नेभिगेशन
समाज

रविमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध चलाइएको हस्ताक्षर अभियानको खर्च विवरण सार्वजनिक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध चलाइएको हस्ताक्षर अभियानको प्रतिवेदन सार्वजनिक गरिएको छ । अभियान परिचालन तथा व्यवस्थापन मूल समितिका संयोजक दीपक बोहराले चितवनामा आयोजित बिस्तारित बैठकमा प्रतिवेदन सार्वजनिक गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अभियानका संयोजक बोहराका अनुसार अभियानका लागि कुल ६७ लाख ५९ हजार ५ सय २२ रुपैयाँ सहयोग प्राप्त भएको छ । जसमा केन्द्रीय कार्यालयमा रसिदबाट नगद  ११ लाख १३ हजार ७५, केन्द्रीय कार्यालयमा चेकबाट २ लाख ६० हजार ७ सय ७७ र क्यूआर कोड र बैंकमार्फत ५३ लाख ८५ हजार ६ सय ७० रुपैयाँ संकलन भएको थियो । 

Ncell
Extreme Energy

उक्त अभियान सञ्चालनका क्रममा ३३ लाख ७२ हजार ४ सय ४२ रुपैयाँ खर्च भएको संयोजक बोहराले जानकारी दिएका छन् । जसमा अपील र हस्ताक्षर फारम छपाईमा १९ लाख ६९ हजार ६ सय ६९ रुपैयाँ, फ्लेक्स, व्यानर आदि छपाईमा ६ लाख २ हजार ७ सया १२ रुपैयाँ, तयारी तथा प्राविधिकमा ५९ हजार २ सय ९१ रुपैयाँ र बुथ प्रतिनिधि (स्ययम सेवक)र कर्मचारी शिर्षकमा ६ लाख ५८ हजार ८ सय रुपैयाँ र विविध शिर्षकमा ८१ हजार ९ सय ७० रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ । जसमध्ये बाँकी रहेको ३३ लाख ८७ हजार ८० रुपैयाँ बैंक खातमा मौज्दात रहेको छ । 

पार्टीले असार ७ गतेदेखि जेनजी अन्दोलनअघिसम्म हस्ताक्षर अभियान सञ्चालन गरेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
कांग्रेस महाधिवेशनको बन्दसत्रका एजेन्डा तय गर्न केन्द्रीय कार्यसमिति बैठक शुरू

कांग्रेस महाधिवेशनको बन्दसत्रका एजेन्डा तय गर्न केन्द्रीय कार्यसमिति बैठक शुरू

नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको बैठक शुरू भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश नियुक्त गर्न न्याय परिषद्को बैठक बस्दै

सर्वोच्च अदालतका न्यायाधीश नियुक्त गर्न न्याय परिषद्को बैठक बस्दै

सर्वोच्च अदालतका न्यायाधीश नियुक्त गर्न न्याय परिषद्को बैठक बस्दै छ ।

भर्खरै