नेभिगेशन
मुख्य समाचार

काँग्रेस सस्थापन पक्षले भन्यो, ‘विशेष महाधिवशेनको कुनै औचित्य छैन’

काठमाडौँ । नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर नेताहरुले विशेष महाधिवशेनको कुनै औचित्य नभएको टिप्पणी गरेका छन् ।

बिहीबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस १५ औं महाधिवेशन बृहत दबाबमूलक भेलामा बोल्दै उनीहरुले अहिले पार्टीलाई बलियो बनाएर देशमा देखिएका संकट समाधानका लागि ध्यान केन्द्रीत गर्नुपर्ने समयमा विशेष महाधिवशेन गर्ने प्रसतावको कुनै औचित्य नभएको बताएका हुन् ।

उनीहरुले केन्द्रमा पहिले नै पदको बाँडफाँड गरेर विशेष महाधिवशेनको प्रस्ताव ल्याएको आरोप समेत लगाएका छन् । कांग्रेस कोशी प्रदेशका सभापति उद्धव थापाले कांग्रेस एक भएर अघि बढ्नुपर्ने समयमा दुई ध्रुवमा विभाजन हुने अवस्थाको पार्टीले मूल्याङ्कन गर्न जरुरी रहेको बताए ।

उनले अहिले महाधिवशेन गरेर पार्टी बनाउनुभन्दा देश बनाउन जरुरी रहेकाले निर्वाचनलाई सफल बनाउन ध्यान दिनुपर्ने उल्लेख गरेका थिए । निर्वाचन सम्पन्न भएपछि नियमित रुपमा महाधिवेशनमार्फत पार्टीलाई एकढिक्का बनाउनुपर्ने उनले बताए ।

उनले केन्द्रीय समितिले गलत निर्णय गरे परिणाम कसैको लागि पनि राम्रो नहुने धारणा व्यक्त गरे । त्यस्तै कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले पार्टी महामन्त्रीले सामाजिक सञ्जालबाट महाधिवेशनका बारेमा भ्रम छर्न खोजेको आरोप लगाए ।

उनले कसैले दवाव दिएकै आधारमा पार्टीलाई नियमित महाधिवेशनबाट छेक्न नसक्ने जिकिर गरे । कांग्रेसभित्र विशेष महाधिवेशन वा नियमित महाधिवेशन भन्ने विषयमा विवाद छ । विवादकै बीच बिभिन्न पक्षधरले छुट्टाछुट्टै भेला समेत गरिरहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
गौंरीबहादुर कार्कीलाई आयोगको अध्यक्ष बनाएर सरकारले ड्रामा गर्योः अध्यक्ष ओली

गौंरीबहादुर कार्कीलाई आयोगको अध्यक्ष बनाएर सरकारले ड्रामा गर्योः अध्यक्ष ओली

बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा ओलीले वर्तमान सरकार असंवैधानिक भएको दोहराउदै देशलाई छाडा ढंगले चलाउनका लागि संसद भंग गरिएको आरोप लगाए ।
आन्दोलनलाई संस्थागत गर्न जेनजी समूहलाई भट्टराईको सुझाव

आन्दोलनलाई संस्थागत गर्न जेनजी समूहलाई भट्टराईको सुझाव

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र जेनजी समूहबीच बिहीबार यहाँ भएको राजनीतिक संवादमा पार्टीका संस्थापक अध्यक्षसमेत रहेका डा भट्टराईले जेनजी आन्दोलन नयाँ पुस्ताको समग्र आवाज रहेको बताउँदै यसलाई...
सांसदको काम थिति बसाल्ने होः उपसभापति वाग्ले

सांसदको काम थिति बसाल्ने होः उपसभापति वाग्ले

दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई बिहीबार विभिन्न सामग्री हस्तान्तरण गर्दै वाग्लेले भने, “गत उपनिर्वाचनमा तनहुँ क्षेत्र नं १बाट निर्वाचित भएपछि जनताको मसँग धेरै अपेक्षा थियो, सांसदको मूल...

भर्खरै