नेभिगेशन
समाज

स्थापनाको ४० महिनामा ७४ जिल्लामा फैलियो रास्वपा, ५५० पालिका र ४ हजार वटा वडास्तरीय समिति

स्थापना भएको छोटो समयमै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशको बलियो राजनीतिक शक्तिको रुपमा स्थापित भएको छ। पार्टी स्थापना भएको ४० महिनामा पार्टी देशको ७४ वटा जिल्लामा फैलिएको सो पार्टीले जनाएको छ। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चितवनको सौराहामा जारी पार्टीको विस्तारित बैठकमा पार्टीका कार्यवाहक सभापति डिपी अर्यालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा यो विवरण उल्लेख छ । कार्यवाहक सभापति अर्यालकाअनुसार रास्वपाको पार्टी सदस्य संख्या ३ लाख पुगेको छ । 

Ncell
Extreme Energy

यस्तै कुल ७७ जिल्ला मध्ये ७४ जिल्लामा पार्टी फैलिएको छ । हिमाली तीन जिल्लामा भने सङ्गठन निर्माण हुन बाँकी रहेको सो पार्टीले जनाएको छ । 
देशभरका ७५३ पालिका मध्ये ५५० वटा पालिकामा रास्वपाको संगठन बिस्तार भएको छ । 

यस्तै ४ हजार वडामा समिति बनेको पार्टीले जनाएको छ । यस्तै, पार्टीका अनुसार देशका २ हजार ५ सय वडा र ५० पालिकामा पार्टीको अधिवेशन भएको कार्यवाहक सभापति डिपी अर्यालद्धारा प्रस्तुत प्रतिवेदनान उल्लेख छ । 

यस्तै, ३५ देशमा रास्वपा विस्तार भएको पनि रास्वपाले जनाएको छ। रास्वपामा अहिले ६२ सदस्यीय केन्द्रीय समिति, एक सल्लाहकार परिषद्, २ वटा आयोग, ३८ विभाग, ७ प्रदेश समिति र ती अन्तर्गत विभागहरू रहेको राजनीतिक प्रतिवेदनमा उल्लेख छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विचौलियाविरुद्ध निर्मम बन्यो सरकार, अब सरकारी कार्यालय वरिपरी देखिए सिधै पक्राउ गरिने

विचौलियाविरुद्ध निर्मम बन्यो सरकार, अब सरकारी कार्यालय वरिपरी देखिए सिधै पक्राउ गरिने

सरकारले विचौलियाविरुद्ध कडा निर्णय लिएको छ ।
त्रिशूलीको निरन्तर कटानले जोखिममा दर्शनटार बस्ती

त्रिशूलीको निरन्तर कटानले जोखिममा दर्शनटार बस्ती

भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीपछि निरन्तर भइरहेको कटानका कारण नुवाकोटको तारकेश्वर गाउँपालिका–४ स्थित दर्शनटार बस्ती जोखिममा परेको छ।
निर्माणको अन्तिम चरणमा चार लेनको आर्क पुल

निर्माणको अन्तिम चरणमा चार लेनको आर्क पुल

मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथिको चार लेनको आर्क पुल निर्माणको अन्तिम चरणमा पुगेको छ।