नेभिगेशन
समाज

जेन–जी आन्दोलनको मुख्य कारक पुराना दल र उनीहरुका हर्कत हुन्ः रास्वपा कार्यबाहक सभापति अर्याल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यावाहक सभापति डोलप्रसाद डिपी अर्यालले अहिलेको परिस्थितिको कारक पुराना राजनीतिक दल र उनीहरुको हर्कत नै भएको बताएका छन् । चितवनमा जारी बिस्तारित बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै कार्यबाहक सभापति अर्यालले पछिल्लो समय सिर्जित अवस्थाको कारक दलीय सिण्डिकेट, राज्य दोहन र भ्रष्टाचार/कुशासन भएको बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सो क्रममा उनले आफ्नो पार्टी र पार्टी सभापतिले समेत यसबारे सचेत गराउँदै आएको बताए । ‘जेन–जी आन्दोलनको मुख्य कारक पुराना दलका हर्कत र जनविरोधी गतिविधि हुन् । आधार चाहिँ तिनैमार्फत सिर्जित दलीय सिण्डिकेट, राज्य दोहन र भ्रष्टाचार/कुशासन नै हो ।’, अर्यालले भने, ‘हामीले पनि निरन्तर सचेत गराउँदै आएका थियौं– संसदीय अंकगणितको बलमा शासकीय अहंकार, दम्भ र अर्कमण्यता बढ्दै गयो भने नागरिकमा चुँलिदै गएको आक्रोश विस्फोट हुनेछ । सभापति रवि लामिछानेज्यूले कांग्रेस–एमालेको सहकार्यमा सरकार बने लगत्तै त्यसलाई ‘अन्तिम भोज’को संज्ञा दिँदै यस्तो समीकरण पनि असफल हुँदाको नतिजा कल्पना गर्नुभएको  छ? भनेर प्रश्न गर्नुभएको थियो ।’ 
 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यस्तो छ गगनले महाधिवेशनमा पेश गरेको प्रतिवेदन (पूर्णपाठ)

यस्तो छ गगनले महाधिवेशनमा पेश गरेको प्रतिवेदन (पूर्णपाठ)

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५ औं महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।
कांग्रेसमा पहिलो पटक वरिष्ठ उपसभापति, महामन्त्री र सहमहामन्त्री पनि थपिने

कांग्रेसमा पहिलो पटक वरिष्ठ उपसभापति, महामन्त्री र सहमहामन्त्री पनि थपिने

पदाधिकारीसहित केन्द्रीय सदस्यहरुमा आकांक्षीको संख्या बढेपछि सबैलाई समेट्न कांग्रेसले विधान संशोधन गरी केन्द्रीय समितिको आकार बनाउँदै पदाधिकारी पनि थप्ने तयारी गरेको हो ।
कांग्रेस महाधिवेशनको बन्द सत्र शुरू, तीन छुट्टाछुट्टै हलमा छलफल

कांग्रेस महाधिवेशनको बन्द सत्र शुरू, तीन छुट्टाछुट्टै हलमा छलफल

हिमाल हलमा कोशी प्रदेशका १ हजार ११७, कर्णाली प्रदेशका २९९ र गण्डकी प्रदेशका ७१५ गरी २ हजार ३३१ प्रतिनिधि सहभागी छन्। त्यस्तै, पहाड हलमा बागमती प्रदेशका १ हजार...