नेभिगेशन
समाज

स्थापनाको ४० महिनामा ७४ जिल्लामा फैलियो रास्वपा, ५५० पालिका र ४ हजार वटा वडास्तरीय समिति

स्थापना भएको छोटो समयमै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशको बलियो राजनीतिक शक्तिको रुपमा स्थापित भएको छ। पार्टी स्थापना भएको ४० महिनामा पार्टी देशको ७४ वटा जिल्लामा फैलिएको सो पार्टीले जनाएको छ। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चितवनको सौराहामा जारी पार्टीको विस्तारित बैठकमा पार्टीका कार्यवाहक सभापति डिपी अर्यालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा यो विवरण उल्लेख छ । कार्यवाहक सभापति अर्यालकाअनुसार रास्वपाको पार्टी सदस्य संख्या ३ लाख पुगेको छ । 

Marvel

यस्तै कुल ७७ जिल्ला मध्ये ७४ जिल्लामा पार्टी फैलिएको छ । हिमाली तीन जिल्लामा भने सङ्गठन निर्माण हुन बाँकी रहेको सो पार्टीले जनाएको छ । 
देशभरका ७५३ पालिका मध्ये ५५० वटा पालिकामा रास्वपाको संगठन बिस्तार भएको छ । 

यस्तै ४ हजार वडामा समिति बनेको पार्टीले जनाएको छ । यस्तै, पार्टीका अनुसार देशका २ हजार ५ सय वडा र ५० पालिकामा पार्टीको अधिवेशन भएको कार्यवाहक सभापति डिपी अर्यालद्धारा प्रस्तुत प्रतिवेदनान उल्लेख छ । 

यस्तै, ३५ देशमा रास्वपा विस्तार भएको पनि रास्वपाले जनाएको छ। रास्वपामा अहिले ६२ सदस्यीय केन्द्रीय समिति, एक सल्लाहकार परिषद्, २ वटा आयोग, ३८ विभाग, ७ प्रदेश समिति र ती अन्तर्गत विभागहरू रहेको राजनीतिक प्रतिवेदनमा उल्लेख छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ऊर्जामन्त्री श्रेष्ठ स्वेदश फिर्ता

ऊर्जामन्त्री श्रेष्ठ स्वेदश फिर्ता

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ स्वदेश फर्किएका छन् ।
पत्रकार धरपकडको घटनामा छानबिन गरी दोषिलाई कारवाही गर्न सरकारलाई रास्वपाको निर्देशन

पत्रकार धरपकडको घटनामा छानबिन गरी दोषिलाई कारवाही गर्न सरकारलाई रास्वपाको निर्देशन

पार्टी कार्यालय बनस्थलीमा शनिबार बसेको रास्वपा सचिवालय बैठकले पत्रकारहरुमाथि भएको धरपकड गलत भएको निष्कर्ष निकाल्दै कुनै ढिलासुस्ती नगरि धरपकडको घटनाको छानबिन गर्दै दोषिलाई कारवाही गर्न सरकारलाई निर्देशन दिएको...
विवादित न्यायाधीशलाई महाअभियोग लगाउने रास्वपाको तयारी, सदंदीय दललाई प्रक्रिया अघि बढाउन निर्देशन

विवादित न्यायाधीशलाई महाअभियोग लगाउने रास्वपाको तयारी, सदंदीय दललाई प्रक्रिया अघि बढाउन निर्देशन

‘यो क्षेत्र (न्यायालय) को पनि पुनर्संरचना हुनुपर्छ भन्ने महसुस पार्टीले गरेको छ,’ खरेलले भने । औपचारिकरुपमा प्रवक्ता खरेलले न्याय क्षेत्रमाथि उठेका विषहरूको निरुपण गर्ने प्रक्रिया अघि बढाउनका लागि...
संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठुलो केही छैनः रवि लामिछाने

संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठुलो केही छैनः रवि लामिछाने

‘यसमा कहिले पनि दुविधा कसैले गर्नुपर्दैन । संविधान र लोकतन्त्र भन्दा माथि कोही पनि छैन । यसमा आँच आउने कुनै पनि क्रियाकलाप जो कोहीले पनि गरेको छ भने...