोस्।

ओमप्रकाश अर्याल ज्यू, अब त्यो समय आएको छ किनभने अब दुई महिना हुन लागिसक्यो न त कुनै भ्रष्टाचारलाई कारबाही भो न त कुनै हतियारालाई।

अहिलेसम्म के हुन्छ कि भनेर देशको हितको लागि लड्दा मैले भ्रामक समाचार द्वारा यत्रो अपमान देखि चरित्र हत्या समेत सहेर बसे । कुनै स्पष्टीकरण पनि दिन उचित ठानिन्न किनभने मैले सोचेको थिएँ कामले देखाउँछ र कामले बोल्छ अनि नेपाली जनताले बुझ्नेछन् एकदिन,र अझै पनि देश बन्छ भने, करोडौँ अट्याकहरू सहन तयार छु तर अब तपाईंबाट आशा मरिसकेको छ।

हामी लड्यौं योग्य, इमानदार, र परिणाम देखाउने नेतृत्वका लागि।

हामी भ्रष्टाचार अन्त्य र राष्ट्रको भविष्य सुरक्षित गर्न उठ्यौं।

अब भीत्र मनमै सोच्नु होला—“चुनाब गराएर निक्लिन्छु, THE YOUTHS OF NEPAL ARE NOT STUPID, WE ARE WAITING.

त्यसैले चेतना होस् ।

चुनाबको नाटक नचलोस्।

८४ को चुनाव ८२ मा सार्नलाई गरिएको आन्दोलन होइन यो ।

नेपाली जनता र जिन्जीका मागहरू सम्बोधन हुँदैन भने यसपालिको चुनाव हुन दिइने छैन।

अझै पनि गृहमन्त्रीको पदमा टाँसेर जुका जस्तो बस्नुहुन्छ भने दुई दिनपछिको प्रेस कन्फ्रेन्सले तपाईंको भविष्य निर्धारण गर्नेछ। प्रधानमन्त्रीको प्रिय पात्रो भनेर कुर्ची बच्छ भनेर सोच्नुहुन्छ भने यो तपाईंको भ्रम हो।

DO YOUR DAMN JOB THAT YOU HAVE BEEN SENT FOR.

जनता जागिसके।

युवा जागिसके।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
विप्लव नेकपाको काठमाडौँमा प्रदर्शन र जनसभा(तस्बिरहरु)

विप्लव नेकपाको काठमाडौँमा प्रदर्शन र जनसभा(तस्बिरहरु)

गत भदौमा भएको जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम लगायतका विषयमा पार्टीको धारणा सार्वजनिक गर्ने उद्देश्यका साथ आयोजना गरिएको नेकपाले बताएको छ ।
तीनवर्षमा बन्नुपर्ने पुल, नौं वर्षमा पनि बनेन्

तीनवर्षमा बन्नुपर्ने पुल, नौं वर्षमा पनि बनेन्

सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी हरिशप्रसाद जोशीका अनुसार पुल निर्माणका लागि विसं २०७४ जेठ १० गते रु १५ करोड ४३ लाखको लागतमा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने...
सातदोबाटोस्थित एन्फा मुख्यालय बाहिर खेलाडी तथा समर्थकहरुले दिए धर्ना(तस्बिरहरु)

सातदोबाटोस्थित एन्फा मुख्यालय बाहिर खेलाडी तथा समर्थकहरुले दिए धर्ना(तस्बिरहरु)

यसअघि सोमबार एन्फा सचिवालय र १४ क्लबका प्रतिनिधि बसेर अर्को वर्षदेखि मात्र होम एन्ड अवेको आधारमा ए डिभिजन गर्ने सहमति गरेका थिए। यो वर्ष भने तीन वर्षअघि भएको...
छार्का भेरोलमा अलपत्र परेका दुई पर्यटकको उद्धार

छार्का भेरोलमा अलपत्र परेका दुई पर्यटकको उद्धार

पर्वतका मनिष जिसी र म्याग्दीका सन्तोष कुँवर भारी हिमपातका कारण मुस्ताङ र डोल्पाको सिमानामा फसेका जानकारी पाएपछि सेनासँगको समन्वयमा सकुशल उद्धार गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले...