नेभिगेशन
समाज

तीनवर्षमा बन्नुपर्ने पुल, नौं वर्षमा पनि बनेन्

कञ्चनपुर । जिल्लाका दुई पक्की पुल सम्पन्न हुने चरणमा पुगेका छन् ।  लामो समयदेखि ढिलाइ हुँदै आएको कृष्णपुर नगरपालिका–१ बंक–बुडर–नायल सडकखण्डमा पर्ने ओदाल खोला पुल र बेदकोट नगरपालिका–६ र ७ लाई जोड्ने मुसेपानी खोलाको पुल निर्माण अन्तिम चरणमा पुगेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी हरिशप्रसाद जोशीका अनुसार पुल निर्माणका लागि विसं २०७४ जेठ १० गते रु १५ करोड ४३ लाखको लागतमा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको थियो ।

Ncell
Extreme Energy

त्यसैगरी, ओदाल खोला पुल निर्माणका लागि विसं २०७३ भदौ १७ गते रु पाँच करोड ४७ लाखमा दुई वर्षभित्र सम्पन्न गर्ने सम्झौता भएको थियो । तर, समयमै काम सम्पन्न गर्न नसकेपछि दुवै पुलको म्याद पटक–पटक थपिँदै आएको छ ।

ओदाल खोलाको पुल तोकिएको समयमा सम्पन्न हुन नसकेकाले ठेकेदार कम्पनीमाथि १० प्रतिशत जरिवाना (हजर्ना) लगाइएको सूचना अधिकारी जोशीले जानकारी दिए । मुसेपानी खोलाको पुलको अन्तिम म्याद भने अहिले विसं २०८२ कात्तिक मसान्तसम्म तोकिएको छ ।

हालसम्म मुसेपानी खोलाको पुलको भौतिक प्रगती ९५ प्रतिशत र ओदाल खोलाको पुलको भौतिक प्रगति ९३ प्रतिशत रहेको छ ।  “दुवै पुलको सब–स्ट्रक्चर, सुपरस्ट्रक्चर र तटबन्ध निर्माण पूरा भइसकेको छ,” उनले भने,  “हाल पहुँच मार्ग निर्माण पूरा हुन बाँकी रहेको छ ।”

ओदाल खोलाको पुलको लम्बाइ ४० मिटर र मुसेपानी खोलाको पुलको लम्बाइ एक सय ६० मिटर रहेको छ । दुवै पुल आधुनिक प्री–स्ट्रेस्ड प्रविधिमा निर्माण गरिएका छन ।

वित्तीय हिसाबले हेर्दा ओदाल खोलाको पुलको प्रगति रु चार करोड ५२ लाख रहेको छ भने त्यसमा १० प्रतिशत हजर्ना असुल उपर गरिएको छ ।  मुसेपानी खोलाको पुलको वित्तिय  प्रगति रु १३ करोड ३० लाख पुगेको छ ।

ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण दुवै पुल तोकिएको अवधिभित्र सम्पन्न हुन नसके पनि अहिले तीव्रगतिमा काम भइरहेको जनाइएको छ । 
पुल निर्माणमा ढिलाइ हुँदा स्थानीय बासिन्दा लामो समयदेखि सास्ती खेपिरहेका थिए ।

विशेषगरी बर्खाको समयमा खोला तर्ने जोखिम बढ्ने र आवतजावतमा कठिनाइ हुने समस्याले जनजीवन प्रभावित हुँदै आएको थियो । कृष्णपुर नगरपालिका १ का स्थानीय बासिन्दा गयाप्रसाद चौधरीले भने, “बर्षौंदेखि खोला गर्नु पर्ने अबस्था थियो, वर्षातका बेला गाउँ सम्म एम्बुलेन्स आउन नपाउदा बिरामीलाई जोखिम मोल्दै पिठयुमा बोकेर खोला तार्नु पर्ने अबस्था थियो, ढिलै भएपनि  स्थायी पुल बनेपछि सहज हुने भयो ।”

दुवै पुल सञ्चालनमा आएपछि स्थानीय यातायात, व्यापार र कृषि उत्पादनको ढुवानीमा सहजता आउने अपेक्षा गरिएको छ । यो सँगै बंक–बुडर–नायल सडकखण्ड तथा बेदकोटको मुसेपानी क्षेत्रका बासिन्दाले नदी तर्नु पर्ने लामो समय देखिको समस्या समाधान हुनेमा आशा व्यक्त गरेका छन् ।

सडक डिभिजन कार्यालयले बाँकी रहेका पहुँच मार्ग तथा फिनिसिङ कार्य छिटो सम्पन्न गरी दुवै पुललाई चालु आब भित्रै सञ्चालनमा ल्याउने तयारी गरिरहेको जनाएको छ । ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यी हुन् मन्त्रिपरिषद बैठकले गरेका ५ निर्णयहरु

यी हुन् मन्त्रिपरिषद बैठकले गरेका ५ निर्णयहरु

सरकारले जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने नसकिने सम्बन्धमा छानबिन गरी सिफारिस गर्न पूर्वन्यायाधीश श्री बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले पेश गरेको प्रतिवेदन...
विपद्पछिको पुनःनिर्माण र पुनःस्थापनाका लागि ५ खर्ब ५९ अर्ब स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णय

विपद्पछिको पुनःनिर्माण र पुनःस्थापनाका लागि ५ खर्ब ५९ अर्ब स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णय

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकले विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना...
महिला महामन्त्रीमा डिला र डिनाको दाबी

महिला महामन्त्रीमा डिला र डिनाको दाबी

नेपाली कांग्रेसका दुई महिला नेता डिला संग्रौला र महालक्ष्मी उपाध्याय ‘डिना’ ले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
भोटेकोशी बाढीपछिको खोजी र उद्धार स्थगित

भोटेकोशी बाढीपछिको खोजी र उद्धार स्थगित

सरकारले ‘अत्यावश्यक’बाहेक भोटेकोशी–त्रिशूली बाढीपछिको खोज तथा उद्धार चरणलाई स्थगन गर्ने निर्णय गरेको छ।