नेभिगेशन
मुख्य समाचार

७८ दिनदेखि हिरासतमा रहेका सुनारको मृत्यु, आज मुद्दाको पेसी थियो

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेत हिरासतमा एक जना थुनुवाको मृत्यु भएको छ । शुक्रबार बिहान लागूऔषध कारोबार मुद्दामा थुनामा रहेका जिल्लाको वीरेन्द्रनगर नगरपालिका–११ पिपिराका ३५ वर्षीय गङ्गे सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढथापाले शुक्रबार बिहान कर्णाली प्रदेश अस्पतालमा सुनारको उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।

CG

उनका अनुसार सुनार शुक्रबार बिहान ओछ्यानमा बेहोस अवस्थामा भेटिएका थिए । “उहाँसँगै सुतेका साथीहरूले बिहान उठाउन खोज्दा नउठेपछि ड्युटीमा भएका प्रहरीलाई खबर गरेका थिए”, उनले भने, “हामीले तत्कालै प्रदेश अस्पतालमा उपचारका लागि पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गर्नुभएको हो ।”

प्रहरी नायब उपरीक्षक बुढथापाका अनुसार सुनारको मृत्युपछि हिरासतमा जडान गरिएको ‘सिसिटिभी फुटेज’ हेरिएको छ । उनले भने, “फुटेजमा सुत्नुअघि बाथरुमबाट टाउको नुहाएर बाहिर निस्किएका थिए । उनी सुतेको समयमा घुर्ने भएकाले राति साथीहरूले नघुर्न भनेर उठाएको फुटेजमा देखिएको छ”, ।

सुनार ७८ दिनदेखि हिरासतमा रहेका प्रहरी नायब उपरीक्षक बुढथापाले बताए । उनका अनुसार चार दिनअघि सरकारी वकिल कार्यालयमा मुद्दा गएर आज मृतक सुनारको मुद्दामा पेसी थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
निर्वाचनमा उम्मेदवारले कति खर्च गर्न पाउँछन् ?

निर्वाचनमा उम्मेदवारले कति खर्च गर्न पाउँछन् ?

काभ्रेपलान्चोकका दुइवटै निर्वाचन क्षेत्र, मकवानपुरका दुई, गोरखाको एक, लम्जुङको एक, अर्घाखाँची, रोल्पा, प्यूठान, दाङको एक, बर्दियाका दुई, सल्यान, डोल्पा, हुम्ला, जाजरकोट, बझाङ, डोटी र बैतडीका उम्मेदवारले मात्रै रु...
बुद्ध एयर जहाज दुर्घटना अपडेट : सहचालक सहित सात  यात्रु सामान्य घाइते,छ जना  सामान्य उपचारपछि  ’डिस्चार्ज’

बुद्ध एयर जहाज दुर्घटना अपडेट : सहचालक सहित सात  यात्रु सामान्य घाइते,छ जना  सामान्य उपचारपछि  ’डिस्चार्ज’

घाइतेलाई नेपाल प्रहरीको उद्धार टोलीले तत्कालै भद्रपुरको ओमसाई पाथिभरा हस्पिटलमा उपचारका लागि पुर्याएको थियो । टाउको र अनुहारमा चोट लागेका को–पाइलट २४ वर्षीय सुशान्त श्रेष्ठको अस्पतालमा उपचार भइरहेको...
समानुपातिक सूचीबाट फिर्ता भए आशिफ साह, भन्छन्ः अब प्रत्यक्ष चुनाव लड्छु

समानुपातिक सूचीबाट फिर्ता भए आशिफ साह, भन्छन्ः अब प्रत्यक्ष चुनाव लड्छु

साहले आफू सक्रिय राजनीतिमा नलागे पनि देश निर्माणप्रति गहिरो चासो रहेको उल्लेख गरेका छन् । बालेन–रवि–कुलमानको सहकार्य सम्भव होस् भन्ने उद्देश्यले भएका प्रयासहरूमा आफू नजिकबाट संलग्न रहेको र...
झापाको चन्द्रगडी विमानस्थलमा चिप्लिएको जहाज कति पुरानो ?

झापाको चन्द्रगडी विमानस्थलमा चिप्लिएको जहाज कति पुरानो ?

फ्रान्सको एयर क्यालिडोनिया नामक एयरलाइन्स कम्पनीले सन २००७ अक्टोबरमा पहिलोपटक सञ्चालनमा ल्याएको यो सन् २०१८ जनवरीमा नेपालको बुद्ध एयरले खरिद गरेर उडाइरहेको छ ।  यो जहाजले करिब १८...