नेभिगेशन
समाज

गृहमन्त्रीलाई सुदन गुरुङको चेतावनीः अझै जुका टाँसिए जसरी पदमा बसे २ दिनमा भविष्य निर्धारण हुनेछ

काठमाडौँ । जेनजी अगुवा तथा हामी नेपालका संस्थापक सुदन गुरुङले ८४ को चुनाव ८२ मा गर्नको लागि आन्दोलन नगरिएको बताएका छन् । उनले नेपाली जनताको मागहरू सम्बोधन हुँदैन भने यसपालिको चुनाव हुन नदिने चेतावनी समेत दिएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत गृहमन्त्रीलाई सन्देश लेखेका हुन् । उनले देशभरबाट “हत्यारालाई कारबाही गर” “भ्रष्टाचारीलाई कारबाही”  गर भन्ने आवाज उठ्दा “जेन्जीलाई कारबाही”  गर   सुन्ने गृह मन्त्रीको पदमा टाँसिएर बस्नु राष्ट्रप्रति अपमान समेत जिकिर गरेका छन् । उनले अझैपनि गृहमन्त्रीको पदमा जुका जस्तो बसे दुई दिनपछिको प्रेस कन्फ्रेन्सले ओमप्रकाशको भविष्य निर्माण गर्ने चेतावनी दिएका छन् । 
यस्तो छ उनले लेखेको स्टाटसको पुरा पाठः 

Ncell
Extreme Energy

‼️ हाम्रो अलोकप्रिय गृहमन्त्रीको लागि सन्देश ‼️

तपाईंले जनताको भरोसा पूरा गर्न सक्नुभयो छैन।

देशभरबाट “हत्यारालाई कारबाही गर” “भ्रष्टाचारीलाई कारबाही” गर भन्ने आवाज उठ्दा “जेन्जीलाई कारबाही” गर सुन्ने गृह मन्त्रीको पदमा टाँसिएर बस्नु राष्ट्रप्रति अपमान हो।

सहिदको रगत सम्झनुहोस्। नेपाल र नेपालीको आशा र आँसु सम्झनुहोस्।

काम गर्न नसके पद छोड्ने गर्नुभएको वाचा सम्झनुहोस्।

ओमप्रकाश अर्याल ज्यू, अब त्यो समय आएको छ किनभने अब दुई महिना हुन लागिसक्यो न त कुनै भ्रष्टाचारलाई कारबाही भो न त कुनै हतियारालाई।

अहिलेसम्म के हुन्छ कि भनेर देशको हितको लागि लड्दा मैले भ्रामक समाचार द्वारा यत्रो अपमान देखि चरित्र हत्या समेत सहेर बसे । कुनै स्पष्टीकरण पनि दिन उचित ठानिन्न किनभने मैले सोचेको थिएँ कामले देखाउँछ र कामले बोल्छ अनि नेपाली जनताले बुझ्नेछन् एकदिन,र अझै पनि देश बन्छ भने, करोडौँ अट्याकहरू सहन तयार छु तर अब तपाईंबाट आशा मरिसकेको छ।

हामी लड्यौं योग्य, इमानदार, र परिणाम देखाउने नेतृत्वका लागि।

हामी भ्रष्टाचार अन्त्य र राष्ट्रको भविष्य सुरक्षित गर्न उठ्यौं।

अब भीत्र मनमै सोच्नु होला—“चुनाब गराएर निक्लिन्छु, THE YOUTHS OF NEPAL ARE NOT STUPID, WE ARE WAITING.

त्यसैले चेतना होस् ।

चुनाबको नाटक नचलोस्।

८४ को चुनाव ८२ मा सार्नलाई गरिएको आन्दोलन होइन यो ।

नेपाली जनता र जिन्जीका मागहरू सम्बोधन हुँदैन भने यसपालिको चुनाव हुन दिइने छैन।

अझै पनि गृहमन्त्रीको पदमा टाँसेर जुका जस्तो बस्नुहुन्छ भने दुई दिनपछिको प्रेस कन्फ्रेन्सले तपाईंको भविष्य निर्धारण गर्नेछ। प्रधानमन्त्रीको प्रिय पात्रो भनेर कुर्ची बच्छ भनेर सोच्नुहुन्छ भने यो तपाईंको भ्रम हो।

DO YOUR DAMN JOB THAT YOU HAVE BEEN SENT FOR.

जनता जागिसके।

युवा जागिसके।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
राष्ट्रपतिले शितल निवासमा बोलाएर प्रधानमन्त्रीलाई के भने ?

राष्ट्रपतिले शितल निवासमा बोलाएर प्रधानमन्त्रीलाई के भने ?

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार उनीहरूबिच १५ मिनेट संवाद भएको थियो ।  प्रधानमन्त्री बनेपछि औपचारिक कार्यक्रममा बाहेक पहिलो पटक राष्ट्रपतिलाई भेट्न पुगेका बालेनले सुनसरी घटना र मुलुकमा...
घरबाट निस्किएर आफ्नै घरमा आगो लगाउन जानेलाई रोकौँः रवि लामिछाने

घरबाट निस्किएर आफ्नै घरमा आगो लगाउन जानेलाई रोकौँः रवि लामिछाने

बिहीबार राति मधेशकेन्द्रीत दलहरुसँगको छलफलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै उनले भने, अहिले हिंसा नभड्कियोस् भन्नका लागि सद्भाव कायम रहोस् भन्नका लागि यदी मसँग आगो निभाउन पानी छैन भने म...
राष्ट्रपति निवास पुगे प्रधानमन्त्री बालेन

राष्ट्रपति निवास पुगे प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन शाह राष्ट्रपति निवास पुगेका छन् । राष्ट्रका नाममा सम्बोधन गरेलगत्तै प्रधानमन्त्री शाह राष्ट्रपतिलाई भेट्न गएका पुगेका हुन् ।
भाइचारा खलबलाउने कुनै पनि क्रियाकलापप्रति सरकार पूर्ण रुपमा सचेत छ

भाइचारा खलबलाउने कुनै पनि क्रियाकलापप्रति सरकार पूर्ण रुपमा सचेत छ

देशको कुनै एक स्थानमा भएको अनपेक्षित र दुखद घटनालाई लिएर कुनै सिंगो समुदायलाई आरोपित गर्नु र देशका अन्य भूभागमा समेत त्यसको प्रतिशोधको आगो फैलाउनु कुनै पनि दृष्टिकोणबाट न्यायोचित...