नेभिगेशन
मुख्य समाचार

भिरालो पाखो सम्याएर म्याग्दीमा खेलमैदान निर्माण

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–२ लाम्पाटामा खेलमैदान निर्माण भएको छ । मङ्गला शिक्षा क्याम्पसको छात्राबास परिसरमा रहेको पाखो सम्माएर खेलमैदान निर्माण गरिएको हो ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष यामबहादुर थापाले ‘सेभेन ए साइड’ फुटबल, भलिबल, बास्केटबल, क्रिकेट र एथलेटिक्स विधाका खेल सञ्चालन गर्न सकिने खेलमैदान निर्माण भएको जानकारी दिए ।

CG

“तीव्र रूपमा बजार विस्तार भएको गाउँपालिकाको केन्द्र बाबियाचौरमा खुला ठाउँको अभावका कारण खेलमैदान नहुँदा खेलाडीलाई समस्या भएको थियो”, उनले भने, “नजिकैको लाम्पाटामा खेलमैदान बनेपछि क्याम्पसका विद्यार्थीका साथै खेलाडीलाई पनि सहज भएको छ ।”

क्याम्पसको छात्राबास भवन निर्माणका क्रममा पछाडिको भागमा गत वर्ष पक्की पर्खाल निर्माण गरेर पाखोको जग्गा उकास गरिएको थियो । चालु आर्थिक वर्षमा गाउँपालिकाले विनियोजन गरेको रु पाँच लाख बजेटबाट पाखो सम्याएर खेलमैदान तयार पारिएको हो ।

गाउँपालिकाका प्राविधिक शाखाका प्रमुख रुचेन्द्र अधिकारीले उक्त खेल मैदानको लम्बाइ ७५ मिटर र चौडाइ ३८ देखि ४० मिटर रहेको जानकारी दिए । नयाँ खेलमैदानमा बिहीबारदेखि गाउँपालिकास्तरीय छैठौँ राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता सञ्चालन भएको छ ।

क्याम्पसको पूर्वाधारको अवस्थाका विषयमा समुदायस्तरमा प्रचारप्रसार गर्न सहयोग पुगोस् भनेर नयाँ खेलमैदानमा प्रतियोगिता सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए । खेलमैदानको कुनातर्फ प्याराफिट, छेउमा मञ्च र डिलतर्फ तारबार लगाएर व्यवस्थित बनाइने उनले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
इरानमा सरकार विरोधी आन्दोलन तीव्र

इरानमा सरकार विरोधी आन्दोलन तीव्र

अमेरिकास्थित मानव अधिकार निगरानी संस्थाका अनुसार प्रदर्शनसँग सम्बन्धित हिंसामा एक सयभन्दा बढीको ज्यान गएको छ भने झन्डै दुई हजार ६०० जनालाई हिरासतमा लिइएको छ । इरानले इन्टरनेट पूर्ण...
विशेष महाधिवेशनः सहभागी नाम दर्ता सुरु

विशेष महाधिवेशनः सहभागी नाम दर्ता सुरु

बिहान ८ बजेदेखि दर्ता प्रक्रिया सुरु गर्ने भनिए पनि ९ बजेदेखि मात्र नाम दर्ता सुरु भएको थियो । विशेष महाधिवेशन जिल्ला क्षेत्र, ‘फोकल पर्सन’ समन्वय समितिका संयोजक युवराज...
मुख्य र निर्वाचन अधिकृतका लागि प्रशिक्षण दिँदै आयोग

मुख्य र निर्वाचन अधिकृतका लागि प्रशिक्षण दिँदै आयोग

सात प्रदेशअन्तर्गतका निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि कूल चार स्थान काठमाडौँ, चितवन, विराटनगर र नेपालगञ्जमा अभिमुखीकरण तालिम दिन लागिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । तालिम...