नेभिगेशन
समाज

अध्यक्ष चन्दले भने, ‘नेपाली क्रिकेटको स्वर्णिम युग सुरु’

कैलाली । नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेटको स्वर्णिम युग सुरु भएको बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफी टुरका क्रममा कैलालीको टीकापुर उद्यानमा भएको ट्रफी टुरको शुभारम्भ कार्यक्रममा अध्यक्ष चन्दले पछिल्लो समयमा नेपालमा लोकप्रिय खेलका रुपमा क्रिकेट उदाएको बताए ।

Ncell
Extreme Energy

“यो क्रिकेटको स्वर्णिम युग हो । यसभन्दा पहिले नेपाली क्रिकेट यो उचाइमा कहिल्यै पुगेको थिएन,” उनले भने, “यो अवस्थासम्म पुग्नका लागि नेपाली क्रिकेटलाई माया गर्ने क्रिकेटप्रेमीको महत्वपूर्ण हात छ ।”

नेपाललाई विश्वमा चिनाउनका लागि क्रिकेटले विशेष भूमिका खेलेको उल्लेख गर्दै अध्यक्ष चन्दले विश्वभरबाट माया र सहानुभूति पाइरहेको बताए । नेपाल प्रिमियर लिग (एनपिएल)ले क्रिकेटलाई थप बलियो बनाएको भन्दै उहाँले खेलाडीहरुलाई व्यावसायिक बनाउनमा मद्दत गर्दै गएको उल्लेख गरे । 

“अहिले क्रिकेट सबैभन्दा बढी लोकप्रिय खेल बनेको छ । यसमा हामीलाई गर्व महसुस हुन्छ,” अध्यक्ष चन्द भन्छन् । “एनपिएल सुरु भएपछि झन् क्रिकेट खेलाडी उत्पादन हुने क्रम बढ्दै गएको पाइन्छ । यो खुसीको कुरा हो ।” 

खेलकुदका क्षेत्रमा सधैँ सुदूरपश्चिम अग्रपङ्क्तिमा देखिने गरेको बताउँदै अध्यक्ष चन्दले हरेक खेलमा सुदूरपश्चिमका खेलाडीको प्रतिनिधित्व सबैभन्दा बढी देख्न पाइने गरेको बताए ।

टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारूले एनपिएलको सुदूरपश्चिम ट्रफी टुर सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा स्थापित टीकापुर उद्यानबाट सुरु गर्नु ऐतिहासिक कदम भएको बताए । उनले ट्रफी टुरले टीकापुर उद्यानलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन थप मद्दत मिल्ने विश्वास व्यक्त गरे ।

सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्रप्रताप शाहले २०२७ सालमा तत्कालिन राजा महेन्द्र शाहले एक महिना देशको शासन व्यवस्था चलाएको ऐतिहासिक उद्यानको महेन्द्र विश्रामगृहको भवनअगाडि बाट एनपिएल ट्रफी टुरको शुभारम्भ गरिएको बताउँदै उहाँले यसैगरी छिट्टै पुनः ट्रफी जितेर विजयोत्सव मनाउन फर्किने विश्वास व्यक्त गरे ।

क्रिकेटप्रति युवाहरूको आकर्षण बढ्दै गएको भन्दै उनले आवश्यकता योजनासहित क्रिकेट मैदानका लागि स्थानीय सरकारले काम थालनी गर्दा त्यसमा आफ्नोतर्फबाट लगानी गर्न तयार रहेको बताए ।

“खेलाडी उत्पादन हुने थलो स्थानीय तह हो । स्थानीय सरकारले मैदानका लागि आवश्यक व्यवस्था गर्न सक्यो भने त्यसमा हामी लगानी गर्न तयार छौँ,” उनले भने, टुर ट्रफी कैलालीलगायतका सुदूरपश्चिमका विभिन्न स्थानमा पुर्‍याइने बताइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँकहाँ?

यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँकहाँ?

नेपाली कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ।
परराष्ट्रमन्त्री खनाल 'प्रि–कोप लिडर्स इभेन्ट' मा सहभागी हुन फिजीमा

परराष्ट्रमन्त्री खनाल 'प्रि–कोप लिडर्स इभेन्ट' मा सहभागी हुन फिजीमा

परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीकाे नादि अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका छन् । फिजी र टुभालुमा अक्टोबर ५ र ६ मा आयोजना हुने...
कांग्रेस किन सानो दल बन्यो, रास्वपाले कसरी ओभरटेक गर्‍यो ? गगनको निर्मम समीक्षाले देखाएका ६ कारण

कांग्रेस किन सानो दल बन्यो, रास्वपाले कसरी ओभरटेक गर्‍यो ? गगनको निर्मम समीक्षाले देखाएका ६ कारण

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी कसरी सानो बन्यो भनेर निर्मम समीक्षा गरेका छन् । कांग्रेस कसरी सानो बन्यो र रास्वपाले कसरी ओभरटेक गरेर ठूलो पार्टी बन्यो भनेर...
केपी ओलीको पालादेखिको फाइल खोल्दै प्रतिभा रावल, प्रारम्भमै देखियो अनियमितता

केपी ओलीको पालादेखिको फाइल खोल्दै प्रतिभा रावल, प्रारम्भमै देखियो अनियमितता

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले मन्त्रालयअन्तर्गत विगतमा भएका अनियमितताको अध्ययन थालेकी छिन् ।