नेभिगेशन
समाज

गौंरीबहादुर कार्कीलाई आयोगको अध्यक्ष बनाएर सरकारले ड्रामा गर्योः अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई छाडा ढंगले चलाउनका लागि सरकारले संसद भंग गरेको आरोप लगाएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा ओलीले वर्तमान सरकार असंवैधानिक भएको दोहराउदै देशलाई छाडा ढंगले चलाउनका लागि संसद भंग गरिएको आरोप लगाए ।

Ncell
Extreme Energy

उनले बिघटित प्रतिनिधिसभाको पुनसर््थापनाको माग गर्दै देशव्यापी आन्दोलन गर्न लागिएको जानकारी दिए । ओलीले पहिले नै फैसला सुनाइसकेको मान्छेलाई जनेजी आन्दोलन जाँचबुझ आयोगको अध्यक्ष बनाएर सरकारले ड्रामा गरेको भन्दै आयोगको निर्णय मान्य नहुने स्पष्ट पारेका थिए ।

निर्वाचनको म्याण्डेड पाएको सरकारले गरेको राजदूत फिर्ता गर्ने काम उचित नभएको उल्लेख गर्दै ओलीले राजदूत फिर्ताका बिषयमा अदालतले गरेको आदेश समेत प्रधानमन्त्रीले उलंघन गरेको धारणा राखेका थिए ।

उनले राजनीतिक दलका नेताहरुको मुख समेत हेर्न नचाहने प्रधानमन्त्रीले तोकिएको समयमा निर्वाचन गर्नेमा आशंका रहेको बताए । अदालतमा आगो लगाउनेहरुबाट बनेको सरकारले निरन्तर रुपमा असंवैधानिक कार्य गरिरहेको उनको भनाइ छ ।

त्यस्तै ओलीले कम्युनिष्ट पार्टीबीच भएको एकताको कुनै अर्थ नरहेको बताए । झलनाथ खनाल आफुसंग कुरा गर्न आएको भन्दै उहाले पदमा कुरा नमिलेपछि माओवादीसंग मिल्न गएको बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विपद्पछिको पुनःनिर्माण र पुनःस्थापनाका लागि ५ खर्ब ५९ अर्ब स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णय

विपद्पछिको पुनःनिर्माण र पुनःस्थापनाका लागि ५ खर्ब ५९ अर्ब स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णय

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकले विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना...
महिला महामन्त्रीमा डिला र डिनाको दाबी

महिला महामन्त्रीमा डिला र डिनाको दाबी

नेपाली कांग्रेसका दुई महिला नेता डिला संग्रौला र महालक्ष्मी उपाध्याय ‘डिना’ ले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
भोटेकोशी बाढीपछिको खोजी र उद्धार स्थगित

भोटेकोशी बाढीपछिको खोजी र उद्धार स्थगित

सरकारले ‘अत्यावश्यक’बाहेक भोटेकोशी–त्रिशूली बाढीपछिको खोज तथा उद्धार चरणलाई स्थगन गर्ने निर्णय गरेको छ।
यस्तो छ गगनले महाधिवेशनमा पेश गरेको प्रतिवेदन (पूर्णपाठ)

यस्तो छ गगनले महाधिवेशनमा पेश गरेको प्रतिवेदन (पूर्णपाठ)

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५ औं महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।