नेभिगेशन
समाज

काँग्रेस सस्थापन पक्षले भन्यो, ‘विशेष महाधिवशेनको कुनै औचित्य छैन’

काठमाडौँ । नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर नेताहरुले विशेष महाधिवशेनको कुनै औचित्य नभएको टिप्पणी गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस १५ औं महाधिवेशन बृहत दबाबमूलक भेलामा बोल्दै उनीहरुले अहिले पार्टीलाई बलियो बनाएर देशमा देखिएका संकट समाधानका लागि ध्यान केन्द्रीत गर्नुपर्ने समयमा विशेष महाधिवशेन गर्ने प्रसतावको कुनै औचित्य नभएको बताएका हुन् ।

Ncell
Extreme Energy

उनीहरुले केन्द्रमा पहिले नै पदको बाँडफाँड गरेर विशेष महाधिवशेनको प्रस्ताव ल्याएको आरोप समेत लगाएका छन् । कांग्रेस कोशी प्रदेशका सभापति उद्धव थापाले कांग्रेस एक भएर अघि बढ्नुपर्ने समयमा दुई ध्रुवमा विभाजन हुने अवस्थाको पार्टीले मूल्याङ्कन गर्न जरुरी रहेको बताए ।

उनले अहिले महाधिवशेन गरेर पार्टी बनाउनुभन्दा देश बनाउन जरुरी रहेकाले निर्वाचनलाई सफल बनाउन ध्यान दिनुपर्ने उल्लेख गरेका थिए । निर्वाचन सम्पन्न भएपछि नियमित रुपमा महाधिवेशनमार्फत पार्टीलाई एकढिक्का बनाउनुपर्ने उनले बताए ।

उनले केन्द्रीय समितिले गलत निर्णय गरे परिणाम कसैको लागि पनि राम्रो नहुने धारणा व्यक्त गरे । त्यस्तै कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले पार्टी महामन्त्रीले सामाजिक सञ्जालबाट महाधिवेशनका बारेमा भ्रम छर्न खोजेको आरोप लगाए ।

उनले कसैले दवाव दिएकै आधारमा पार्टीलाई नियमित महाधिवेशनबाट छेक्न नसक्ने जिकिर गरे । कांग्रेसभित्र विशेष महाधिवेशन वा नियमित महाधिवेशन भन्ने विषयमा विवाद छ । विवादकै बीच बिभिन्न पक्षधरले छुट्टाछुट्टै भेला समेत गरिरहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विपद्पछिको पुनःनिर्माण र पुनःस्थापनाका लागि ५ खर्ब ५९ अर्ब स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णय

विपद्पछिको पुनःनिर्माण र पुनःस्थापनाका लागि ५ खर्ब ५९ अर्ब स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णय

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकले विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना...
महिला महामन्त्रीमा डिला र डिनाको दाबी

महिला महामन्त्रीमा डिला र डिनाको दाबी

नेपाली कांग्रेसका दुई महिला नेता डिला संग्रौला र महालक्ष्मी उपाध्याय ‘डिना’ ले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
भोटेकोशी बाढीपछिको खोजी र उद्धार स्थगित

भोटेकोशी बाढीपछिको खोजी र उद्धार स्थगित

सरकारले ‘अत्यावश्यक’बाहेक भोटेकोशी–त्रिशूली बाढीपछिको खोज तथा उद्धार चरणलाई स्थगन गर्ने निर्णय गरेको छ।
यस्तो छ गगनले महाधिवेशनमा पेश गरेको प्रतिवेदन (पूर्णपाठ)

यस्तो छ गगनले महाधिवेशनमा पेश गरेको प्रतिवेदन (पूर्णपाठ)

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५ औं महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।