नेभिगेशन
समाज

रास्वपाको विस्तारित बैठक चितवनमा सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठक चितवनमा सुरु भएको छ । बिहान १० बजेदेखि सुरुहुने भनिएकौ बैठक विभिन्न कारणले गर्दा केहि ढिलो गरी सुरुभएको रास्वपाले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कात्तिक १४ र १५ गते गरी दुई सम्म चल्ने बैठकमा फागुन २१ को निर्वाचन तथा पार्टीको आगामी रणनीति तय गर्नेछ । बैठकमा पार्टी केन्द्रीय सदस्य, सचिवालय सदस्य, सल्लाहकार परिषद्का सदस्य, केन्द्रीय विभागका पदाधिकारी, प्रदेशका सचिवालय सदस्य, प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय सभापति, जिल्ला सभापति, विदेशमा रहेका पार्टी संगठनका पदाधिकारी तथा पालिकाका सभापतिहरूसहित ५ सय बढी प्रतिनिधि सहभागीता जनाएको रास्वपाले जनाएको छ ।

Ncell
Extreme Energy

बैठकमा कार्यवाहक सभापति डिपी अर्यालले राजनीतिक प्रतिवेदन पेश गर्ने छन् भने अहिले उपसभापति डा स्वर्णिम वाग्लेले निर्वाचन लक्षित वाचा पत्र पेस गरिरहेका छन् ।

यस्तै महामन्त्री कविन्द्र बुर्लाकोटीले सांगठनिक र सहमहामन्त्री विपिन आचार्यले उम्मेदवार चयनको विधी सम्बन्धी प्रतिवेदन पेस गर्ने रास्वपाले जनाएको छ । 

बैठकमा पेस गरिएका प्रतिवेदनमाथि प्रतिनिधिहरूले छलफल गर्नेछन् । विस्तारित बैठकले पार्टीको महाधिवेशनबारे टुंगो लगाउने छ भने फागुन २१ को निर्वाचनको रणनीति तय गर्ने प्रवक्ता मनिष झाले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यस्तो छ गगनले महाधिवेशनमा पेश गरेको प्रतिवेदन (पूर्णपाठ)

यस्तो छ गगनले महाधिवेशनमा पेश गरेको प्रतिवेदन (पूर्णपाठ)

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५ औं महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।
कांग्रेसमा पहिलो पटक वरिष्ठ उपसभापति, महामन्त्री र सहमहामन्त्री पनि थपिने

कांग्रेसमा पहिलो पटक वरिष्ठ उपसभापति, महामन्त्री र सहमहामन्त्री पनि थपिने

पदाधिकारीसहित केन्द्रीय सदस्यहरुमा आकांक्षीको संख्या बढेपछि सबैलाई समेट्न कांग्रेसले विधान संशोधन गरी केन्द्रीय समितिको आकार बनाउँदै पदाधिकारी पनि थप्ने तयारी गरेको हो ।
कांग्रेस महाधिवेशनको बन्द सत्र शुरू, तीन छुट्टाछुट्टै हलमा छलफल

कांग्रेस महाधिवेशनको बन्द सत्र शुरू, तीन छुट्टाछुट्टै हलमा छलफल

हिमाल हलमा कोशी प्रदेशका १ हजार ११७, कर्णाली प्रदेशका २९९ र गण्डकी प्रदेशका ७१५ गरी २ हजार ३३१ प्रतिनिधि सहभागी छन्। त्यस्तै, पहाड हलमा बागमती प्रदेशका १ हजार...