नेभिगेशन
समाज

फुटबल खेलाडी तथा समर्थकद्वारा एन्फा कम्प्लेक्समा धर्ना

काठमाडौँ । नेपाली फुटबलको वर्तमान अवस्था प्रति गम्भीर चासो व्यक्त गर्दै नेपाल फुटबल खेलाडी संघ आवद्ध खेलाडी र समर्थकले अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्स सातदोवाटोमा धर्ना दिएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिभिन्न बहानामा ए डिभिजन लिगलाई रोक्ने काम भएको र यसले नेपाली फुटवललाई नै असर गरेको भन्दै उनीहरुले बिहीबार एन्फा कम्प्लेक्स सातदोवाटोमा धर्ना दिएका हुन् ।

Ncell
Extreme Energy

उनीहरुले छिटो भन्दा छिटो ए डिभिजन लिगलाई अघि बढाउन माग गरेका छन् । एन्फाको वर्तमान नेतृत्वका कारण खेलाडीहरूको भविष्य र नेपाली फुटबलको समग्र विकासमा नकारात्मक असर पारेको उनीहरुले नेतृत्व परिवर्तनको माग गरेको छन् ।

धर्नामा सहभागी फुटबल खेलाडी अञ्जन बिष्टले नेपालमा फुटबलको भविष्य राम्रो नहुदा खेलाडीहरु देश छाड्न बाध्य भएकाले यस्तो अवस्था आउन नदिन सवै गम्भीर हुनुपर्ने बताए ।

त्यस्तै फुटबल खेलाडी रोहित चन्दले फुटबल गतिविधि चलायमान हुनुपर्ने र नयाँ खेलाडीलाई स्वदेशमा नै अवसर दिनुपर्ने बताए । त्यस्तै फुटबल खेलाडी विराज महर्जनले फुटवल गतिविधिलाई निरन्तरता दिनका लागि प्रदर्शनमा उत्रनुपर्ने अवस्था आउनु दुखद भएकाले एन्फाले ध्यान दिनुपर्ने धारणा व्यक्त राख्नुभयो ।

त्यस्तै, धर्नामा सहभागीहरुले मैदान भित्र र बाहिर फेयर प्ले, फुटबलमा क्यालेन्डर होइन, मैदान चाहियो, एन्फा जाग लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । ए डिभिजन लिग आगामी बर्षको पुसमा गर्ने निर्णय गरेपछि खेलाडी र समर्थकहरुले विरोध गरेका हुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँकहाँ?

यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँकहाँ?

नेपाली कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ।
परराष्ट्रमन्त्री खनाल 'प्रि–कोप लिडर्स इभेन्ट' मा सहभागी हुन फिजीमा

परराष्ट्रमन्त्री खनाल 'प्रि–कोप लिडर्स इभेन्ट' मा सहभागी हुन फिजीमा

परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीकाे नादि अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका छन् । फिजी र टुभालुमा अक्टोबर ५ र ६ मा आयोजना हुने...
कांग्रेस किन सानो दल बन्यो, रास्वपाले कसरी ओभरटेक गर्‍यो ? गगनको निर्मम समीक्षाले देखाएका ६ कारण

कांग्रेस किन सानो दल बन्यो, रास्वपाले कसरी ओभरटेक गर्‍यो ? गगनको निर्मम समीक्षाले देखाएका ६ कारण

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी कसरी सानो बन्यो भनेर निर्मम समीक्षा गरेका छन् । कांग्रेस कसरी सानो बन्यो र रास्वपाले कसरी ओभरटेक गरेर ठूलो पार्टी बन्यो भनेर...
केपी ओलीको पालादेखिको फाइल खोल्दै प्रतिभा रावल, प्रारम्भमै देखियो अनियमितता

केपी ओलीको पालादेखिको फाइल खोल्दै प्रतिभा रावल, प्रारम्भमै देखियो अनियमितता

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले मन्त्रालयअन्तर्गत विगतमा भएका अनियमितताको अध्ययन थालेकी छिन् ।