नेभिगेशन
मुख्य समाचार

रास्वपाको बिस्तारित बैठकअघि केन्द्रीय समिति बैठक

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको बिस्तारित बैठक चितवनमा हुँदैछ । बिस्तारिक बैठक सुरु हुनुअघि पार्टीको केन्द्रीय समिति बैठक जारी छ । बिहान ७ बजे बस्ने भनिएको बैठक ८ बजेबाट सुरु भएको हो । यसका कारण बिस्तारित बैठक पनि केही ढिला हुने देखिएको छ । आज ८ बजेबाट बिस्तारित बैठक सुरु हुने भनिएको थियो । 

बैठकले फागुन २१ को निर्वाचन तथा पार्टीको आगामी रणनीति तय गर्नेछ । बैठकमा पार्टी केन्द्रीय सदस्य, सचिवालय सदस्य, सल्लाहकार परिषद्का सदस्य, केन्द्रीय विभागका पदाधिकारी, प्रदेशका सचिवालय सदस्य, प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय सभापति, जिल्ला सभापति, विदेशमा रहेका पार्टी संगठनका पदाधिकारी तथा पालिकाका सभापतिहरूसहित ५१२ जना प्रतिनिधि सहभागी हुँदैछन् ।

बैठकमा कार्यवाहक सभापति डिपी अर्यालले राजनीतिक प्रतिवेदन पेश गर्ने छन् भने उपसभापति डा स्वर्णिम वाग्लेले निर्वाचन लक्षित वाचा पत्र पेस गर्नेछन् ।

यस्तै महामन्त्री कविन्द्र बुर्लाकोटीले सांगठनिक र सहमहामन्त्री विपिन आचार्यले उम्मेदवार चयनको विधी सम्बन्धी प्रतिवेदन पेस गर्ने रास्वपाले जनाएको छ । 

बैठकमा पेस गरिएका प्रतिवेदनमाथि प्रतिनिधिहरूले छलफल गर्नेछन् । विस्तारित बैठकले पार्टीको महाधिवेशनबारे टुंगो लगाउने छ भने फागुन २१ को निर्वाचनको रणनीति तय गर्ने प्रवक्ता मनिष झाले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
आगामी मङ्सिर १ देखि सर्वोच्च अदालत पूर्णरुपमा सञ्चालन हुने

आगामी मङ्सिर १ देखि सर्वोच्च अदालत पूर्णरुपमा सञ्चालन हुने

सर्वोच्च अदालतको बिहीबार बसेको पूर्ण बैठकलेले आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाट समेतका घटनाबाट बचेका मुद्दाहरु, अवरुद्ध सबै सेवाहरुको नियमित रुपमा सञ्चालन गर्ने निर्णय गरेको हो ।
रास्वपाकाे राजनीतिक प्रतिवेदनमा  वैकल्पिक शक्ति एक हुन यस्तो प्रस्ताव

रास्वपाकाे राजनीतिक प्रतिवेदनमा वैकल्पिक शक्ति एक हुन यस्तो प्रस्ताव

अर्यालले पार्टी कब्जा गर्ने नियतको भने खुला प्रतिवाद गर्ने बताएका छन् । ‘यो पार्टीको इतिहास र पहिचान उहाँहरूले पनि बुझ्नु पर्छ । पार्टी बनाउने चाहानालाई स्वागत छ ।...
जेन–जी आन्दोलनको मुख्य कारक पुराना दल र उनीहरुका हर्कत हुन्ः रास्वपा कार्यबाहक सभापति अर्याल

जेन–जी आन्दोलनको मुख्य कारक पुराना दल र उनीहरुका हर्कत हुन्ः रास्वपा कार्यबाहक सभापति अर्याल

सो क्रममा उनले आफ्नो पार्टी र पार्टी सभापतिले समेत यसबारे सचेत गराउँदै आएको बताए । ‘जेन–जी आन्दोलनको मुख्य कारक पुराना दलका हर्कत र जनविरोधी गतिविधि हुन् । आधार...