नेभिगेशन
मुख्य समाचार

अछामका आगलागी पीडितलाई प्रदेश सरकारले आठ लाख सहयोग गर्ने

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले अछामको साँफेबगर नगरपालिका–३ हाटबजारमा गत शनिबार राति भएको आगलागीबाट पीडितलाई आर्थिक सहयोग गर्ने भएको छ ।

बिहीबार मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा उनको निवासमा बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले अछामका आगलागी पीडितका लागि तत्काल साँफेबगर नगरपालिकालाई रु आठ लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । 

CG

मुख्यमन्त्री शाहले अछाममा आगलागीबाट पीडित भएका परिवार तथा व्यवसायीलाई उक्त सहयोग गर्ने निर्णय भएको बताए । “साँफेबगर बजारमा भएको आगलागीबाट क्षति पुगेका परिवार तथा व्यवसायीलाई मानवीय सहायता स्वरुप तत्कालका लागि रु आठ लाख पालिकामार्फत् उपलब्ध गराउने निर्णय भएको छ”, उनले भने, “सम्बन्धित पालिकाले स्पष्ट मापदण्ड तयार पारेर उक्त मानवीय सहायता रकम आगलागी पीडितलाई वितरण गर्नेछ ।”

त्यसैगरी बैठकले गत भदौमा दार्चुला जिल्लाको व्यास गाउँपालिका–१ स्थित टिङ्कर र छाङरु क्षेत्रमा आएको बाढीपहिरोबाट क्षतिग्रस्त भएका पुलको तत्काल पुनःनिर्माणका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

कञ्चनपुरको लालझाँडी गाउँपालिका, बेलौरी, शुक्लाफाँटा, बेदकोट, भीमदत्त र दोधरा चाँदनी नगरपालिकामा वन्यजन्तुको आक्रमणबाट हुने मानवीय क्षति, मानवबस्तीमा आक्रमण र खेतबारीमा हुने बालीनाली नोक्सानी न्यूनीकरण गर्नका लागि रोकथामका उपाय अवलम्बन गर्न टर्चलाइटलगायत सुरक्षा उपकरण स्थानीयस्तरमा वितरणका लागि आवश्यक प्रबन्ध गर्न उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरिएको मुख्यमन्त्री शाहले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
टी–२० विश्वकपको ट्रफी नेपालमा आउनु गौरवपूर्ण: राष्ट्रपति पौडेल

टी–२० विश्वकपको ट्रफी नेपालमा आउनु गौरवपूर्ण: राष्ट्रपति पौडेल

राष्ट्रपति पौडेलले भने, “नेपाल आज खेलप्रेमी राष्ट्रको रूपमा सशक्त रूपमा स्थापित हुँदै गएको छ । क्रिकेटले देशलाई एकतामा बाँध्ने महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ, यसको व्यावसायिक विकाससँगै खेल...
विधान अनुसार विशेष महाधिवशेनको निर्णय गर्न महाधिवेशन पक्षधरद्वारा पार्टीको ध्यानाकर्षण

विधान अनुसार विशेष महाधिवशेनको निर्णय गर्न महाधिवेशन पक्षधरद्वारा पार्टीको ध्यानाकर्षण

सोमबार पार्टी कार्यालय सानेपामा ध्यानाकर्षण पत्र दर्ता गर्दै उनीहरुले बैशाखमा नियमित महाधिवेशन गर्ने निर्णय सच्चाएर पुषमा विशेष महाधिवशेनको निर्णय गर्न माग गरेका हुन् । कांग्रेस नेता देवराज चालिसेले...
पहिलो पटक नेपालमा आईसीसी टी–२० विश्वकप क्रिकेटको ट्रफी प्रदर्शन(तस्बिरहरु)

पहिलो पटक नेपालमा आईसीसी टी–२० विश्वकप क्रिकेटको ट्रफी प्रदर्शन(तस्बिरहरु)

विश्वकप हुनुअघि विभिन्न देशमा ट्रफी प्रदर्शन गर्ने क्रममा सोमबार राष्ट्रपति कार्यालयमा प्रदर्शन गरिएको छ। आईसीसी टी–२० विश्वकप क्रिकेटको ट्रफी पहिलो पटक ल्याइएको हो ।
रास्वपा र नागरिक उन्मुक्ति पार्टी छाडेका नेताहरुसँगको ९ बुँदे सहमतिमा के छ ?

रास्वपा र नागरिक उन्मुक्ति पार्टी छाडेका नेताहरुसँगको ९ बुँदे सहमतिमा के छ ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नागरिक उन्मुक्ति पार्टी छाडेका नेताहरुसँग ९ बुँदे सहमति गरेको छ । थरुहट थारूवान अभियन्ता र रास्वपाबीच भएको ९ बुँदे सहमति  यस्तो छ ।