नेभिगेशन
मुख्य समाचार

सम्झौता कार्यन्वयन नभएको भन्दै, स्थानीयद्वारा मेलम्चीको पानीमा रोक

काठमाडौँ । आफ्ना माग पुरा नभएको भन्दै भेण्डर, मेलम्ची बाढी पीडितलगायतका समितिहरुको समूहले मेलम्ची खानेपानी काठमाडौँ पथान्तरण बन्द गरेका छन् ।

मेलम्ची खानेपानी आयोजना अन्तर्गतको मुहान क्षेत्रमा बिहीबार स्थानीयवासीले काठमाडौँ पथान्तरण गरिने पानी बन्द गरेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगरनाथ दासले जानकारी दिए ।

CG

उनले भने, “गतवर्ष तत्कालीन खानेपानीमन्त्री प्रदीप यादवसँग भएको सम्झौता कार्यान्वयनको माग गर्दै स्थानीयले आज मुहान बन्द गर्नु भएको छ । मुहान बन्द गरिएपछि बिहीबार दिउँसोदेखि काठमाडौँमा आउने मेलम्चीको पानी पूर्ण रूपमा रोकिएको छ ।”

विसं २०७८ सालको बाढीपहिरो पीडितलगायतका अन्य पीडितहरुका माग पूरा नभएको भन्दै स्थानीयवासीले पानी बन्द गरेका हुन् । वर्षा सुरु भएपछि गएको असारमा बन्द गरिएको मेलम्चीको पानी आपूर्ति गत असोज २६ गतेदेखि सुरु गरिएको थियो ।

मेलम्चीको पानी काठमाडौँमा आपूर्तिका लागि आन्दोलनरत पक्षसँग कुरा गरी निकास निकालिने कार्यकारी निर्देशक दासले बताए । सिन्धुपाल्चोक र काभ्रेका चार वटा सरोकार समितिले एक हप्ता अघि काठमाडौँको पानीपोखरीस्थित मेलम्ची खानेपानी कार्यालयमा तालाबन्दी समेत गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
इरानमा सरकार विरोधी आन्दोलन तीव्र

इरानमा सरकार विरोधी आन्दोलन तीव्र

अमेरिकास्थित मानव अधिकार निगरानी संस्थाका अनुसार प्रदर्शनसँग सम्बन्धित हिंसामा एक सयभन्दा बढीको ज्यान गएको छ भने झन्डै दुई हजार ६०० जनालाई हिरासतमा लिइएको छ । इरानले इन्टरनेट पूर्ण...
विशेष महाधिवेशनः सहभागी नाम दर्ता सुरु

विशेष महाधिवेशनः सहभागी नाम दर्ता सुरु

बिहान ८ बजेदेखि दर्ता प्रक्रिया सुरु गर्ने भनिए पनि ९ बजेदेखि मात्र नाम दर्ता सुरु भएको थियो । विशेष महाधिवेशन जिल्ला क्षेत्र, ‘फोकल पर्सन’ समन्वय समितिका संयोजक युवराज...
मुख्य र निर्वाचन अधिकृतका लागि प्रशिक्षण दिँदै आयोग

मुख्य र निर्वाचन अधिकृतका लागि प्रशिक्षण दिँदै आयोग

सात प्रदेशअन्तर्गतका निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि कूल चार स्थान काठमाडौँ, चितवन, विराटनगर र नेपालगञ्जमा अभिमुखीकरण तालिम दिन लागिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । तालिम...