नेभिगेशन
समाज

छैटौं शताव्दीको ऐतिहासिक ब्रह्मा मन्दिरको पुनःनिर्माण

काठमाडौँ । काठमाडौं महानगर–८ जयबागेश्वरी गायत्री मार्गमा रहेको छैटौं शताव्दीको ऐतिहासिक ब्रह्मा मन्दिरको पुनःनिर्माण गरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पुनःनिर्माण सम्पन्न भएको शुक्रबार ब्रह्मा मन्दिरको काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनिता डंगोलले उद्घाटन गरेका हुन ।मन्दिरको उद्घाटन पछि महानगर प्रमुख बालेन्द्र शाह कार्यक्रमबाट बाहिरिएका थिए ।

Ncell
Extreme Energy

भने उपप्रमुख डंगोलले छैटौं शताव्दीको ऐतिहासिक ब्रह्मा मन्दिर पुनःनिर्माण हुन ऐतिहासिक कार्य भएको बताइन । डंगोलले सम्पदा संरक्षणमा महानगरले प्रमुखताका साथ काम गरिरहेको उल्लेख गरे ।

महानगरबाट हराएका मूर्त तथा अमूर्त सम्पदाहरुलाई पुनस्थापन पर्ने काम गरिरहेको र अन्य देशमा रहेका नेपालका मूर्तिहरुलाई स्वदेश फर्काउन पनि पहल गरिरहेको उनले बताइन ।

काठमाडौं महानगर वडा ८ का वडाअध्यक्ष आशामान संगतले दुई तल्ला रहेको प्यागोडा शैलीमा मन्दिर निर्माण गरिएको जानकारी दिए ।
उक्त ऐतिहासिक मन्दिरको गत माघ ७ गते पुनःनिर्माणका लागि शिलान्यास गरिएको थियो । हराएकै एक सय वर्षभन्दा धेरै समय भएको मन्दिरको ऐतिहासिकता उत्खनन गरिएको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

अविरल वर्षाका कारण बाढी, पहिरो तथा सडक अवरुद्ध हुनसक्ने र त्यसबाट सम्भावित दुर्घटना तथा क्षति हुनसक्ने जोखिमलाई ध्यानमा राखेर तराई, भित्री मधेस, पहाड तथा हिमाली क्षेत्रका २५ जिल्लामा...
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

निरन्तर वर्षाका कारण घरभन्दा माथि निर्माण गरिएको नयाँ मोटरबाटोबाट लेदोसहित ढुङ्गामाटो बगेर आउँदा स्थानीय केसुराम सारुमगर र रामबहादुर उचईका कच्ची घर पहिराले ढलाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी...
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

सडकमा रोकिएर बसेका पोखरातर्फ जाने र नारायणगढतर्फ आउने सवारीसाधनलाई आज दिउँसो पार गराइएको छ । दुवै सडकका विभिन्न ठाउँहरूमा ढुङ्गा र लेदोसहितको पहिरो खसिरहेकाले सञ्चालनमा ल्याउन नसकिएको उनले...
कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

जारी वर्षा र बाढीको असर कांग्रेस महाधिवेशनमा पनि परेको छ । निर्धारित समयभित्र सबै पालिकामा अधिवेशन सम्पन्न नहुँदै क्षेत्रीय अधिवेशन पनि प्रभावित भएको छ ।