नेभिगेशन
मुख्य समाचार

सांसदको काम थिति बसाल्ने होः उपसभापति वाग्ले

दमौली (तनहुँ) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा स्वर्णिम वाग्लेले सांसदको काम देश बनाउने र थिती बसाल्ने भएको बताएका छन् ।

दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई बिहीबार विभिन्न सामग्री हस्तान्तरण गर्दै वाग्लेले भने, “गत उपनिर्वाचनमा तनहुँ क्षेत्र नं १बाट निर्वाचित भएपछि जनताको मसँग धेरै अपेक्षा थियो, सांसदको मूल काम देश बनाउने हो, कानुन बनाउने हो । थिती बसाल्न तपाईहरुले पठाउनुभएको हो भनेर सबैलाई सम्झाएको थिएँ ।”

CG

साना तिना काम गर्न स्थानीय तह छन् भन्ने जनतामा बुझाउन लागेको बताउँदै उनले आफू सांसद हुँदा इमानदार प्रयास गरेको उल्लेख गरे । दमौली खानेपानी उपभोक्ता संस्थाबाट सहयोगको आग्रह गरिएपनि विगतमा सरकारमा नहुँदा बजेट राख्न नसकिएको वाग्लेको भनाइ थियो ।

उनले भने, “खानेपानी जस्तो संवेदनशील विषयमा विगतमा पनि सहयोगको आग्रह गर्नुभएको थियो, सांसदको एकसुको पनि बजेट थिएन । निजी सहयोगकर्ता, दानवीर खोज्दै जाँदा केही सहयोग गर्न सक्यौँ ।”

त्यस्तै, संस्थाका अध्यक्ष बुद्धिमान श्रेष्ठले तीन हजार ८०० निजी धाराबाट २५ हजार बढी जनसङ्ख्याले खानेपानी सुविधा पाइरहेको जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
इरानमा सरकार विरोधी आन्दोलन तीव्र

इरानमा सरकार विरोधी आन्दोलन तीव्र

अमेरिकास्थित मानव अधिकार निगरानी संस्थाका अनुसार प्रदर्शनसँग सम्बन्धित हिंसामा एक सयभन्दा बढीको ज्यान गएको छ भने झन्डै दुई हजार ६०० जनालाई हिरासतमा लिइएको छ । इरानले इन्टरनेट पूर्ण...
विशेष महाधिवेशनः सहभागी नाम दर्ता सुरु

विशेष महाधिवेशनः सहभागी नाम दर्ता सुरु

बिहान ८ बजेदेखि दर्ता प्रक्रिया सुरु गर्ने भनिए पनि ९ बजेदेखि मात्र नाम दर्ता सुरु भएको थियो । विशेष महाधिवेशन जिल्ला क्षेत्र, ‘फोकल पर्सन’ समन्वय समितिका संयोजक युवराज...
मुख्य र निर्वाचन अधिकृतका लागि प्रशिक्षण दिँदै आयोग

मुख्य र निर्वाचन अधिकृतका लागि प्रशिक्षण दिँदै आयोग

सात प्रदेशअन्तर्गतका निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि कूल चार स्थान काठमाडौँ, चितवन, विराटनगर र नेपालगञ्जमा अभिमुखीकरण तालिम दिन लागिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । तालिम...