नेभिगेशन
समाज

रास्वपाकाे राजनीतिक प्रतिवेदनमा वैकल्पिक शक्ति एक हुन यस्तो प्रस्ताव

‘पार्टी बनाउने चाहानालाई स्वागत छ, कब्जा गर्ने नियत स्वीकार्य छैन’

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यावाहक सभापति डोलप्रसाद अर्यालले जनअनुमोदनका दृष्टिले सबैभन्दा दल हुनुको नाताले परिवर्तनकारी दल, संगठन, समूह वा व्यक्तिलाई एकीकृत गर्ने जिम्मेवारी रास्वपाको भएको बताएका छन् । उनले सबैलाई स्वागत गर्न आफूहरु तयार रहेको बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चितवनमा आयोजित बिस्तारित बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै कार्यबाहक सभापति अर्यालले पार्टी स्थापनाकै समयमा अहिले नाम चर्चामा आएका व्यक्तिहरु छलफल गरेको त उनीहरु नपत्याएको बताएका छन् । ‘पार्टी स्थापना गर्दा अहिले नाम आएका सबैसँग सँगै जाऊँ भनेर कुरा गर्दाको साक्षी मै हुँ । तर, त्यसबेला उहाँहरूले पत्याउनु भएन । अहिले पनि हामी उहाँहरूलाई हार्दिकतापूर्वक स्वागत गर्न चाहन्छौ ।’ 

Ncell
Extreme Energy

अर्यालले पार्टी कब्जा गर्ने नियतको भने खुला प्रतिवाद गर्ने बताएका छन् । ‘यो पार्टीको इतिहास र पहिचान उहाँहरूले पनि बुझ्नु पर्छ । पार्टी बनाउने चाहानालाई स्वागत छ । तर, ‘कब्जा’ गर्ने नियतको चाहिँ खुला प्रतिवाद गछौँ नै ।’ 
उनले तत्कालीन सरकारले राजनीतिक स्वार्थ प्रेरित भएर तथ्यहीन अभियोग लगाएका कारण पनि सिंगो पार्टीपंक्ति सभापति रवि लामिछानेविरुद्धको षड्यन्त्रमा उभिएको बताएका छन् ।  ‘राज्यले नै षड्यन्त्रमूलक रुपमा नेतृत्वको बद्नामीसँगै पार्टीलाई कमजोर बनाउन खोज्छ भने त्यसविरुद्ध संस्थागत प्रतिवाद गर्नु हाम्रो कर्तव्य हो ।’ अर्यालले भने, ‘हामी न मुद्दामा चुकेका छौं, न कर्तव्यमा । सभापति र उहाँका मुद्दालाई जोडेर पार्टीप्रति गरिँदै आएको कुप्रचार हामीमाथिको समग्र षड्यन्त्रकै अशं हो भन्नेमा हामी सचेत छौं ।’ 

पार्टीको बिस्तारित बैठक शनिबारसम्म चल्नेछ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विचौलियाविरुद्ध निर्मम बन्यो सरकार, अब सरकारी कार्यालय वरिपरी देखिए सिधै पक्राउ गरिने

विचौलियाविरुद्ध निर्मम बन्यो सरकार, अब सरकारी कार्यालय वरिपरी देखिए सिधै पक्राउ गरिने

सरकारले विचौलियाविरुद्ध कडा निर्णय लिएको छ ।
त्रिशूलीको निरन्तर कटानले जोखिममा दर्शनटार बस्ती

त्रिशूलीको निरन्तर कटानले जोखिममा दर्शनटार बस्ती

भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीपछि निरन्तर भइरहेको कटानका कारण नुवाकोटको तारकेश्वर गाउँपालिका–४ स्थित दर्शनटार बस्ती जोखिममा परेको छ।
निर्माणको अन्तिम चरणमा चार लेनको आर्क पुल

निर्माणको अन्तिम चरणमा चार लेनको आर्क पुल

मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथिको चार लेनको आर्क पुल निर्माणको अन्तिम चरणमा पुगेको छ।