नेभिगेशन
समाज

रास्वपाको बिस्तारित बैठकअघि केन्द्रीय समिति बैठक

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको बिस्तारित बैठक चितवनमा हुँदैछ । बिस्तारिक बैठक सुरु हुनुअघि पार्टीको केन्द्रीय समिति बैठक जारी छ । बिहान ७ बजे बस्ने भनिएको बैठक ८ बजेबाट सुरु भएको हो । यसका कारण बिस्तारित बैठक पनि केही ढिला हुने देखिएको छ । आज ८ बजेबाट बिस्तारित बैठक सुरु हुने भनिएको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैठकले फागुन २१ को निर्वाचन तथा पार्टीको आगामी रणनीति तय गर्नेछ । बैठकमा पार्टी केन्द्रीय सदस्य, सचिवालय सदस्य, सल्लाहकार परिषद्का सदस्य, केन्द्रीय विभागका पदाधिकारी, प्रदेशका सचिवालय सदस्य, प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय सभापति, जिल्ला सभापति, विदेशमा रहेका पार्टी संगठनका पदाधिकारी तथा पालिकाका सभापतिहरूसहित ५१२ जना प्रतिनिधि सहभागी हुँदैछन् ।

Ncell
Extreme Energy

बैठकमा कार्यवाहक सभापति डिपी अर्यालले राजनीतिक प्रतिवेदन पेश गर्ने छन् भने उपसभापति डा स्वर्णिम वाग्लेले निर्वाचन लक्षित वाचा पत्र पेस गर्नेछन् ।

यस्तै महामन्त्री कविन्द्र बुर्लाकोटीले सांगठनिक र सहमहामन्त्री विपिन आचार्यले उम्मेदवार चयनको विधी सम्बन्धी प्रतिवेदन पेस गर्ने रास्वपाले जनाएको छ । 

बैठकमा पेस गरिएका प्रतिवेदनमाथि प्रतिनिधिहरूले छलफल गर्नेछन् । विस्तारित बैठकले पार्टीको महाधिवेशनबारे टुंगो लगाउने छ भने फागुन २१ को निर्वाचनको रणनीति तय गर्ने प्रवक्ता मनिष झाले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यस्तो छ गगनले महाधिवेशनमा पेश गरेको प्रतिवेदन (पूर्णपाठ)

यस्तो छ गगनले महाधिवेशनमा पेश गरेको प्रतिवेदन (पूर्णपाठ)

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५ औं महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।
कांग्रेसमा पहिलो पटक वरिष्ठ उपसभापति, महामन्त्री र सहमहामन्त्री पनि थपिने

कांग्रेसमा पहिलो पटक वरिष्ठ उपसभापति, महामन्त्री र सहमहामन्त्री पनि थपिने

पदाधिकारीसहित केन्द्रीय सदस्यहरुमा आकांक्षीको संख्या बढेपछि सबैलाई समेट्न कांग्रेसले विधान संशोधन गरी केन्द्रीय समितिको आकार बनाउँदै पदाधिकारी पनि थप्ने तयारी गरेको हो ।
कांग्रेस महाधिवेशनको बन्द सत्र शुरू, तीन छुट्टाछुट्टै हलमा छलफल

कांग्रेस महाधिवेशनको बन्द सत्र शुरू, तीन छुट्टाछुट्टै हलमा छलफल

हिमाल हलमा कोशी प्रदेशका १ हजार ११७, कर्णाली प्रदेशका २९९ र गण्डकी प्रदेशका ७१५ गरी २ हजार ३३१ प्रतिनिधि सहभागी छन्। त्यस्तै, पहाड हलमा बागमती प्रदेशका १ हजार...