नेभिगेशन
समाज

पूर्वमन्त्री तथा कांग्रेस नेता अफताब आलमको निधन

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधन भएको छ । उच्च रक्तचाप, सुगरलगायत स्वास्थ्यमा समस्या देखिएपछि विगत एक महिनादेखि काठमाडौँको सीनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचार गराइरहेका आलमको आज बिहान २ः०० बजे निधन भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आलमलाई दसैँअघिदेखि अस्पतालमा भर्ना गरेर राखिएको थियो । पछिल्लो एक सातादेखि स्वास्थ्यमा थप समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । आलमको उपचारका क्रममा आज निधन भएको अस्पतालका सञ्चालक एवं कांग्रेसका निवर्तमान सांसद डा सुनिल शर्माले जानकारी दिए । 

Ncell
Extreme Energy

आलम विसं २०५१ को उपनिर्वाचनमा पहिलोपटक संसदीय निर्वाचनमा विजयी भएका थिए । विजयी भएसँगै विसं २०५४ मा श्रम राज्यमन्त्री र २०५५ मा वन राज्यमन्त्री भएका थिए ।

त्यसपछि उहाँ २०५६ सालको संसदीय निर्वाचन र विसं २०६४ को पहिलो संविधानसभा निर्वाचनमा पनि निर्वाचित भएका थिए । त्यसपछि उनी भूमि सुधारमन्त्री र श्रम तथा यातायातमन्त्रीसमेत बनेका थिए । उनी विसं २०६७ को पार्टीको १२ औँ महाधिवेशनमा कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित भएका थिए । 

 

उनी जेठ १४ गते कारागारबाट रिहा भएका थिए । छुटेलगत्तै उनी गम्भिर बिरामी परेका थिए । ब्रेन स्ट्रोक भएपछि उनले अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गराएका थिए । पछिल्ला केहि दिनदेखि उनी फेरि बिरामी परेपछि केएमसी अस्पताल भर्ना भएका थिए । उनको मृगौलामा समस्या भएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । 

पूर्वसांसद आलममाथि २०६५ सालमा भएको राजपुर बम विस्फोटपछि घाइतेहरुलाई इँटाभट्टामा जिउँदै जलाएर हत्या गरेको आरोप लागेको थियो। घटनाका प्रत्यक्षदर्शीहरुले उक्त समय आफूलाई बचाइदिन गुहारेका घाइतेहरुलाई आगोमा हालेर हत्या गरिएको दाबी गरेका थिए। उनीहरूका अनुसार, घटनालाई सार्वजनिक हुन नदिन अफताब आलमले आफ्ना सहयोगीसँग मिलेर नजिकैको इँटाभट्टामा आगोमा हालेर हत्या गरेका थिए।

त्यसक्रममा मृत्यु भएका व्यक्तिहरुको बारेमा तत्कालीन प्रहरीले विस्फोट नभएको भन्दै मुचुल्का तयार पारेका थिए भने सरकारी वकिल कार्यालयले पनि मुद्दा नचलाउने सुझाव दिएका थिए। तत्कालीन महान्यायाधिवक्ता यज्ञमूर्ति बञ्जाडेले समेत मृत्यु पुष्टि हुन नसकेको भन्दै २०६५ सालमा मुद्दा नचलाउने निर्णय गरेका थिए।

सर्वोच्चको आदेशपछि २०७६ असोज १९ गते पक्राउ परेका आलमलाई रौतहट जिल्ला अदालतले २०७६ कात्तिक २९ गते पूर्पक्षका लागि थुनामा पठाएको थियो । २०८१ वैशाख १३ गते रौतहट अदालतले आलमलाई जन्मकैदको सजाय सुनाएको थियो । भने २०८२ जेठ १४ गते उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जका न्यायाधीशद्वय खुशीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले आलमलाई सफाइ दिएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदनमा के छ ?

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदनमा के छ ?

आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, सङ्गठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको आत्मसमीक्षादेखि सरकारलाई खबरदारी, निर्वाचनपूर्व गठबन्धन नगर्ने नीति, पार्टीको पुनर्संरचना, निजी क्षेत्रसँगको सहकार्य, युवा...
मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
कांग्रेस महाधिवेशनको बन्दसत्रका एजेन्डा तय गर्न केन्द्रीय कार्यसमिति बैठक शुरू

कांग्रेस महाधिवेशनको बन्दसत्रका एजेन्डा तय गर्न केन्द्रीय कार्यसमिति बैठक शुरू

नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको बैठक शुरू भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश नियुक्त गर्न न्याय परिषद्को बैठक बस्दै

सर्वोच्च अदालतका न्यायाधीश नियुक्त गर्न न्याय परिषद्को बैठक बस्दै

सर्वोच्च अदालतका न्यायाधीश नियुक्त गर्न न्याय परिषद्को बैठक बस्दै छ ।