नेभिगेशन
मुख्य समाचार

फुटबल खेलाडी तथा समर्थकद्वारा एन्फा कम्प्लेक्समा धर्ना

काठमाडौँ । नेपाली फुटबलको वर्तमान अवस्था प्रति गम्भीर चासो व्यक्त गर्दै नेपाल फुटबल खेलाडी संघ आवद्ध खेलाडी र समर्थकले अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्स सातदोवाटोमा धर्ना दिएका छन् ।

बिभिन्न बहानामा ए डिभिजन लिगलाई रोक्ने काम भएको र यसले नेपाली फुटवललाई नै असर गरेको भन्दै उनीहरुले बिहीबार एन्फा कम्प्लेक्स सातदोवाटोमा धर्ना दिएका हुन् ।

CG

उनीहरुले छिटो भन्दा छिटो ए डिभिजन लिगलाई अघि बढाउन माग गरेका छन् । एन्फाको वर्तमान नेतृत्वका कारण खेलाडीहरूको भविष्य र नेपाली फुटबलको समग्र विकासमा नकारात्मक असर पारेको उनीहरुले नेतृत्व परिवर्तनको माग गरेको छन् ।

धर्नामा सहभागी फुटबल खेलाडी अञ्जन बिष्टले नेपालमा फुटबलको भविष्य राम्रो नहुदा खेलाडीहरु देश छाड्न बाध्य भएकाले यस्तो अवस्था आउन नदिन सवै गम्भीर हुनुपर्ने बताए ।

त्यस्तै फुटबल खेलाडी रोहित चन्दले फुटबल गतिविधि चलायमान हुनुपर्ने र नयाँ खेलाडीलाई स्वदेशमा नै अवसर दिनुपर्ने बताए । त्यस्तै फुटबल खेलाडी विराज महर्जनले फुटवल गतिविधिलाई निरन्तरता दिनका लागि प्रदर्शनमा उत्रनुपर्ने अवस्था आउनु दुखद भएकाले एन्फाले ध्यान दिनुपर्ने धारणा व्यक्त राख्नुभयो ।

त्यस्तै, धर्नामा सहभागीहरुले मैदान भित्र र बाहिर फेयर प्ले, फुटबलमा क्यालेन्डर होइन, मैदान चाहियो, एन्फा जाग लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । ए डिभिजन लिग आगामी बर्षको पुसमा गर्ने निर्णय गरेपछि खेलाडी र समर्थकहरुले विरोध गरेका हुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सुनको मूल्य प्रतितोला तीन लाख ९ हजार तीन सय

सुनको मूल्य प्रतितोला तीन लाख ९ हजार तीन सय

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख नौ हजार ३०० त्यति नै चाँदीको मोल रु छ हजार ८७० कायम भएको छ...
सुदूरपश्चिम दौडाहामा रास्वपा वरिष्ठ नेता बालेन शाह

सुदूरपश्चिम दौडाहामा रास्वपा वरिष्ठ नेता बालेन शाह

सुदूरपश्चिम दौडाहामा रहेको वरिष्ठ नेता शाह मंगलबार कैलाली तथा कञ्चनपुरका विभिन्न क्षेत्रहरुमा जनसम्पर्क तथा अभिवादन अभियान कार्यक्रममा सहभागि हुृने उनको सचिवालयले जनाएको छ । कैलालीको टिकापुरबाट सुरुहुने नेता...
चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

सोमबार घाँस दाउरा गर्न घर नजिकैको मरड खोला गएका उनलाई गैँडाले आक्रमण गरेको थियो । गैँडाको आक्रमणबाट गम्भीर घाइते भट्टराईको उपचारका क्रममा सोमबार राति चितवन मेडिकल कलेजमा मृत्यु...
चुनावी खाता खोल्ने प्रबन्ध मिलाउन राष्ट्र बैंकको निर्देशन

चुनावी खाता खोल्ने प्रबन्ध मिलाउन राष्ट्र बैंकको निर्देशन

आयोगले बैंक खाता बन्द गर्न लगाउँदासम्म सञ्चालन हुने गरी उक्त आयोग मातहतका प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयको सिफारिसमा खाता खोल्न सकिने उल्लेख गरिएको छ । आमनिर्वाचन...