नेभिगेशन
समाज

सांसदको काम थिति बसाल्ने होः उपसभापति वाग्ले

दमौली (तनहुँ) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा स्वर्णिम वाग्लेले सांसदको काम देश बनाउने र थिती बसाल्ने भएको बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई बिहीबार विभिन्न सामग्री हस्तान्तरण गर्दै वाग्लेले भने, “गत उपनिर्वाचनमा तनहुँ क्षेत्र नं १बाट निर्वाचित भएपछि जनताको मसँग धेरै अपेक्षा थियो, सांसदको मूल काम देश बनाउने हो, कानुन बनाउने हो । थिती बसाल्न तपाईहरुले पठाउनुभएको हो भनेर सबैलाई सम्झाएको थिएँ ।”

Ncell
Extreme Energy

साना तिना काम गर्न स्थानीय तह छन् भन्ने जनतामा बुझाउन लागेको बताउँदै उनले आफू सांसद हुँदा इमानदार प्रयास गरेको उल्लेख गरे । दमौली खानेपानी उपभोक्ता संस्थाबाट सहयोगको आग्रह गरिएपनि विगतमा सरकारमा नहुँदा बजेट राख्न नसकिएको वाग्लेको भनाइ थियो ।

उनले भने, “खानेपानी जस्तो संवेदनशील विषयमा विगतमा पनि सहयोगको आग्रह गर्नुभएको थियो, सांसदको एकसुको पनि बजेट थिएन । निजी सहयोगकर्ता, दानवीर खोज्दै जाँदा केही सहयोग गर्न सक्यौँ ।”

त्यस्तै, संस्थाका अध्यक्ष बुद्धिमान श्रेष्ठले तीन हजार ८०० निजी धाराबाट २५ हजार बढी जनसङ्ख्याले खानेपानी सुविधा पाइरहेको जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
महिला महामन्त्रीमा डिला र डिनाको दाबी

महिला महामन्त्रीमा डिला र डिनाको दाबी

नेपाली कांग्रेसका दुई महिला नेता डिला संग्रौला र महालक्ष्मी उपाध्याय ‘डिना’ ले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
भोटेकोशी बाढीपछिको खोजी र उद्धार स्थगित

भोटेकोशी बाढीपछिको खोजी र उद्धार स्थगित

सरकारले ‘अत्यावश्यक’बाहेक भोटेकोशी–त्रिशूली बाढीपछिको खोज तथा उद्धार चरणलाई स्थगन गर्ने निर्णय गरेको छ।
यस्तो छ गगनले महाधिवेशनमा पेश गरेको प्रतिवेदन (पूर्णपाठ)

यस्तो छ गगनले महाधिवेशनमा पेश गरेको प्रतिवेदन (पूर्णपाठ)

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५ औं महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।
कांग्रेसमा पहिलो पटक वरिष्ठ उपसभापति, महामन्त्री र सहमहामन्त्री पनि थपिने

कांग्रेसमा पहिलो पटक वरिष्ठ उपसभापति, महामन्त्री र सहमहामन्त्री पनि थपिने

पदाधिकारीसहित केन्द्रीय सदस्यहरुमा आकांक्षीको संख्या बढेपछि सबैलाई समेट्न कांग्रेसले विधान संशोधन गरी केन्द्रीय समितिको आकार बनाउँदै पदाधिकारी पनि थप्ने तयारी गरेको हो ।